• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

July 30th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

हेल्थ टुडे,

काठमाडौं, १४ साउन :  नेपाल सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुभाष प्याकुरेललाई नियुक्त गरेसँगै स्वास्थ्य क्षेत्र, विशेषगरी स्वास्थ्य बीमा प्रणालीप्रति नयाँ अपेक्षा जागेको छ । विगत केही वर्षदेखि सेवा प्रवाह, अस्पताललाई भुक्तानी, बीमितको विश्वास, दिगोपना र सुशासनका प्रश्नले चुनौती खेपिरहेको स्वास्थ्य बीमा कार्यक्रम अब कुन दिशामा अघि बढ्छ भन्ने चासो बढेको छ । यही सन्दर्भमा एउटा प्रश्न धेरैले सोधिरहेका छन, को हुन् डा. सुभाष प्याकुरेल ?

चिकित्सकदेखि स्वास्थ्य नीति विश्लेषकसम्म :

डा. सुभाष प्याकुरेल पेशाले चिकित्सक हुन् । उनी स्वास्थ्य नीति, स्वास्थ्य बीमा, डिजिटल स्वास्थ्य , स्वास्थ्य सूचना प्रणाली र स्वास्थ्य व्यवस्थापनका क्षेत्रमा लामो समयदेखि सक्रिय छन् ।
उनी हेल्थ कन्सर्नका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् । यस संस्थामार्फत उनले स्वास्थ्य सेवा, स्वास्थ्य सूचना प्रविधि, स्वास्थ्य बीमा, टेलिमेडिसिन तथा स्वास्थ्य नीतिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
डा. प्याकुरेलले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट अफ मेडिसिनबाट एमविविएस अध्ययन गरेका हुन् । उनले सन् १९९३ देखि २००२ सम्म चिकित्साशास्त्र अध्ययन गरेका थिए । त्यसपछि उनले अमेरिकाको एजुकेशनल कमिसन फर फोरेन मेडिकल ग्राजुएट्सबाट प्रमाणिकरण समेत प्राप्त गरेका छन् ।

स्वास्थ्य बीमाका पक्षधर र डिजिटल स्वास्थ्यका अभियन्ता :

डा. प्याकुरेललाई नेपालमा स्वास्थ्य बीमाको अवधारणालाई सुदृढ बनाउन निरन्तर आवाज उठाउने विज्ञका रूपमा पनि चिनिन्छ । उनले स्वास्थ्य विमाका क्षेत्रमा पैरवी गर्दै आइरहेका छन् ।
उनले स्वास्थ्य बीमा केवल उपचारको खर्च तिर्ने कार्यक्रम मात्र नभई सामाजिक सुरक्षाको आधार भएको बताउँदै आएका छन् । विशेषगरी विपन्न नागरिक, दीर्घरोगी तथा ग्रामीण समुदायलाई स्वास्थ्य सेवामा समान पहुँच दिलाउन स्वास्थ्य बीमा अपरिहार्य रहेको उनको धारणा रहँदै आएको छ ।
नेपालमा डिजिटल स्वास्थ्य प्रणाली विकासको आवश्यकता औंल्याउने चिकित्सकहरूमध्ये डा.प्याकुरेल अग्रपंक्तिमा पर्छन् । उनले विद्युतीय स्वास्थ्य अभिलेख, टेलिमेडिसिन, डिजिटल स्वास्थ्य सूचना प्रणाली, कृत्रिम बुद्धिमत्ताको जिम्मेवार प्रयोग तथा सूचना प्रविधिमार्फत स्वास्थ्य सेवाको गुणस्तर सुधारबारे निरन्तर पैरवी गर्दै आएका छन् ।

चिकित्सा शिक्षामा पनि सक्रिय :

डा.प्याकुरेल चिकित्सा शिक्षाका विषयमा पनि नियमित रूपमा धारणा सार्वजनिक गर्दै आएका छन् । उनले चिकित्सा शिक्षा आयोगको भूमिका, मेडिकल शिक्षाको गुणस्तर, प्रवेश प्रणाली, दक्ष जनशक्ति उत्पादन तथा स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता सम्बन्धी बहसमा सक्रिय सहभागिता जनाउँदै आएका छन् ।
डा. प्याकुरेल स्वास्थ्य बीमासम्बन्धी अनुसन्धानमा समेत संलग्न छन् । उनले स्वास्थ्य विमाका विषयमा रिसर्च आर्टिकल लेखेका छन । उक्त अध्ययनले नेपालमा स्वास्थ्य बीमा कार्यक्रमका अवसर, चुनौती र सुधारका उपायबारे विश्लेषण गरेको छ । टेलिभिजन बहस, सेमिनार, विश्वविद्यालय, विद्यालय तथा विभिन्न व्यावसायिक मञ्चमा स्वास्थ्य नीति, स्वास्थ्य बीमा, स्वास्थ्य सूचना प्रविधि र सार्वजनिक स्वास्थ्यका विषयमा उनी नियमित वक्ताका रूपमा सहभागी हुँदै आएका छन् । स्वास्थ्य पत्रकारितामा पनि उनको राम्रो दखल छ ।

चुनौती र अवसर दुबै :

स्वास्थ्य बीमा बोर्डको नेतृत्व सम्हाल्दै गर्दा डा. प्याकुरेलले केही गम्भीर चुनौतीको सामना गर्नुपर्नेछ । अस्पताललाई समयमै भुक्तानी सुनिश्चित गर्नु, बीमित नागरिकको विश्वास पुनःस्थापित गर्नु, सेवा प्रदायक अस्पतालको सहभागिता बढाउनु, स्वास्थ्य बीमा कोषलाई आर्थिक रूपमा दिगो बनाउनु, डिजिटल प्रविधिमार्फत दाबी व्यवस्थापनलाई प्रभावकारी बनाउनु, अनियमितता नियन्त्रण गर्दै सुशासन सुदृढ गर्नु र स्थानीय तहसम्म स्वास्थ्य बीमाको पहुँच विस्तार गर्नु प्रमुख चुनौतिको सामना उनले गर्नु पर्ने छ ।

स्वास्थ्य बीमा कार्यक्रमले स्थापना भएको एक दशक पूरा गरिसकेको छ । अब यसको दोस्रो चरण सुधार, गुणस्तरीय सेवा र दिगोपनामा केन्द्रित हुनुपर्ने अवस्था छ । यस्तो समयमा स्वास्थ्य नीति, डिजिटल स्वास्थ्य र व्यवस्थापनको अनुभव भएका व्यक्तिको नेतृत्वले प्रणाली सुधारमा नयाँ गति दिन सक्ने अपेक्षा गरिएको छ ।
डा. सुभाष प्याकुरेललाई धेरैले चिकित्सकका रूपमा चिन्छन्, तर उनको परिचय त्यतिमै सीमित छैन । उनी स्वास्थ्य नीति विश्लेषक, स्वास्थ्य बीमाका पक्षधर, डिजिटल स्वास्थ्यका प्रवद्र्धक, सामाजिक उद्यमी तथा स्वास्थ्य व्यवस्थापनका अभ्यासकर्ता हुन् ।
अब उनीसँग जोडिएको सबैभन्दा ठूलो प्रश्न एउटै छ, विगत केही वर्षदेखि विभिन्न चुनौतीसँग जुधिरहेको नेपालको स्वास्थ्य बीमा कार्यक्रमलाई नयाँ उचाइमा पु¥याउन उनी कत्तिको सफल हुन्छन ? यसको उत्तर उनको आगामी कार्यसम्पादनले दिनेछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन
Next article चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134356
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web