• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

अल्का अस्पतालका कुमारको रामकहानी 

November 24th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अल्का अस्पतालका कुमारको रामकहानी 

हेल्थ टुडे

प्रयासले पहरो फोड्ने र निरन्तरताले सफलताको नदी सिर्जना गर्नेहरू यदाकदा भेटिन्छन् । एउटै उद्देश्यमा एकतमास लागिरहनेहरू धेरै थोरै भेटिन्छन् । तिनै थोरैमध्येका एक हुन्, कुमार थापा । २०२५ सालमा राजधानीपारि काभ्रेको संखुपाटीचौर गाविसमा आमा गोमा थापा र बुवा तेजबहादुरको सन्तानका रूपमा जन्मिएका उनी पनौतीमा हुर्किए । गाउँको विद्यालयमा दुई कक्षासम्म पढेका कुमार २०३६ सालमा राजधानीको रानीबारी आएर बस्न थाले । पब्लिक युथ कलेजबाट इन्टरमिडिएट पास गर्नुभन्दा पहिले नै सानोबुवा लक्ष्मण केसीसँग बस्दै गर्दा फार्मेसीमा सघाउन थाले ।

नेपालको मेडिकल क्षेत्रमा कुमार थापा स्थापित नाम हो । अल्का अस्पतालका अध्यक्ष थापा हाल निजी अस्पतालहरूको छाता संगठन एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्ट्च्यिुसन  (अफिन)  को वरिष्ठ उपाध्यक्ष हुन । तर आम मेडिकल क्षेत्रमा यो नाम परिचित भने साना सकसले भएको होइन । पढ्दापढ्दै सानोबुवाको फार्मेसीमा उनले औषधि झिकेर सेवाग्राहीलाई दिने काम गरे । एकएक अक्षर गरेर औषधि चिन्ने भए पनि उनले औषधिको व्यापारमा आफूलाई अब्बल बनाउने सपना पनि झिनो गरी बुन्दै गए । ‘सानोबुवासँग बस्ने, फुर्सदको समयमा उहाँकै फार्मेसीमा काम सघाउने गरेँ’, थापाले भने, ‘त्यो गर्दागर्दै मैले आफूलाई यही क्षेत्रमा किन नलगाउने भन्ने विचार पलाउँदै गयो, मैले त्यो सोचलाई निरन्तरता दिएँ ।’

सानो बुवासँग सिक्दासिक्दै उनले २०४२ तिर आफैं काम थाले । ‘त्यसबेला अहिलेजस्तो औषधि बिक्रेताको भीड थिएन, एकाध मानिस यो क्षेत्रमा देखिन्थे’, थापाले भने, ‘मैले साइकलमा राजधानीका गल्लीगल्ली, पसलपसल पुगेर औषधि बिक्री गरेँ ।’ थापाले केसम्म गरेनन् ? पानीपोखरीबाट औषधि बोकेर भक्तपुर, सल्लाघारी र बनेपासम्म धाए । ‘थकान, भोक, प्यास र खटाइको त के हिसाब भयो र ?’, उनले भने ।

त्यही निरन्तर अटल संघर्षले नै त आज उनी एक स्थापित अस्पतालको अधिपति भएका छन् । साइकलमा औषधि बेच्ने सामान्य रिटेलरको यात्राले उनलाई नेपालमा सहायक वितरक बनायो । उनले त्यसबेला लार्क, पास, स्ट्यान्डकेयर फर्मास्युटिकको औषधि नेपालमा बेचे । ३०÷४० हजारको लगानी विस्तारै लाखमा उक्लियो । ‘त्यसबेला कमाउन पनि गाह्रो थिएन, बजारमा अहिलेजस्तो प्रतिस्पर्धा थिएन, उधारो फस्दैनथियो’, थापाले भने, ‘लगानी फस्ने अवस्था थिएन, डिलरले जति पनि औषधि दिन मान्थे ।’

यो व्यापारमा लागेपछि उनलाई एउटा समस्या आयो । औषधि पसल खोल्न उनीसँग लाइसेन्स थिएन । उनले यसबारे पनि औषधि पसलहरूमा बुझे । लाइसेन्सका लागि आवश्यक प्रक्रिया पूरा गरे । थापाले ललितपुरको जावलाखेलमा २०४६ तिर हजर्गन्स फार्मेसी सुरु गरे ।  साझेदारीमा गरेको उक्त फार्मेसीले राम्रै सफलता दिलाएपछि उनले जेठी छोरीको नाममा अल्का फार्मेसी २०५१ मा सुरु गरे ।

मेडिकल बिजेनसमा राम्रो हुँदै गएपछि चुनौती, जिम्मेवारी र लगानी पनि थपिँदै गयो । २०५७ सालमा आइपुग्दा उनले त्यसलाई पोलिक्लिनिकको आकार दिए । ‘जनरल फिजिसियन र बच्चाको डाक्टर राखेर मैले पोलिक्लिनिक सञ्चालन गरेँ’, थापाले भने, ‘मान्छेको विश्वास र माग बढ्दै गयो पछि त्यसैलाई २०६२ मा अल्का अस्पताल प्रालिमा रूपान्तरण ग¥यौँ ।’ त्यसबीचमा उनले चितवन ओम अस्पताल र चितवन अस्पताल पनि स्थापना गरे ।

अस्पतालको आकार र विश्वास बढ्दै गएपछि भने उनले २०६५ सालमा त्यसैमा केही पाटनर थपे । बालबालिका र जनरल फिजिसियनको उपचार सेवाबाट सुरु गरेको यात्रा उनले हड्डी, गाइनो, नशा, छाला, नाक, कान घाँटीहुँदै आज नेपालमा सबै सुविधासम्पन्न अस्पतालको आकार दिन सफल भएका छन् ।

‘आज नेपालमै नभएको सेवा लेजरबाट पत्थरी फोड्ने सेवा पहिलोपटक भित्र्याउने अस्पतालको रूपमा हामी चिनिएका छौं’, थापाले भने, ‘वैधानिक रूपमा टेस्टट्युब बेबी सेवा सञ्चालनमा ल्याउने पहिलो अस्पताल अल्का नै भएको छ ।’ हरेक बिरामीको उपचारका लागि करिब ७५ जना विशेषज्ञ डाक्टरले आज अल्काबाट सेवा दिइरहेको उनले बताए । संसारमै पछिल्लो प्रविधि मानिएको रेडियोलोजीतर्फ तोसिबाको जेजर मेसिन अल्काले भित्र्याएको छ । जसले कलेजोको तापक्रम नाप्ने काम गर्छ ।

काभ्रेको गाउँमा एउटा सामान्य परिवारमा जन्मिएका थापाले कसरी खडा गरे यो सब संरचना । उनले भने, ‘यो सबै निरन्तर लगावको परिणाम हो, मैले मेरो सारा जिन्दगी यसैमा समर्पित गरेको छु । यही बनाउनमा बिताएको छु ।’ पहाडमा फलफुल र खेती किसानीबाहेक अन्य आम्दानी र पुख्यौली सम्पत्ती बिना पनि आज थापाले आफ्नोमात्रै ६ करोड ३९ लाखको सम्पत्ति अल्का अस्पतालमा लगानी गरेका छन् । करिब ४० करोडको सम्पत्तिका सञ्चालक बनेका छन् ।

२०, ३० जना बिरामीलाई सेवा दिएर सुरु गरेको क्लिनिक आज दैनिक चार सय नयाँ बिरामीलाई सेवा दिने अस्पताल बनेकोमा थापा सन्तुष्ट छन् । हिजोभन्दा आज अस्पतालले भरोसा र विश्वास बटुल्दै गएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि अल्का अस्पतालमै पुगेर लेजर प्रविधिबाट पिसाब नलीको समस्यासम्बन्धी उपचार गराए । पत्थरीको उपचार गरे । शक्ति बस्नेत, केबी गुरुङजस्ता राजनीतिज्ञको उपचारको भरोसा अल्का नै बनेको थापाले बताए ।

‘अस्पताल नै खोल्छु भनेर मैले त्यो यात्रा थालेको थिएन’, थापाले आफ्नो विगत सम्झिँदै भने, ‘गर्दै आएँ यहाँ पुगेँ, गर्दै जाऊँ कहाँ पुगिन्छ ।’ २०५९ सालयता भने अस्पताल खोल्नभन्दा पनि चलाउनकै चुनौती थपिएको उनले बताए । बिरामीलाई केही तलमाथि हुँदा जुन क्षतिपूर्तिको माग गरिन्छ त्यो धान्नै नसकिने खालको हुने गरेको एकातिर छ अर्को समस्या भनेको सबै प्रक्रिया पु¥याएर सेवमूलक काम गर्दा पनि सरकारले बत्ती, पानी, ट्याक्स, बाटोको सुविधा उपलब्ध नगराउँदा अस्पताल चलाउनै नसकिने अवस्था बन्दै गएको उनले बताए ।

‘स्वास्थ्य क्षेत्रमा लगानी गर्न सक्ने तमाम मान्छे छन्, तर विभिन्न झन्झट र अवरोधको डरले पैसा थन्क्याएर बस्न बाध्य भएका छन्’, थापाले भने, ‘वातावरण बन्ने हो भने नेपालको हावापानी यति सुहाउँदो छ कि भारत, चाइना र अन्य देशको भन्दा राम्रो स्वास्थ्य सुविधा यहाँ स्थापना गर्न सकिन्छ, मानिस लगानी गर्न पनि तयार छन् ।’ त्यसपछि हाइड्रो, शिक्षा र पर्यटनमा नेपालको समृद्धिको सम्भावना पर्खिएर बसेको उनको सुझाव छ । प्रगतिकै क्रममा अल्काले यतिबेला हेम्स अस्पतालमा ५० प्रतिशत लगानी गरेको छ । पीसीएल, बीएन शिक्षा सञ्चालन गरिरहेको छ भने एचए कक्षा सञ्चालन र अस्पतालको शाखा विस्तारको योजना बुनिरहेको छ ।

२०४९ सालमा तनहुँकी विद्या श्रेष्ठसँग लगनगाँठो बाँधेपछि थापाको यो प्रगतिको यात्रामा थप ऊर्जा थपियो । एक्लो यात्रामा विद्या आएपछि अल्काको जन्म भयो । त्यही नामलाई सुनाम बनाउने सपना आज अल्का अस्पतालमा परिणत भएको थापा दम्पतीले बताए । यतिबेला अल्का बीबीए गर्दैछिन् भने छोरा आयुश प्लस टुमा अध्ययनरत छन् ।

अल्काभित्र रहेको लाइन्स क्लबले बेलाबेलामा सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ । क्लबले बेलाबेलामा विभिन्न दिवस मनाउने, रक्तदान गर्ने, सरसफाइ र स्वास्थ्य शिविरहरू गर्दै आएको छ । सबै डाक्टरहरू सदस्य भएकाले अल्काले नेपालमै नभएको एम्बुलेन्स उपहारमा नेपाल भित्र्याउने भएको छ । अस्पतालले भैपरि आउने विपत्का लागि भनेर एउटा सोसियल फन्ड खडा गरेको छ । जुन फन्डको रकमले जाजरकोटको झाडापखालामा १३ लाखको सेवा प्रदान गरेको थियो । ‘भूकम्प जाँदा पनि त्यही फन्डबाट हामीले अस्पतालका सदस्य र आम नागरिक गरी १७ लाख बराबरको सेवा प्रदान ग¥यौँ’, थापाले भने । केही शाखा विस्तार, स्वास्थ्यसम्बन्धी थप कक्षा सञ्चालन गर्ने बाहेक अब आफ्नै भवनमा अल्कालाई स्थानान्तरण गर्ने तयारीमा थापा छन् । उनको एउटै मन्त्र छ, ‘हामीले गर्दै जाने हो, बाँकी हुँदै जान्छ ।’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article फार्मेसी पढेपछि अवसरै अवसर
Next article के खाने, कहिले खाने र कसरी खाने ?

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131547
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

10
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web