• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अख्यितारको कारवाही पत्र स्वास्थ्यबाट गायव

December 14th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अख्यितारको कारवाही पत्र स्वास्थ्यबाट गायव

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य मन्त्रालयकी निमित्त सचिव डा. पुष्पा चौधरी लगायत ६ जना कर्मचारीलाई कारवाही गर्न पठाएको पत्र स्वास्थ्य मन्त्रालयमा गायव बनाएको पाइएको छ । प्रसूति गृहकी तत्कालिन निर्देशक डा. चौधरीसहित ६ जनालाई कारवाही गर्न अख्तियारले असारमै पठाएको पत्र मन्त्रालयमा दर्ता नै नभएको खुलासा भएको हो ।

अख्तियारका अनुसन्धान अधिकृत शंकरबहादुर केसीले हस्ताक्षर गरेको चलानी नम्बर २३८९ को अत्यन्त जरुरी गोप्यपत्र स्वास्थ्य मन्त्रालयमा दर्ता नै नभएको मन्त्रालयका अधिकारीले बताएका छन् । तत्कालिन स्वास्थ्य सचिव डा. किरण रेग्मीका पालामा डा. चौधरीलाई भ्रष्टाचार गरेको गठर गर्दै कारवाही गर्न पत्र पठाएको थियो । प्रसूति गृहको निर्देशक हुदा चौधरीले औषधिजन्य समान, बिजुली र उपकरण लगायतका समानको आपूर्तिमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले २ असारमा कारवाहीको सिफारिस गरेको भएपनि सो पत्र मन्त्रालयमा दर्ता गरिएको छैन । सो पत्र अहिलेसम्म किन दर्ता भएन भन्ने विषयमा सबै पक्ष मौन छन् । गत हप्तामात्र सेवा निवृत भएकी पूर्व स्वास्थ्य सचिव डा. रेग्मी उक्त पत्र आफू सचिव हुन्जेलसम्म आफ्नो हात नपरेको बताएकी छिन् । मन्त्रालय उच्च स्रोतका अनुसार डा. चौधरीले नै आफूलाई कारवाही हुने डरले ठूलो आर्थिक चलखेल गरि सो पत्र दर्ता नगर्न कर्मचारीलाई खटाएको दाबी गरेको छ । कारवाही गरिए आफू सचिवको उम्मेदवार समेत हुन नसक्ने भएकाले चौधरीकै मिलेमतोमा यो भएको हुन सक्ने स्रोतको दावी छ ।

कारवाहीमा परेकी उनै डा. चौधरी अहिले सचिव बन्ने दौडमा छिन् । डा.चौधरी यो भन्दा पहिले पनि विवादित चिकित्सकका रुपमा चिनिन्छिन् । उनी माथि दोहोरो सुविधा लिएको, नागरिकतामा उमेर सच्याइएको, राजधानी बाहिर कहिल्यै नगएको, आर्थिच चलखेल गरेर महानिर्देशक बनेको जस्ता बिषयमा पनि उनी माथि अख्तियारमा उजुरी परेको थियो ।  अख्तियारले पठाएको सिफारिस पत्रमा विभिन्न विद्युतिय समान खरिद गर्दा सार्वजनिक खरिद ऐन, नियमावली बिपरित डा. पुष्पाले सोझै खरिद गरेको, खरिद गरेका समानको गुणस्तर परिक्षण समेत नगराई भुक्तानीका लागि स्विकृत गरेको, फ्रिज भएको करिव दुई करोड रकम फ्रि नहुने खातामा सार्न स्वीकृत दिएको साथै चौधरीले जानाजानी कुनै निर्णय वा आदेश गर्दा बाध्यात्मक रुपले अपनाउनु पर्ने कार्यविधिको पालना नगरेको ठहर गरेको छ । अख्तियारले चौधरी सहित प्रसूति गृहका प्रशासन प्मुख अमरनाथ अमात्य, बरिष्ठ लेखा अधिकृत चन्द्रबहादुर गुरुङ,तत्कालिन लेखा अधिकृत अमित पौडेल, तत्कालिन साखा अधिकृत रानु थापा र स्टोकिपर लिला केसीलाई आवश्यक कारवाही गरि सोको जानकारी आयोललाई समेत दिन भनिएको छ । ( आजको सौर्य दैनिकबाट )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सिहदरवार वैद्यखाना पनि चाडै जिएमपीमा 
Next article विरामीसँग कर लिएकामा कारण देखाउ आदेश

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133270
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

41
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

55
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web