• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

कारागारभित्रै दम्पतीबिच यौन सम्पर्क

December 14th, 2017 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कारागारभित्रै दम्पतीबिच यौन सम्पर्क

हेल्थटुडे

काठमाडौं, २८ मंसिर :  सन्तान उत्पादनका लागि योग्य कैदीबन्दीले अब कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक सम्पर्क गर्न पाउने भएका छन् । यसको चाँजोपाँजो कारागार व्यवस्थापन विभागले मिलाउनेछ । कैदीबन्दीले यो सुविधा कैदीबन्दीको प्रजनन् हकको कार्यान्वयनसम्बन्धी बनेको निर्देशिका पास भएपछि मात्रै पाउनेछन् । सर्वोच्च अदालतले कैदीबन्दीको प्रजनन हक सुरक्षित गर्ने सम्बन्धमा दिएको आदेशपछि विभाग निर्देशिका  बनाउने तयारीमा जुटेको हो ।

विभागले निर्देशिकाको खाका तयार गरिसकेको छ । खाकालाई अन्तिम रूप दिएपछि गृह मन्त्रालयमा पेस हुनेछ । मन्त्रालयबाट पास भएपछि निर्देशिका  कार्यान्वयनमा आउनेछ । त्यसलगत्तै कैदीबन्दीले सन्तान उत्पादनका लागि कारागारले नै व्यवस्था गरेको विशेष कोठामा आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउनेछन् । निर्देशिका बनेपछि मात्र सुविधा विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले विभाग कैदीबन्दीको प्रजनन हकको कार्यान्वयनसम्बन्धी निर्देशिका बनाउने तयारीमा जुटेको बताए । उनका अनुसार अबको तीन महिनाभित्र निर्देशिका तयार हुनेछ । उनले भने, ‘कैदीबन्दीको प्रजनन हकको कार्यान्वयनसम्बन्धी निर्देशिका बन्दै छ । अबको तीन महिनाभित्र यो तयार भइसक्नेछ । त्यसपछि मन्त्रालयमा पेस हुनेछ । मन्त्रालयबाट पास भएलगत्तै निर्देशिका  कार्यान्वयनमा आउनेछ ।’  महानिर्देशक घिमिरेले भने, ‘अदालतले कैदीबन्दीको प्रजनन हकको सुरक्षा गर्न आदेश दियो । आदेशलाई कार्यान्वयन गर्नुपर्ने भयो । अदालतबाट आदेश भएलगत्तै त्यत्तिकै प्रजनन अधिकार दिने कुरा भएन । यसका लागि विधि–प्रक्रिया चाहिन्छ । त्यसैले, विभाग निर्देशिका बनाउन जुटेको हो ।’

कस्ता कैदीबन्दीले पाउँछन् यस्तो सुविधा ? विभागका अनुसार यो सुविधा लामो अवधि सजाय तोकिएका तर सन्तान नभएका कैदीबन्दीको हकमा मात्रै लागू हुनेछ । यसका लागि विवाहित हुनुपर्नेछ । विभागले कारागारभित्रै विशेष कोठाको व्यवस्था गर्नेछ । लामो अवधि कैद–सजाय तोकिएका तर सन्तान नभएका कैदीबन्दी पहिचान गरिनेछ । महिला कैदीबन्दी भए उनका श्रीमान् र पुरुष कैदीबन्दी भए उनकी श्रीमतीलाई सम्पर्कमा ल्याइनेछ । दुवैको चिकित्सकबाट स्वास्थ्य–परीक्षण गराइनेछ । सन्तान उत्पादनका लागि समय निश्चित भएपछि मात्रै उनीहरूलाई संसर्गका लागि भेट गर्न दिइनेछ । विभागका महानिर्देशक घिमिरेका अनुसार उनीहरूलाई बढीमा सात दिनसम्म सँगै राखिनेछ । उनले भने, ‘सामान्यतया महिलाको महिनावारी रोकिएको सात दिनपछिको एक सातासम्म सन्तान उत्पादनका लागि उपयुक्त समय मानिन्छ । यही अवधिमा कैदीबन्दीलाई संसर्गका लागि छाडिनेछ । सन्तान उत्पादनको उपयुक्त समय निर्धारण चिकित्सकको सल्लाहपछि मात्रै हुनेछ । त्यसपछि, बढीमा सात दिनसम्म उनीहरूलाई सँगै राखिनेछ । यो सुविधा एक कैदीबन्दीले एकपटक मात्रै पाउनेछ ।’

विभागका अनुसार विवाह नभएका र सन्तान भइसकेका कैदीबन्दीको हकमा भने यो सुविधा लागू हुने छैन । महानिर्देशक घिमिरेले भने, ‘यो सुविधा विवाह नभएका कैदीबन्दीको हकमा लागू हुने छैन । त्यस्तै, सन्तान भइसकेका कैदीबन्दीको हकमा पनि लागू हुने छैन । अदालतको आदेश पनि सोहीअनुसारको छ । त्यहीअनुसार निर्देशिका बन्छ ।’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article के हो हृदयाघातको कारण
Next article स्वास्थ्य प्रणाली बुझ्न पूर्व स्वास्थ्यमन्त्री थापा दक्षिण अफ्रिका

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132890
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web