• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

सातवटै प्रदेशमा कति चाहिन्छन् विशेषज्ञ डाक्टर

December 15th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सातवटै प्रदेशमा कति चाहिन्छन् विशेषज्ञ डाक्टर

संघीय नेपालमा स्थानीय तह निर्वाचनपछि गाउँगाउँमा जनप्रतिनिधिले काम थालिसकेकाछन् । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सकिएर नयाँ संरचना अनुसार केन्द्र र प्रदेश सरकार गठन हुने तयारीमा छ । सिंहदरबार केन्द्रित अधिकार गाउँमा पुग्दैछ । अधिकार विकेन्द्रित भएसँंगै काठमाडौं र सहरी क्षेत्रमा थुप्रिएका डाक्टर गाउँ जालान् ? घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पुग्ला त ? सरकारी तथ्यांकअनुसार संयीय संरचनामा गाउँमै विशेषज्ञ चिकित्सा सेवा पु¥याउँन ३ हजार हाराहारीमा डाक्टर नपुग्ने देखिन्छ । सरकारी संरचनामा हाल ३ सय ८१ विशेषज्ञ चिकित्सक छन् । देशभर सरकारी र निजी स्वास्थ्य संस्थामा गरी हजार हाराहारीमा मात्रै विशेषज्ञ चिकित्सक छन् । पाँच हजार हाराहारीमा विशेषज्ञ डाक्टर दर्ता भइसके पनि अधिकांश काठमाडौं, सहरी क्षेत्र र विदेशमा छन् । ग्रामीण क्षेत्रमा अत्यावश्यकीय एनेस्थेसियोलोजिस्ट, जनरल फिजिसियान, रेडियोलोजिस्ट, बाल र स्त्रीरोग विशेषज्ञ चिकित्सक अत्यन्तै न्यून छन् ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको स्वास्थ्य सेवासम्बन्धी विस्तृत अवधारणा अनुसार संघीय नेपालमा ३ हजार ३ सय विशेषज्ञ चिकित्सक आवश्यक पर्छ । यो आधारमा अझै २ हजार ९ सय १९ विशेषज्ञ डाक्टर पुग्दैनन् । सात वर्षपछि पनि मन्त्रालयलाई एमबिबिएस चिकित्सक २ हजार ८ सय हाराहारीमा र विशेषज्ञ ३३ सय हाराहारीमा आवश्यक पर्छ । सम्पूर्ण तहमा सुविधायुक्त स्वास्थ्य संस्था स्थापना गर्न कम्तीमा सात वर्ष लाग्ने मन्त्रालयले जनाएको छ । पूर्व स्वास्थ्यमन्त्री गगन थापाले संघीय नेपाल अपुग चिकित्सक पूर्ति गर्न विशेषज्ञ तहको अध्ययन कार्यक्रम विस्तार गर्ने निर्णय गराएका थिए ।  ‘करोडौंका उपकरण एकैपटक स्वास्थ्य संस्थामा जाँदैछन, भवन बन्दैछन् तर जनशक्ति एकैपटक उत्पादन सकिँदो रहेनछ,’ उनले भने । पूर्वमन्त्री थापाका अनुसार मन्त्रालयले हाल भएका स्वास्थ्य संस्थालाई नयाँ स्वरुपअनुसार मिलान गरेर पनि थुपै नयाँ स्वास्थ्य संस्था थप्नुपर्छ ।

हाल नेपालमा प्रत्येक वर्ष स्वदेशभित्र र बाहिरबाट गरी २ हजार ५ सयको हाराहारीमा एमबिबिएस चिकित्सक थपिन्छन् तर त्यसको तुलनामा प्रत्येक वर्ष पाँच सय जनाले विशेषज्ञ चिकित्सा शिक्षा पढ्ने अवसर पाएका छन् । ‘विशेषज्ञ चिकित्सा शिक्षा पढ्न नपाएका डाक्टरलाई निःशुल्क पढ्न दिएर गाउँगाउँमा खटाउनुबाहेक अर्को विकल्प छैन,’ पूर्व मन्त्री थापाले भने । मन्त्रालयका अनुसार सात वर्षमा नेपालमा स्वास्थ्य सेवाअन्तर्गत ६१ हजार ६ सय जनशक्ति आवश्यक पर्छ । त्यस्तै ३ हजार ३ सय विशेषज्ञ चिकित्सक चाहिन्छ । मन्त्रालयको आँकडाका आधारमा सरकारी सेवाका लागि नर्स र एमबिबिएस चिकित्सक पर्याप्त हुनेछन् भने विशेषज्ञ चिकित्सकको अभावै हुनेछ । मन्त्रालयका अनुसार सात वर्षमा एनेस्थेसियोलोजिस्टको संख्या ४२०,  मेडिकल जनरलिस्टको संख्या ७३० पु¥याउनुपर्छ । हाल एनेस्थेसियोलोजिस्ट ५९ जना र मेडिकल जनरलिस्ट १०३ जना छन् । त्यस्तै जनरल सर्जन ४७ बाट ३ सय ३०,  फिजिसियान ४७ बाट ३ सय ३०, स्त्री तथा प्रसूति रोग विशेषज्ञ ९० बाट ६ सय ४०  र बालरोग विशेषज्ञ ३५ बाट २ सय ५० पु¥याउनुपर्छ ।  सरकारले न्याम्सअन्तर्गत ती अस्पतालमा निःशुल्क विशेषज्ञ शिक्षा दिने छ । सोबापत चिकित्सकले आफूले अध्ययन गरेको अञ्चल अस्पतालअन्तर्गतकै क्षेत्रमा कम्तीमा पाँच वर्ष अनिवार्य सेवा गर्नुपर्नेछ (नागरिक दैनिकबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुर्खेतमा किन बढे किशोरी आमाहरु
Next article ब्लड क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133819
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

147
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

129
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web