• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

कब्जियत हटाउछ तिते करेलाले

November 25th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कब्जियत हटाउछ तिते करेलाले

तीते करेलाको नाम सुन्नेबित्तिकै धेरैजसोको आङ सिरिङ हुने गर्छ । नाममै ‘तीते’ भएको जिनिस कसरी मीठो होला भन्ने लाग्छ निकेलाई । तर, तीते करेलाको तीतोपनतिर नजानुस् ।

यसका गुण यति धेरै छन, तीतोपन गौण हुन्छ । तीते करेला यही मौसममा हुन्छ । यो हरेक घरमा उपयोग गरिने तरकारी हो । यो विशुद्ध तरकारी मात्र नभई अत्यन्त राम्रो औषधिसमेत हो । यसमा फोस्फोरस पर्याप्त मात्रामा पाइन्छ । यसबाहेक प्रोटिन, बोसो, खनिज, कार्बोहाइड्रेट, क्याल्सियम, फाइबरसमेत पाइन्छ । तीते करेलाले कफको समस्या भगाउँछ । यसको नियमित सेवनले कब्जियत हट्छ, खाना सजिलै पच्छ र भोक मज्जाले लाग्छ । पेटसम्बन्धी रोग निको पार्न यसलाई गुणकारी मानिन्छ । यसले कलेजोको कार्य प्रणालीलाई सुचारु गर्छ । करेलालाई रक्तशोधक औषधिसमेत मानिन्छ । मधुमेहका रोगीले यसको रस निकालेर वा तरकारीरअचार बनाएर खाँदा निकै राम्रो हुन्छ । करेलाको ‘एक्सट्रेक्ट’ लाई करेटिन भनिन्छ । नेदरल्यान्डमा भएको एउटा अध्ययनमा करेटिनलाई ब्लड सुगर घटाउन उपयोगी पाइएको छ । करेलाको बीउमा इन्सुलिन जस्तो पेप्टाइड पाइन्छ ।

आयुर्वेदले यसलाई पक्षाघात, दम निको पार्न लाभदायक मानेको छ । पायल्स, पत्थरीजस्ता रोग हटाउन पनि यो लाभदायक रहेको आयुर्वेदमा उल्लेख छ । होमियोप्याथिक औषधिमा लामो समयदेखि करेलाको उपयोग गरिँदै आएको छ । – एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कसरी प्राप्त गर्ने यौन आनन्द
Next article यसरी कम गर्न सकिन्छ कपाल झर्न

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133886
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

142
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

135
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web