• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

स्वदेशमै हुने ल्याब टेस्ट किन विदेशमा

November 24th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वदेशमै हुने ल्याब टेस्ट किन विदेशमा
 रेशम भट्टराई,
नेपालमा पछिल्ला वर्ष उच्चस्तरीय प्याथल्याब स्थापना भइरहेका छन् । सानादेखि ठूला सबै परीक्षण अब स्वदेशमै गर्न सकिन्छ । तर अहिले पनि कमिसनको चक्करका कारण स्वदेशी ल्याबमा गर्न सकिने परीक्षणका लागि समेत भारतका विभिन्न सहर पठाइने गरिएको छ । यसरी भारत पठाउँदा एकातिर बिरामीले थप आर्थिक भार बेहोर्नु परिरहेको अवस्था छ भने अर्कोतिर विश्वसनीयतामाथि पनि ढुक्क हुने अवस्था छैन । समय पनि बढी लाग्छ । यसरी स्वदेशमै गर्न सकिने जाँचका लागि विदेश पठाउँदा लाखौं होइन करोडौं रुपैयाँ बिदेसिने गरेको छ । यो काम डाक्टरको संलग्नतामा भइरहेको छ ।
क्लिनिकको कुनामा यहाँ रगत, दिसा, पिसाब जाँच गरिन्छ भन्ने साइनबोर्ड लगाएर नमुना संकलन गरी भारत पठाउने गरिन्छ । यी सबै काम त्यो क्लिनिकमा संलग्न डाक्टरको मिलेमतोमा हुने गरेको छ । भारत पठाइने नमुनामा डाक्टरलाई ५० प्रतिशतसम्म कमिसन पाइन्छ । त्यहाँ पठाइएको नमुना कस्तो ल्याबमा परीक्षण गरिन्छ ? केही थाहा हँुदैन । विश्वसनीयता पनि हँुदैन । तर कमिसनकै चक्करमा यो काम भइरहेको छ । बाहिर पठाउँदा कहिलेकाहीँ त नमुना नै हराएर गलत रिपोर्टसमेत आउने गरेका थुप्रै उदाहरण छन् ।
सरकारले प्रयोगशाला स्थापना, सञ्चालन तथा मापदण्डसम्बन्धी निर्देशिका २०७३ ल्याएको छ । निर्देशिकाले स्वदेशमा गर्न सकिने ल्याब टेस्टलाई विदेश लैजान नपाउने व्यवस्था छ । यो व्यवस्थालाई व्यवहारमा कडाइका साथ लागू गरिनुपर्छ । यस विषयमा व्यापक जनचेतना जगाउनु आवश्यक छ । जहाँ पायो त्यही ल्याब जाँच गराउनु भएन । ल्याबहरूबीच पनि सहकार्य हुनु आवश्यक छ । एउटामा हुन नसक्ने जाँचका लागि अर्कोलाई सिफारिस गर्ने चलन स्थापित गर्नुपर्छ ।
ल्याब टेस्टका रूपमा मोटो कमिसन लिने तर बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने चिकित्सक माथि पनि कडाइ गर्नुपर्छ । कमिसन लिने ल्याबलाई मात्र नभएर चिकित्सकलाई पनि कारबाही गर्नुपर्छ । केही डाक्टरहरूले मैले भनेको ल्याबमा जाँच गराएर रिपोर्ट ल्याएनांै भने म निको हुने ग्यारेन्टी लिन्न भनेर बिरामी र उनका आफन्तलाई धम्काउनेसमेत गरेका छन् । यस्तो गर्नु कानुनविपरीत हो । ल्याब जाँच कहाँ गराउने ? भन्ने कुरा बिरामीको अधिकार हो । त्यसमा डाक्टरले त सल्लाहमात्र दिने हो । बाध्य पार्ने होइन ।
( भट्टराई पाटन प्याथ ल्यावका कार्यकारी निर्देशक हुन)
Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गर्भवती भएपछि किन आउछ उल्टी ?
Next article डा. भुसालले पत्ता लगाए नक्कली मेडिकल कलेज

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131548
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web