• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 3rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

रुघा लाग्दा यी १२ कुरा नगर्नुहोस्

November 23rd, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रुघा लाग्दा यी १२ कुरा नगर्नुहोस्

डा. विनिता शाह

वास्तवमै भन्ने हो भने रुघा ठूलो रोग होइन, सामान्य नियमहरूको पालना गरेमा यो आफैं ठीक हुन्छ । तर रुघा लाग्दा जथाभावी गरेमा त्यसबाट ठूलो समस्या आइपर्छ । रुघालाग्दा जथाभावी खाएमा रुघा बिग्रन्छ र पिनास हुने (पीप जम्ने), मासु बढ्ने, एलर्जी हुने, घाँटीसम्बन्धी रोग लाग्ने, आँखा दुख्ने, टाउको असैह्य गरी दुख्ने जस्ता समस्याहरू हुने गर्दछन् । रुघा लाग्दा जोडले सिंगान फ्याँक्ने गरेमा त्यसबाट कानको जाली फुट्ने पनि हुन्छ । रुघामा घाँटीदेखि कानसम्म पुग्ने नलीसम्म भाइरसको संक्रमण फैलिएमा मध्यकान पनि संक्रमित हुन पुग्छ । फलस्वरूप कान पाक्ने दुख्नेलगायत जाली बिग्रिने, कान नसुन्नेजस्ता समस्या हुन्छ । रुघा बिग्रिएकै कारण कडा पिनास र कान पाक्ने भएर मस्तिष्कमा समेत असर परी नराम्रो रोग हुनेलगायत रुघाबाट खोकी सुरु भई ब्रोङकाइटिस दम तथा छातीको संक्रमण एवम् एलर्जीजस्ता समस्याहरू पनि आइ पर्न सक्छन् । यसरी रुघाले अनेक समस्या ल्याउन सक्ने भएकोले रुघाप्रति लापरबाही कहिल्यै गर्नु हुँदैन ।

 रुघा लाग्दा यसो नगर्नुहोस्

१.रुघा लागेमा चिसोले मुख धुने, नुहाउने र चिसो छुने काम नगर्नुस् । शारीरिक व्यायाम, बढी दौडधुप नगर्नुहोस् ।

२. गम्म परेको वा बढी हावा चल्ने ठाउँमा नबस्नुस् । धूलो र धुँवाबाट बच्नुस्, खार (पकाएको धुँवा) आएको ठाउँमा नजानुस् । चिसोमा नहिँडनुस् । यदि हिँड्नै परेमा न्यानो लुगा लगाउने, कान, घाँटी छोप्ने र नाक एवं मुख छोप्ने गरी मास्क लगाउने गर्नुस् ।

३. रुघामा ज्वरो पनि आएको छ भने त पूर्णरूपले आराम गर्नुस् तर सिरक ओढ्ने नगर्नुस् ।

४. रुघा लाग्नासाथ दिनको तीन÷चार पटक तातो पानीले बाफ नाक र मुखबाट पालैसँग पाँचदेखि सात मिनेटसम्म लिनुस् ।

५. नाक बन्द छ भने नुनपानी मनतातो गरी नाकमा ५, ६ थोपाको दरले राख्नुस् । यदि यसले खुलेन भने षड््बिन्दु (आयुर्वेदिक) तेल वा अन्य नोजल ड्रप (नाक खुलाउने औषधि) प्रयोग गर्नुस् । तर नोजल ड्रपको प्रयोग लगातार र सकेसम्म गर्नु हुँदैन । बढी उकुसमुकुस भएर सुत्न बस्न गाह्रो भएमा मात्र नाकमा दुई, तीन थोपा प्रयोग गर्दा केही फरक पर्दैन ।

६.बाफ लिइसकेपछि (यदि ज्वरो छैन भने) नाक, घाँटी, छाती र ढाडमा तातोले १५, २० मिनेटसम्म सेक्नुस् । यसरी सेक्दा मेन्थोलयुक्त लेपनहरू (जस्तै मिक्स, बाम, स्विचो आदि) बाह्यरूपले छाती, घाँटी र ढाडमा दल्न सकिन्छ ।

७. बिहानबेलुका दुई पटक तातोपानीमा खुट्टा घुँडाभन्दा मुनिसम्म डुवाएर पटकपटक तातो पानी थप्दै १५ देखि ३० मिनेटसम्म बस्नुस् ।

८. यदि ज्वरो आएको छ भने वाफ लिने, आराम गर्ने र बढी ज्वरोमा पेटमा मात्र चिसो पट्टी राख्नुस् ।

९. रुघा लागेको बेला एनिमाको प्रयोग गरी पेट सफा गर्ने र उपवास गर्ने हो भने पनि फाइदा हुन्छ ।

१०. रुघा लाग्दा बेस्सरी सीँसीँ गरेर सिंगान फ्याक्ने, नाक कोट्याइरहने, नाकभित्र औंला छिराउने र बढी सिंगान पुछिरहने नगर्नुस् ।

११. तोरीको तेलमा ५।७ केस्रा लसुन काटेर फुराउने र कालो पार्ने, सेलाएपछि उक्त तेल (लसुन होइन) नाकमा ५।६ थोपा दिनको तीन, चार पटक हाल्ने एवम् छाती, ढाड, निधार र घाँटीमा पनि दल्ने गर्नुस् । बच्चाहरूलाई रुघा लाग्नासाथ यही प्रक्रिया अपनाउनुस्, तुरुन्तै फाइदा हुनेछ ।

१२. रुघा लाग्दा अन्य अनेकौं प्राकृतिक उपचार विधिहरू जस्तै नाक सफा गर्ने, स्टिम बाथ लिने, विभिन्न अक्युप्रेसर–मसाज तथा अन्य प्राकृतिक औषधिहरूको समेत प्रयोग गर्न सकिन्छ ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ब्लड क्यान्सरको उपचार नेपालमै
Next article  ख्याल गर्नुहोस् ब्लड प्रेसरको औषधि खाँदा

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132093
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

32
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web