• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जिल्ला अस्पतालमा विरामी भन्दा गोरुहरुको भिड

December 3rd, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जिल्ला अस्पतालमा विरामी भन्दा गोरुहरुको भिड

हेल्थ टुडे

मलंगवा, १७ मंसिर : यो हो, सर्लाहीको मलंगवास्थित सर्लाही जिल्ला अस्पताल । अस्पताल परिसर बैलगाडाले भरिएको छ । एउटाँमात्र एम्बुलेन्स छ । अस्पताल आउने अधिकांश गम्भिर प्रकृतिका विरामी यिनै बैलगाडामा ल्याउने गरिन्छ । अस्पतालका सिनियर स्टाप अनुज शाह भन्छन, ‘ यहाँका लागि बैलगाडा नै भरपर्दो एम्बुलेन्स हो ।’ गाउँतिर कुनै व्यक्ति विरामी पर्दा एम्बुलेन्स खोज्न भन्दा सजिलो र भरपर्दो हुने भएकाले यहाँका बासिन्दा बैलगाडालाई नै एम्बुलेन्स भन्ने गरेको शाह बताउँछन् । बैलगाडामा टाढा टाढाबाट विरामी आउँछन । तर कहिलेकाही गम्भिर प्रकृतिका विरामीलाई भने बैलगाडाको यात्रा सहज हुदैन ।

तत्काल अस्पताल पुर्याउनु पर्ने प्रकृतिका विरामीका लागि बैलगाडा उपयुक्त नहुने भए पनि एम्बुलेन्स पाउनै मुस्किल भएकाले बैलगाडामै विरामी ल्याउनु परेको असौरियाका विनायक महतो बताउछन् । एम्बुलेन्स महंगो हुने भएकाले पनि आफूहरुले विरामी अस्पताल ल्याउदा बैलगाडालाई नै प्राथमिकता दिने गरेको उनले बताए । जिल्ला अस्पतालमा आउने ९० प्रतिसत टाढाका विरामी यिनै बैलगाडामा चढेर आउछन । बैलगाडाका कारण अस्पताल परिसर फोहोर हुने गरेको छ । यसका साथै अनावश्यक भिडले उपचारमा समेत बाधा पर्ने गरेको अस्पतालकी सिनियर स्टाप नर्स देविका चौधरी बताउछिन् ।

सर्लाहीका अलावा तपाईका अधिकांश जिल्लामा उपचारका लागि विरामी अस्पताल ल्याउदा बैलगाडामा राखेर ल्याउने गरिन्छ । तर अस्पताल पुर्याएपछि तिनको व्यवस्थापन नहुदा अस्पतालको वातावरण नै बिग्रेको स्वासथ्यकर्मि बताउछन् । यसका साथै गम्भिर प्रकृतिका विरामीका लागि एम्बुलेन्सको बिकल्प बैलगाडा हुन नसक्ने चेतना समेत स्थानिय वासिन्दामा बिस्तार गर्नु आवश्यक रहेको सरोकारवाला बताउँछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article १८ नपुग्दै आधा युवतीलाई यौनको स्वाद  
Next article आनन्दकालागि मात्र हो त स्पा ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132446
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web