• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

महिनावारीमा स्वच्छताप्रति गम्भीर नहुँदा बाँझोपन

December 18th, 2017 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
महिनावारीमा स्वच्छताप्रति गम्भीर नहुँदा बाँझोपन

सन्ध्या केसी,

तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, रजस्वलामा गडबडी हुनेजस्ता समस्या लिएर चिकित्सककहाँ पुग्ने महिलामध्ये करिब एक तिहाइलाई महिनाबारीका बेला सरसफाइमा लापरबाही गर्दा यस्तो भएको हुन्छ । महिनावारीका समयमा स्वच्छताप्रति गम्भीर नहुँदा गुप्तांगको बाहिरी सतहमात्र नभई मूत्रमार्ग र प्रजननमार्गमा विभिन्न संक्रमण, बाँझोपन, गर्भाशय बाहिर गर्भ बस्नेजस्ता जटिलता देखिनुका साथै क्यान्सरसम्म हुन सक्छ । महिनावारीमा स्वच्छताको अभावले हुने स्वास्थ्य समस्यालाई लिएर हाम्रो मुलुकमा हालसम्म कुनै महत्वपूर्ण अध्ययन नभए पनि यसको मारमा पर्नेहरूको संख्या उल्लेख्य छ ।

‘तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, रजस्वलामा गडबडीजस्ता समस्या लिएर मकहाँ आउनेमध्ये करिब एक तिहाइलाई यो समस्या महिनावारीको समय राम्ररी सरसफाइ नगर्दा हुने गरेको देखिएको छ,’ वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्राडा चन्दा कार्की भन्छिन्, ‘महिनावारीमा सरसफाइको अभावले क्यान्सरसहित विभिन्न शारीरिक समस्या हुन सक्छ ।’ उनका अनुसार, नेपालका गाउँघरमा करिब ७० प्रतिशतसम्म महिलालाई महिनावारीसम्बन्धी स्वच्छताबारे ज्ञान छैन । सहरमा पनि आमाबुवा, आफन्तले भन्दा युवतीहरू आफैंले यताउता पढेर यसबारे जानकारी प्राप्त गर्ने गर्छन् ।

खानेपानी तथा सरसफाइ समन्वय परिषद्का राष्ट्रिय संयोजक गुणराज श्रेष्ठको अनुभवअनुसार, महिनावारी जैविक र प्राकृतिक प्रक्रिया हो र यो भएका बेला त्यस्तै सावधानी आवश्यक हुन्छ भन्ने जानकारी निकै कम जनसंख्यामा छ । महिनावारीमा बहुसंख्यक जनसंख्यामा उचित वैज्ञानिक सरसफाइ र स्वच्छताको अभावसमेत देखिएको छ । रजस्वलाका बेला उपयुक्त सरसफाइको अभाव हुँदा धेरैजसो महिलामा पिसाबसम्बन्धी संक्रमण हुने गरेको छ । महिनावारीमा उचित सरसफाइ नभएर मुलुकको ठूलो जनसंख्या प्रभावित भइरहे पनि यो उपेक्षित विषयकै रूपमा छ ।

‘नेपालको पछिल्लो जनगणनाअनुसार, करिब एक करोड ४३ लाख १० हजार महिलामध्ये कम्तीमा ६० प्रतिशत महिनामा एक पटक महिनावारी हुने गरेका छन्,’ डा. कार्की भन्छिन् ।

महिनावारीको बेला बग्ने रगत रोक्न उपयोग गरिने वस्तुको स्वच्छतामा विशेष ध्यान दिनुपर्छ । सरसफाइमा असावधानीका कारण संक्रमण हुन्छ र यो गुप्तांगमा कुनै प्रकारको घाउ, पीडा, दुर्गन्धित पानी, चिलाइजस्ता थुप्रै रूपमा हुन सक्ने औंल्याउँदै डा. कार्की भन्छिन्, ‘यही कारणले योनीबाट असामान्य स्राव हुन थाल्छ र तल्लो पेट, कमर आदि दुख्न थाल्छ ।’

महिनावारीका बेला चार दिनमा मात्रै होइन कि दिनहुँ नुहाउनुपर्छ । नुहाउँदा गुप्तांगसमेत राम्ररी धुनुपर्छ । डा. कार्कीको सुझाव छ, ‘महिनावारी भएका बेला झन् धेरै नुहाउने गर्नुपर्छ ।’ महिनावारीका समयमा स्वच्छतामा ख्याल नगरे प्रजनन मार्गको संक्रमण (रिप्रोडक्टिभ ट्रयाक इन्फेक्सन) को जोखिम बढ्छ । हाम्रो मुलुकमा प्रजनन मार्गको संक्रमण बढी फैलिनुको मुख्य कारणमध्ये एउटा महिनावारीको समयमा सरसफाइको कमीसमेत रहेको डा. कार्की औंल्याउँछिन् ।

हरेक महिना हुने रक्तस्रावले महिलाको पाठेघरलाई शुद्घ बनाउँछ । यसले आन्तरिक झिल्लीसँगै पाठेघरको ससानो संक्रमण पनि सफा गर्छ । महिनावारी हुँदा सामान्यतः ३५ मिलिलिटरदेखि ५० मिलिलिटरसम्म रगत निस्किन्छ । तर कसैकसैलाई योभन्दा बढी वा कम रक्तस्राव हुन सक्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कसरी बढ्छ यौन इच्छा
Next article यसरि हुन्छ फुड पोइजनिङ

Health Today Nepal

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

पाठेघर झर्ने समस्या

पाठेघर झर्ने समस्या

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134335
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web