• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

भैंसी बेचेर गर्भपतन !

November 30th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भैंसी बेचेर गर्भपतन !

डा.खेम कार्की

यौन तथा प्रजनन स्वास्थ्यका विषयमा चेतना बढेको छ । सेवासुविधा पनि पहिलेको तुलनामा बढेको छ । यसलाई अधिकारका दृष्टिले हेर्न थालिएको छ । कानुनहरू पनि केही बनिसकेका छन् त केही बन्ने क्रममा छन् । आमा सुरक्षा कार्यक्रम, परिवार नियोजन कार्यक्रम, सुरक्षित गर्भपतन सेवा, युवामैत्री सेवा केन्द्र स्थापनासहित राज्यले पनि यो क्षेत्रमा केही सकारात्मक काम गरिरहेको छ । तर यतिले मात्र पुग्दैन । अझै पनि महिलाले पूर्ण रूपमा यौन तथा प्रजनन स्वास्थ्य सेवा र अधिकार व्यवहारमा पाउन सकेका छैनन् । अहिले पनि पुरुषवादी सोचका कारण महिलालाई अधिकारविहीन र निरीह प्राणीका रूपमा हेर्ने प्रवृत्ति कायमै छ ।

दिगो विकास लक्ष्यको ३ र ५ नम्बरमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा प्रतिबद्घता व्यक्त भएको छ । जसअनुसार १५ देखि ४९ वर्ष उमेरको जनसंख्यामा एचआईभी संक्रमण दर शून्यमा झार्ने भन्ने छ । अहिले त्यो दर ०.१२५ छ । त्यसैगरी एचआईभीको औषधि शतप्रतिशत संक्रमितमा पु¥याउने भनिएको छ । जबकि अहिले करिब ६१ प्रतिशतमा मात्र पुगेको छ । परिवार नियोजनका साधनको पहुँच ९० प्रतिशतमा पु¥याउने भनिएको छ । जबकि अहिले ७५ प्रतिशतमात्र छ । यी र यस्तै महत्वाकांक्षी प्रतिबद्घता जनाइएको छ । हामी सबै लाग्यौ भने पूरा हुनै सक्दैनन् त भन्दिनँ । तर सजिलो छैन । स्थानीय स्रोतसाधन परिचालन गर्न सक्नुपर्छ । हरेक कामका लागि विदेशी ताक्ने प्रवृत्ति छोड्नु आवश्यक छ ।  हामीसँग डकुमेन्ट राम्रा छन् ।

विगतमा यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा हामीले केही राम्रा काम गरेका पनि छौं । बालमृत्यु र मातृमृत्युदर उल्लेख्य रूपमा घटाउन सक्यौ पनि । तर अब पहिलेको जस्तो सजिलो छैन । अहिलेको स्वास्थ्य प्रणाली र संरचना काम लाग्ने अवस्था छैन । प्रतिबद्घता जनाएअनुसार व्यवहारमा काम हुन नसक्दा चुनौती आउँछ ।  हामी अल्छी छौं । पञ्चायत कालदेखि नै चलेका कार्यक्रम तलमाथि पार्न चाहँदैनौं । काम गर्ने तौरतरिका फेर्न चाहँदैनौं । तर परिवर्तन किन भएन भनेर भन्छौं । मन्त्रालय—मन्त्रालय बीचमा समन्वय छैन । स्वास्थ्यकै महाशाखा महाशाखाबीच समन्वय छैन । इच्छाशक्तिमा पनि समस्या छ । दृढ इच्छाशक्तिको कमी अहिलेको प्रमुख चुनौती हो ।  युवायुवतीले परिवार नियोजनको सेवा सहज रूपमा पाउनु  पर्छ  । परिवार नियोजन सेवा युवामैत्री हुनुपर्छ । जनसंख्या वृद्धिदर घट्यो भन्दैमा परिवार नियोजन कार्यक्रमलाई कम महत्व दिनु भएन । यो सेवा भनेको त व्यवस्थित र खुसी परिवार निर्माणका लागि हो । परिवार नियोजन सेवाका लागि बजेट पनि बढाउनु  पर्छ । कति उमेरमा विवाह गर्ने, को सँग गर्ने, कहिले बच्चा जन्माउने, कति जन्माउनेलगायतका अधिकार महिलामा निहित हुनु पर्छ । अहिले सुरक्षित गर्भपतन गराउन पनि भैंसी नै बेच्नु पर्ने अवस्था छ धेरै ग्रामिण महिलालाई । यो अवस्था  हुनु हुँदैन । निःशुल्क रूपमा स्वास्थ्य सेवा पाउनु प¥यो । अधिकार कागजमा लेखिएरमात्र भएन । व्यवहारमा प्रयोगमा आउनु पर्छ  ।

स्वास्थ्यमा बजेटको अभाव छ जस्तो मलाई लाग्दैन । स्वास्थ्यका अधिकारी बजेट पुगेन बढाउनु पर्छ भन्छन् । तर हरेक वर्ष १० अर्ब रुपैयाँ खर्च गर्न नसकेर फिर्ता हुन्छ । मानसिकता नै खराब छ । गरेपछि मैले के पाउँछु भन्ने छ । जवसम्म यो प्रवृत्ति रहन्छ बजेटले मात्र काम हुँदैन । स्वास्थ्यमा पैसाको अभावले कार्यक्रम नै रोकिने अवस्था आउँछ जस्तो लाग्दैन । मात्र दृढ संकल्पका साथ काम गर्ने अठोट हुनु पर्छ । परिवार नियोजन कार्यक्रमका लागि विनियोजन हुने गरेको बजेट न्यून छ । नयाँ र प्रभावकारी कार्यक्रम निर्माण गरेर कार्यान्वयन चरणमा लैजान सके स्वास्थ्य मन्त्रालयले बजेट अभाव हुन देला जस्तो लाग्दैन । तर एउटा कुरा के सत्य हो भने परिवार नियोजनका कार्यक्रम अब पुरानै ढर्रा र मानसिकताका आधारमा भने चल्दैनन् । चलिहाले पनि दीर्घकालीन हुँदैनन् ।

युवायुवतीमा यौन तथा प्रजनन स्वास्थ्य सेवाका विषयमा जनचेतना बढेको छ अहिले । तर सेवा सुविधा पाउन कठिन छ । परिवार नियोजन सर्वसुलभ रूपले सेवा दिन सकेनौं । पटकपटक गर्भपतन गराउने महिलाको संख्या बर्सेनि बढ्दो छ । यो परिवार नियोजनको विकल्पमा हुँदै होइन । तर विकल्पको रूपमा प्रयोग भइरहेको छ । यसले महिलाको स्वास्थ्यमा गम्भीर समस्या पैदा गर्छ । यसको प्रभाव केही वर्षमै देखिन थाल्छ । यसले प्रजनन स्वास्थ्यमै खतरा उत्पन्न हुन्छ । औजारको प्रयोग गरेर गरिने गर्भपतनको सट्टा औषधि सेवनमार्फत गरिने गर्भपतन बढ्दो छ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा खानुपर्ने गर्भपतन गराउने औषधि सिटामोल खाएजस्तै खाइरहेका छन । यसलाई रोक्नुपर्छ । सरकारले कार्यान्वयन गर्न खोजेका सेवाको सही सदुपयोग गर्न सक्नुपर्छ । यसमा सरकारले पनि आँखा चिम्लेर बस्न मिल्दैन र उपभोक्ताले पनि तत्कालको सजिलोका लागि स्वास्थ्यका दीर्घकालीन असर गर्ने काम गर्नु भएन ।

( यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ डा. कार्की, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव हुन । )

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एड्स नियन्त्रण केन्द्र बेकम्मा
Next article स्वास्थ्यप्रति सचेत एनपी

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132677
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web