• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home

तपाईको पनि हुनसक्छ मिर्गौलामा पत्थरी 

November 17th, 2017 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
तपाईको पनि हुनसक्छ मिर्गौलामा पत्थरी 

डा. सञ्जय खड्गी

अहिलेसम्म पाँच हजारभन्दा बढी व्यक्तिको मिर्गौलाको पत्थरी (किड्नी स्टोन) को शल्यक्रिया गरिसकेको मेरो व्यक्तिगत अनुभवमा ६५ प्रतिशत बिरामी नेपालको पश्चिमी क्षेत्रका छन् । यस क्षेत्रका जनतामा मिर्गौलामा पत्थरी हुनमा धेरै गर्मी, स्वास्थ्य चेतनाको अभाव, ट्युबेलको पानीको अत्यधिक उपभोग आदि कारण देखिएको छ । मिर्गौलामा पत्थरी हुनमा ८० प्रतिशत कारण व्यक्तिको आफ्नो रासायनिक प्रक्रियामा भर पर्छ । २० प्रतिशत कारण पानी कम पिउने, वंशाणुगत, प्याराथाइरोइड ग्रन्थीको वृद्धि, लामो समयसम्म झाडापखाला, जन्मजात मिर्गौलाको नलीमा अवरोध आदि हुन् । मिर्गौलामा पत्थरी भएका कतिपय व्यक्तिमा लक्षण नदेखिन पनि सक्छ । तर कतिपयमा निम्न लक्षण पाइएको छ ।

के के लक्षण देखिन्छ

कुनै बिरामीको दुवै मिर्गौलामा पत्थरी भए पनि केही लक्षण नदेखिन सक्छ । पत्थरीको स्थानअनुसार दायाँ वा बायाँ कोखामा मन्द दुखाइ हुनसक्छ । पिसाबमा रगत देखिन सक्छ । मिर्गौला सुन्निने कारण ज्वरो आउन सक्छ । शरीरमा इन्फेक्सन देखिन सक्छ । यसरी पत्थरी दायाँ वा बायाँ, नलीमा वा पिसाब थैली कहाँ छ भन्ने कुरा लक्षणका आधारमा थाहा पाउन सकिन्छ ।

कस्तो उमेरसमूहलाई हुन्छ ?

जुनसुकै उमेरसमूहका व्यक्तिलाई पनि मिर्गौलामा पत्थरी हुन सक्छ । मैले डेढ वर्षको बच्चाको समेत शल्यक्रिया गरेर मिर्गौलाको पत्थरी निकालेको छु । विशेषगरी पुरुषको तुलनामा कमै मात्रामा महिलालाई मिर्गौलाको पत्थरी हुने गर्छ । दुईजना पुरुषबराबर एकजना महिलालाई मिर्गौलाको पत्थरी देखिने गर्छ । मिर्गौलाको पत्थरी २० देखि ४० वर्ष उमेरसमूहमा हुन सक्ने बढी सम्भावना रहन्छ । ४० वर्षसम्म मिर्गौलामा पत्थरी नभएमा दीर्घकालीन रूपमा नहुन सक्छ ।

मिर्गौलाको पत्थरीको निदान कसरी गरिन्छ ?

मिर्गौलामा पत्थरी भए नभएको हेर्न पेटको भिडियो एक्सरे गर्नुपर्छ । भिडियो एकसरे गरेर पाँच मि.मि. माथिको स्टोन राम्रोसँग देख्न सकिन्छ र मिर्गौलामा परेको असर राम्रोसँग पहिचान हुन्छ । मिर्गौलामा पत्थरी भए, नभएको हेर्न सामान्य एक्सरे केयुवी गर्न सकिन्छ जसमा ९० प्रतिशत पत्थरी भए नभएको थाहा पाउन सकिन्छ । कतिपय अवस्थामा इन्जेक्सन लगाएर आईभीयू एक्सरे गरेर पत्थरीले मिर्गौलालाई पारेको असर र यसलाई झिक्नुपर्ने आवश्यकता थाहा पाइन्छ । तर सिटीस्क्यान गरेमा मिर्गौलामा पत्थरी भए नभएको शतप्रतिशत पहिचान हुन्छ । नेपालका धेरै ठाउँमा यस किसिमको सुविधा छ । यसबाट मिर्गौलाको पत्थरीले कति असर गरेको छ भन्ने कुरा सजिलै पहिचान गर्न सकिन्छ ।

विकसित मुलुकहरूमा पत्थरीको शंका गरिएका व्यक्तिलाई तत्काल सिटी स्क्यान गर्न लगाइन्छ । यसले ऐनाजस्तै छर्लंग पारिदिन्छ । रङ हालेर र नहालेर दुई तरिकाले सिटी स्क्यान गरिन्छ । नेपालमा रङ हालेर गरिएको सिटी स्क्यानको मूल्य करिब ७–८ हजार रुपैयाँ छ भने रङ नराखी गरिएको सिटी स्क्यानलाई बिरामीले करिब ३ हजार ५ सय रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म शुल्क बुझाउनु पर्छ ।

मिर्गौलाको पत्थरीको उपचार के छ ?

मिर्गौलाको पत्थरीको आकारका आधारमा उपचारका प्रविधिहरू अपनाइन्छ । ४ देखि ५ मि.मि.सम्मको पत्थरीलाई शल्यक्रिया गरिरहन आवश्यक पर्दैन । यो आफैं झर्ने सम्भावना ९० प्रतिशत हुन्छ । १ सेन्टिमिटरदेखि डेढ सेन्टिमिटरसम्मको पत्थरीलाई लेजरबाट इएसडब्लूएल (लिथोस्ट्रिप्सी) बाट झिकिन्छ । यस पद्धतिमा बाहिरबाट विकिरणले हानेर ढुंगा फुटालिन्छ । यसको सफल दर ७० प्रतिशत छ । डेढ सेन्टिमिटरभन्दा ठूलो पत्थरीमा आजभोलि चिर्न आवश्यक छैन । यसका लागि मिनिपिसिएनएल (किड्नी नजिकैको भागमा ५ मि.मि. प्वाल बनाएर दूरबीन भित्र पठाएर पत्थरी फोड्ने र सबै बाहिर निकाल्ने) गर्नुपर्छ । यसलाई अहिलेको भरपर्दो प्रविधि मानिन्छ ।

पत्थरी चिरेर निकालेपछि सबै निख्रिएर आउने हो कि होइन ?

चिरेर निकालेपछि सबै पत्थरी आउने आमधारणा बिल्कुल गलत हो । चिरेर किडनीको पत्थरी निकाल्दा किडनी सब काट्ने होइन र पत्थरी ह्वाङ्गै देखिने चिज पनि होइन । दूरबीनको माध्यमबाट मिर्गौलाभित्र भएको सबै पत्थरी देखिन्छ र त्यसलाई सजिलै निकाल्न सकिन्छ । २–३ सेन्टिमिटरको पत्थरीको साइज भएको र भिडियो एक्सरेमा केही असर देखिएको छैन भने हामी केही अवधि प्रतिरक्षा गर्न सक्छौं ।

शल्यक्रियापछि पत्थरी बल्झिने सम्भावना कति छ ?

एक पटक पत्थरी भइसकेको व्यक्तिलाई पाँच वर्षपछि फेरि आउन सक्ने सम्भावना ५० प्रतिशत हुन्छ । त्यसैले पानी धेरै पिउने, नियमित अल्ट्रासाउन्ड गर्ने आदि गर्नुपर्छ । शरीरभित्रको केमिकल मेटाबोलिजम र केमिकल रियाक्सनका कारण एकपटक डाइग्नोसिस भएपछि पाँच वर्षमा आउन सक्ने ५० प्रतिशत सम्भावना हुन्छ । त्यसैले मिर्गौलामा पत्थरी भएकाहरूलाई कुनै समस्या नभएमा वेट एन्ड वाच गर्न सकिन्छ । तर बीचबीचमा हरेक ६ महिनामा एउटा भिडियो एक्सरे गर्न जरुरी छ । यसबाट मिर्गौलालाई असर गरे नगरेको थाहा हुन्छ ।

गहतको झोल र आयुर्वेद औषधिले फिल्टरेसन राम्रो गराउँछ

संसारमा अहिलेसम्म मिर्गौलाको पत्थरी पगाल्ने औषधि आविष्कार भएको पाइँदैन । गहतको झोल र आयुर्वेदिक औषधिले मिर्गौलामा फिल्टरेसन राम्रो गराउँछन् । राम्रोसँग मिर्गौला फिल्टर भएमा पिसाबको प्रवाह पनि राम्रोसँग हुने गर्छ । तर यस्ता वस्तुको भर परेर बस्दा दुवै मिर्गौला बिग्रिन सक्छन् । त्यसैले चिकित्सकलाई देखाउन ढिलाइ गर्नु हुँदैन ।

 

पत्थरी नझिकेमा मिर्गौला बिग्रिने

मिर्गौलाको पत्थरी नझिकेमा यसले मिर्गौला बिल्कुलै ड्यामेज गराउन सक्छ । त्यसैले मिर्गौलाको पत्थरीको सही समयमा सही उपचार हुन जरुरी छ । पत्थरीका कारण एउटा मिर्गौला बिग्रिएमा अर्को मिर्गौलाले राम्रोसँग काम गर्ने भए पनि यसलाई जोगाएर राख्नुपर्छ । एउटा मिर्गौलामा पत्थरी भइसकेपछि अर्कामा हुन सक्ने सम्भावना रहन्छ । त्यसैले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । पत्थरी बढ्दै जान्छ । यसका लागि पानी प्रशस्त मात्रामा पिउने, पिसाब रोकेर नबस्ने र पसिना आउने गरी शारीरिक क्रियाकलाप गर्न आवश्यक हुन्छ ।

(डा. खड्की सिनियर कन्सल्टेन्ट युरोलोजिस्ट हुन।)

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य विमा गराउनेमा महिला बढी
Next article कति गुणस्तरीय छन् नेपालमा पाइने कन्डम  

Health Today Nepal

Leave a Reply Cancel reply

Timeline
Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133797
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

146
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

131
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web