• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

महिनावारीमा स्वच्छताप्रति गम्भीर नहुँदा बाँझोपन

December 18th, 2017 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
महिनावारीमा स्वच्छताप्रति गम्भीर नहुँदा बाँझोपन

सन्ध्या केसी,

तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, रजस्वलामा गडबडी हुनेजस्ता समस्या लिएर चिकित्सककहाँ पुग्ने महिलामध्ये करिब एक तिहाइलाई महिनाबारीका बेला सरसफाइमा लापरबाही गर्दा यस्तो भएको हुन्छ । महिनावारीका समयमा स्वच्छताप्रति गम्भीर नहुँदा गुप्तांगको बाहिरी सतहमात्र नभई मूत्रमार्ग र प्रजननमार्गमा विभिन्न संक्रमण, बाँझोपन, गर्भाशय बाहिर गर्भ बस्नेजस्ता जटिलता देखिनुका साथै क्यान्सरसम्म हुन सक्छ । महिनावारीमा स्वच्छताको अभावले हुने स्वास्थ्य समस्यालाई लिएर हाम्रो मुलुकमा हालसम्म कुनै महत्वपूर्ण अध्ययन नभए पनि यसको मारमा पर्नेहरूको संख्या उल्लेख्य छ ।

‘तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, रजस्वलामा गडबडीजस्ता समस्या लिएर मकहाँ आउनेमध्ये करिब एक तिहाइलाई यो समस्या महिनावारीको समय राम्ररी सरसफाइ नगर्दा हुने गरेको देखिएको छ,’ वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्राडा चन्दा कार्की भन्छिन्, ‘महिनावारीमा सरसफाइको अभावले क्यान्सरसहित विभिन्न शारीरिक समस्या हुन सक्छ ।’ उनका अनुसार, नेपालका गाउँघरमा करिब ७० प्रतिशतसम्म महिलालाई महिनावारीसम्बन्धी स्वच्छताबारे ज्ञान छैन । सहरमा पनि आमाबुवा, आफन्तले भन्दा युवतीहरू आफैंले यताउता पढेर यसबारे जानकारी प्राप्त गर्ने गर्छन् ।

खानेपानी तथा सरसफाइ समन्वय परिषद्का राष्ट्रिय संयोजक गुणराज श्रेष्ठको अनुभवअनुसार, महिनावारी जैविक र प्राकृतिक प्रक्रिया हो र यो भएका बेला त्यस्तै सावधानी आवश्यक हुन्छ भन्ने जानकारी निकै कम जनसंख्यामा छ । महिनावारीमा बहुसंख्यक जनसंख्यामा उचित वैज्ञानिक सरसफाइ र स्वच्छताको अभावसमेत देखिएको छ । रजस्वलाका बेला उपयुक्त सरसफाइको अभाव हुँदा धेरैजसो महिलामा पिसाबसम्बन्धी संक्रमण हुने गरेको छ । महिनावारीमा उचित सरसफाइ नभएर मुलुकको ठूलो जनसंख्या प्रभावित भइरहे पनि यो उपेक्षित विषयकै रूपमा छ ।

‘नेपालको पछिल्लो जनगणनाअनुसार, करिब एक करोड ४३ लाख १० हजार महिलामध्ये कम्तीमा ६० प्रतिशत महिनामा एक पटक महिनावारी हुने गरेका छन्,’ डा. कार्की भन्छिन् ।

महिनावारीको बेला बग्ने रगत रोक्न उपयोग गरिने वस्तुको स्वच्छतामा विशेष ध्यान दिनुपर्छ । सरसफाइमा असावधानीका कारण संक्रमण हुन्छ र यो गुप्तांगमा कुनै प्रकारको घाउ, पीडा, दुर्गन्धित पानी, चिलाइजस्ता थुप्रै रूपमा हुन सक्ने औंल्याउँदै डा. कार्की भन्छिन्, ‘यही कारणले योनीबाट असामान्य स्राव हुन थाल्छ र तल्लो पेट, कमर आदि दुख्न थाल्छ ।’

महिनावारीका बेला चार दिनमा मात्रै होइन कि दिनहुँ नुहाउनुपर्छ । नुहाउँदा गुप्तांगसमेत राम्ररी धुनुपर्छ । डा. कार्कीको सुझाव छ, ‘महिनावारी भएका बेला झन् धेरै नुहाउने गर्नुपर्छ ।’ महिनावारीका समयमा स्वच्छतामा ख्याल नगरे प्रजनन मार्गको संक्रमण (रिप्रोडक्टिभ ट्रयाक इन्फेक्सन) को जोखिम बढ्छ । हाम्रो मुलुकमा प्रजनन मार्गको संक्रमण बढी फैलिनुको मुख्य कारणमध्ये एउटा महिनावारीको समयमा सरसफाइको कमीसमेत रहेको डा. कार्की औंल्याउँछिन् ।

हरेक महिना हुने रक्तस्रावले महिलाको पाठेघरलाई शुद्घ बनाउँछ । यसले आन्तरिक झिल्लीसँगै पाठेघरको ससानो संक्रमण पनि सफा गर्छ । महिनावारी हुँदा सामान्यतः ३५ मिलिलिटरदेखि ५० मिलिलिटरसम्म रगत निस्किन्छ । तर कसैकसैलाई योभन्दा बढी वा कम रक्तस्राव हुन सक्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यसरि हुन्छ फुड पोइजनिङ
Next article कसरी बढ्छ यौन इच्छा

Health Today Nepal

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

पाठेघर झर्ने समस्या

पाठेघर झर्ने समस्या

Leave a Reply Cancel reply

Timeline
Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131637
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web