• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 31st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अब हरेक स्कुलमा नर्स

November 26th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अब हरेक स्कुलमा नर्स

लोकराज भट्ट

 

अब हरेक स्कुलमा एकजना नर्सको व्यवस्था हुने भएको छ । स्कुलमा जनस्वास्थ्यसम्बन्धी चेतना विस्तार गर्ने, आवश्यक स्वास्थ्य सल्लाह दिने,  स्वास्थ्य विषय पढाउने   र उपचारात्मक सेवामा सक्दो सहयोग गर्ने काम नर्सको हुनेछ ।

हरेक स्कुलमा एकजना नर्सको दरबन्दी सिर्जना गर्न शिक्षा मन्त्रालयले सैद्धान्तिक सहमति दिइसकेको छ । तर कति संख्यामा दरबन्दी राख्ने, कहाँकहाँ राख्ने, कुन तहमा राख्नेजस्ता प्राविधिक विषयमा अन्तिम निर्णय भइसकेको छैन् । हरेक स्कुलमा एक जना नर्स राख्नुपर्ने आवाज विगत २० वर्षदेखि नै उठ्न थालेको हो । त्यो अवधारणा पूर्वस्वास्थ्य मन्त्री गगन थापाको पहलमा गत वर्ष स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र र एनप्याब्सनबीच हरेक स्कुलमा एकजना नर्स राख्ने समझदारीमा हस्ताक्षर भएको थियो ।

सम्झौताअनुसार एन प्याब्सनले आफू मातहतका अधिकांश स्कुलमा एकजना नर्सको दरबन्दी सिर्जना गरेको छ । यसका साथै प्याब्सन मातहतका र अन्य निजी क्षेत्रका ठूलठूला स्कुलहरूले एकजना नर्सको दरबन्दी सिर्जना गरेका छन् । निजी क्षेत्रका केही स्कुलमा मात्र नभएर सबै निजी र सरकारी स्कुलमा पनि नर्सको सिर्जना गरेर स्कुल स्वास्थ्य सुधार गर्न यो अवधारणा अगाडि बढाइएको छ ।

स्कुलमा अध्ययनरत सयौं विद्यार्थीलाई सानै उमेरदेखि स्वस्थ्य रहन अपनाउनुपर्ने चेतना जगाउन, स्वास्थ्य जानकारी व्यवहारमा उतार्न, आवश्यक परेको बेला विद्यार्थीलाई मात्र नभएर शिक्षक र कर्मचारीहरूलाई समेत स्वास्थ्यसम्बन्धी उचित सल्लाह दिन, स्वास्थ्य शिक्षा विषय पढाउन  र उपचारात्मक सेवा प्रदान गर्न हरेक स्कुलमा एकजना नर्स हुनुपर्ने अवधारणा अगाडि बढाइएको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्का बताउँछन् । यी नर्सहरूको प्रमुख काम जनचेतना विस्तार गर्ने हुने र त्यसपछि मात्र उपचारात्मक हुनुपर्ने खड्काको सुझाव छ । उनी भन्छन्, ती नर्सको नाम नै स्कुल पब्लिक हेल्थ नर्स हुनेछ । त्यसैले उनीहरूको पहिलो काम जनचेतना विस्तार गर्ने र दोस्रो काम उपचारात्मक हुनेछ ।’ सरकारले अस्पताल खोलेर र उपचारात्मक सेवामा मात्र लगानी गरेर स्वस्थ्य समाज निर्माण गर्न नसकिने भएकाले अबको पुस्तालाई स्वस्थ्य बनाउन उनीहरूलाई स्कुल अवस्थादेखि नै स्वस्थ्य रहने उपायको जानकारीका साथै व्यवहारमा पनि उतार्ने बनाउनु जरुरी छ त्यो काममा स्कुल नर्सले ठूलो भूमिका वहन गर्न सक्ने दाबी खड्काको छ ।

हाम्रो देशमा १५ वर्षमुनिको जनसंख्या कुल जनसंख्याको ३४ प्रतिशत छ । त्यो संख्या भनेको ९० लाखभन्दा बढी हो । यो जनसंख्या स्कुल पढ्छ । स्कुलमा नै स्वास्थ्य शिक्षा दिन सकिए भविष्यमा स्वस्थ्य समाज निर्माण हुनेमा शिक्षा मन्त्रालय विद्यालय स्वास्थ्य पोषण शाखाका उपनिर्देशक खिमानन्द भुसाल बताउँछन् । स्वस्थ्य सजाज निर्माण गर्ने जिम्मा स्वास्थ्य मन्त्रालयको मात्र नभएकाले शिक्षा मन्त्रालयले पनि यो काममा सहकार्य गरेर अगाडि बढिरहेको उनी बताउँछन् । सरकारले सञ्चालन गरिरहेको खोप, जुकाको औषधि खुवाउने कार्यक्रम, पोषण कार्यक्रम, बास लगायतका अभियानमा पनि स्कुल हेल्थले सहयोग गर्ने उनको भनाइ छ । स्वास्थ्य मन्त्रालय प्रमुख नर्सिङ प्रशासक रोशनी तुईतुई स्वास्थ्य ज्ञान दिनुका साथसाथै व्यवहार परिवर्तनका लागि नर्स आवश्यक रहेको बताउँछिन् । अमेरिका, बेलायत फ्रान्स, क्यानडालगायतका देशहरूको अनुभवले सानैदेखि नै स्वास्थ्य शिक्षा दिएर भविष्यमा व्यक्तिलाई स्वास्थ्यप्रति सचेत भएर निरोगी बन्न फलदायीसिद्घ भएको उनको दाबी छ । स्कुुले किशोरकिशोरीका अधिकांश यौन स्वास्थ्यसम्बन्धी जिज्ञासाको सही सल्लाह नर्सले दिन सक्ने भएकाले उनीहरूका लागि पनि नर्स आवश्यक छ । विश्वमा सबैभन्दा पहिले सन् १८९२ मा लन्डनमा स्कुल नर्सको अवधारणा आएको हो । अमी हगिस संसारकै पहिलो स्कुल नर्स थिइन् ।अमेरिकामा १८९४ बाट सुरु भएको स्कुल नर्स कार्यक्रमले स्कुलमा अनुपस्थित हुने छात्राहरूको संख्या नर्स राखेपछि निकै कमी भएको पाइएको थियो । रजस्वला हँुदा घर बस्ने चलन नर्स राख्न थालेपछि कम भएको इतिहास छ । स्कुल नर्सले स्वास्थ्य शिक्षा, शारीरिक शिक्षा, स्वास्थ्यसेवा, पोषणसम्बन्धी जानकारी, सरसफाइसम्बन्धी जानकारी र प्राथमिक उपचारमा पनि सहयोगी हुन सक्ने भएकाले हाम्रो जस्तो देशका लागि स्कुल नर्स कार्यक्रम अपरिहार्य रहेको उनी बताउँछिन् ।

स्कुलमा एक नर्स राख्नुपर्ने सैद्धान्तिक सहमति भए पनि नियुक्त हुने नर्सलाई दिइने तालिम दिन तालिम गाइडलाइन बनिसकेको छैन । कन्सेप्ट पेपर तयार गर्ने काम बाँकी छ । सामान्यतया पीसीएल ( प्रमाणपत्र तह उत्तीर्ण) नर्सहरूलाई दरबन्दी सिर्जना गर्ने तयारी छ । तर पीसीएल नर्सले माध्यमिक तहमा स्वास्थ्य विषय पढाउन र परिपक्व स्वास्थ्य सल्लाहको काम गर्न नसकिने भएकाले स्नातक नर्सको दरबन्दी सिर्जना गर्नुपर्ने सुझाव पनि विज्ञहरूले दिएका छन् । विदेशमा स्कुल नर्स हुन स्नातक नर्स हुनुपर्छ । स्कुलमा नर्स राख्ने कामको जिम्मा शिक्षा मन्त्रालयले लिने भएको छ । कार्यक्षेत्र शिक्षा मन्त्रालय भएकाले दरबन्दी सिर्जना गर्नेदेखि ती नर्स टिचरहरूलाई बढुवा गर्ने, सरुवा गर्ने प्रावधानका विषयमा अझै गृहकार्य गर्न बाँकी छ । शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरि लम्साल हरेक स्कुलमा नर्स राख्ने कुरामा सबै पक्ष सहमत भएकाले निजी स्कुलमा मात्र नभएर सरकारी स्कुलमा पनि एकजना नर्स राख्ने प्रक्रिया अगाडि बढेको बताए । उनले स्कुल नर्सलाई शिक्षकको रूपमा वा स्वास्थ्यसम्बन्धी विशेष अभियन्ता कुन रूपमा अगाडि बढाउने त्यसको यकिन चाँडो हुनुपर्ने उनले बताए । देशभरिका सरकारी स्कुलमा एकएकजना नर्सको दरबन्दी सिर्जना गर्दा राज्यकोषबाट करोडौं खर्च हुने भएकाले एकै पटक देशभरिकै स्कुलमा दरबन्दी सिर्जना गर्न नसकिए पनि चरणबद्ध रूपमा लागू गर्न सकिने बताए । उनले भने, एकै चरणमा नसकिए पनि स्वास्थ्य अवस्था कमजोर भएका जिल्लाका स्कुलहरूमा चरणबद्ध रूपमा लागू गर्नुपर्छ । तर यस काममा पर्याप्त तयारी हुनुपर्ने उनले बताए ।

नेपाल नर्सिड काउन्सिलकी पूर्वअध्यक्ष दयालक्ष्मीका अनुसार नेपालमा स्कुलनर्स राख्ने अवधारणा विगत २० वर्ष अगाडिदेखि उठिरहेको भए पनि कार्यान्वयनमा जान सकेको थिएन । अब कार्यान्वयनमा लैजानुपर्ने उनको मत छ । स्वास्थ्य मन्त्रालय पुनर्जागरण महाशाखाका निर्देशक भोगेन्द्र डोटेल स्कुलनर्सलाई शिक्षककै रूपमा नियुक्त दिएर स्वास्थ्यका काम गराउने पर्ने बताउँछन् । राष्ट्रिय सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक कुञ्ज जोशी गाउँघरमा कार्यरत स्वास्थ्यकर्मीले स्वास्थ्य सूचना दिने काम गराउन खोज्दा भत्ता खोज्ने प्रवृत्ति रहेकाले स्कुलनर्सको अवधारण ल्याइएको बताए । उनी भन्छन्, ‘हेल्थ असिस्टेन्टले बिरामी जाँच्न खोज्छन् । जनचेतना जगाउने काम गरौं भन्दा भत्ता खोज्छन् । त्यसैले स्कुुलबाट नर्सहरूलाई जनचेतना जगाउने काममा लगाउन खोजिएको हो ।’  किशोरकिशोरीका तमाम स्वास्थ्य समस्या स्कुलउमेरमै हुने तर तिनले त्यो बेला सही सल्लाह पाउन सके धेरै समस्या समाधान गर्न सकिने उनी बताउँछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वस्थ्य रहन आत्मबल उच्च 
Next article धरै मोटो हुनु अस्वस्थताको कारण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

Jul 30th 9:09 AM
समाचार

स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

Jul 29th 9:23 AM
समाचार

चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

Jul 29th 7:00 AM
समाचार

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरुद्वारा माइतिघरमा विरोध प्रदर्शन

Jul 28th 12:02 PM
समाचार

आन्दोलनरत चिकित्सकको माग तत्काल सम्बोधन गर्न कांग्रेसको आग्रह

Jul 27th 1:35 PM
समाचार

औषधिपुरकको परिभाषाप्रति फ्यानक्यानको आपत्ति, सरोकारवालासँग थप छलफल गर्न सरकार तयार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133689
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

125
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web