• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 31st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

एन्टिबायोटिकको असर सिधै शिशुमा

December 13th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एन्टिबायोटिकको असर सिधै शिशुमा

हेल्थ टुडे

विभिन्न किसिमका सूक्ष्म जीवाणु (ब्याक्टेरिया) ले धेरै किसिमका रोग जन्माउँछन् । यस्ता सूक्ष्म जीवाणुको संक्रमणबाट विभिन्न रोग लाग्नुका साथै ज्वरो आउने, घाउ पाक्ने, खोकी लाग्ने, शरीर सुन्निने आदि विभिन्न लक्षणहरू देखा पर्दछन् । सूक्ष्म जीवाणुको संक्रमणका विरुद्धमा प्रयोग हुने औषधिलाई एन्टिबायोटिक भनिन्छ । सूक्ष्म जीवाणुको किसिमअनुसार प्रयोग गर्नुपर्ने एन्टिबायोटिक पनि फरकफरक हुन्छ र एउटै एन्टिबायोटिक सबै संक्रमणमा उपयोगी हुँदैन ।  दिनमा कति पटक प्रयोग गर्ने र कति अवधिसम्म प्रयोग गर्ने भन्ने पनि संक्रमण र एन्टिबायोटिकअनुसार फरकफरक हुन्छ । यी कुराको जानकारी चिकित्सक र स्वास्थ्यकर्मीलाई हुने भएकाले उनीहरूको सल्लाहअनुसार मात्र एन्टिबायोटिकको प्रयोग गर्नुपर्दछ ।

१. चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना बिरामी स्वयंले एन्टिबायोटिक औषधिको सेवन गर्नु हुँदैन । चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना एन्टिबायोटिक औषधिको प्रयोग गर्दा औषधिले संक्रमणबाट मुक्ति नदिनेमात्र होइन, रिएक्सन भएर मानिसको ज्यान जोखिममा पर्न सक्छ ।

२. गर्भवती वा स्तनपान गराइरहेकी महिलाले आफूखुसी एन्टिबायोटिक औषधि सेवन गर्दा शिशुमा समेत नराम्रो असअर पर्न सक्छ तथा अंगभंग भएको वा सुस्तमनस्थिति भएको बच्चा जन्मन सक्दछ ।

३. एन्टिबायोटिकको पूरा मात्र नखानाले ब्याक्टेरियाले एन्टिबायोटिक विरुद्धमा लड्ने क्षमता (प्रतिरोध) को विकास गर्दै र अर्को पटक सो एन्टिबायोटिकको प्रयोग गर्दा रोग निको नहुने हुन सक्छ ।

४. प्रतिरोध विकास गरेको ब्याक्टेरियाको संक्रमण जोसुकैलाई भए पनि सो एन्टिबायोटिकले असर नगर्ने भएकाले प्रतिरोध विकास गर्नु भनेको समुदाय र व्यक्तिको लागि मात्र होइन, विश्वकै लागि समस्या हुन सक्छ । त्यसैले सधैं चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा मात्र एन्टिबायोटिकको प्रयोग गरौं, गराऔं ।

५. नियम र अवधि नपु¥याएर एन्टिबायोटिक सेवन गरेमा रोगका लक्षणहरू नदेखिने भए पनि रोग निको नभई पुनः बल्झिने हुन सक्छ र अरूलाई उक्त रोग सर्न सक्दछ जसले गर्दा उनीहरूमा पनि त्यो समस्या देखा पर्दछ ।

६. भाइरसबाट हुने रूघाखोकीलगायत अन्य साधारण रोगमा एन्टिबायोटिकले असर गर्दैन ।

७. एन्टिबायोटिक औषधि सधैं चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा तोकिएको मात्रा र अवधिसम्म अनिवार्य रूपमा प्रयोग गरौं ।

औषधिको दुरुपयोग नगरौं

१. स्वास्थ्य परीक्षण नगरी औषधिको सेवन नगरौं ।

२. निद्रा लाग्ने तथा मनोद्विपक औषधिहरूको अनावश्यक सेवनले गर्दा थाहै नपाई लत लाग्ने भएकाले यस्ता औषधि चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहअनुसार निश्चित अवधिका लागि मात्र प्रयोग गरौं ।

३. लागू तथा मनोद्विपक औषधिको लगत नराखी बिक्री वितरण गर्नु गैरकानुनी काम हो । अतः लगत राख्न औषधि व्यवसायीलाई सहयोग गरौं ।

४.औषधि रहरले होइन आवश्यकताअनुसार मात्र प्रयोग गरौं ।

५. जीवन अमूल्य छ, दुव्र्यसनी बनी यसलाई खेर नफालौं । दुव्र्यसनमुक्त समाज निर्माण गरौं ।

६. किशोरावस्थाका केटाकेटीलाई अभिभावकहरूले मायाममता र सही मार्गनिर्देशन दिएर उनीहरूलाई दुव्यर्सनको लतमा फस्नबाट जोगाऔं ।

८. औषधिको प्रयोग गर्दा विल लिन नभुलौं । बिल दिँदा औषधि व्यवसायीले चनाखो भई औषधि बिक्री वितरणबारे पुनः हेर्ने भएकाले गलत औषधि पर्नबाट बचिन्छ । कानुनसम्मत किसिमले दर्ता भएको औषधिमात्र प्राप्त हुन्छ औषधिको उचित मूल्यबारे आश्वस्त हुन सकिन्छ । म्याद नाघेको औषधि पर्ने सम्भावना कम हुन्छ र गलत औषधि परेको अवस्थामा भूलसुधार गर्न सक्ने अवस्था रहन्छ ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौन आनन्द कसरी लिने ?
Next article रक्सीभित्र लुकेको मोहनी र वास्तविक खतरा 

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132977
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

79
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

59
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

80
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web