• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 8th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विरामीको ढाड सेक्ने यी अस्पताललाई मुद्दा

December 20th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विरामीको ढाड सेक्ने यी अस्पताललाई  मुद्दा

हेल्थ टुडे

काठमाडौं, ५ पुष : विरामीको ढाड सेक्ने गरि चर्को शुल्क असुल्ने निजी अस्पताललाई मुद्दा चलाइने भएको छ । सरकारले अनुगनका क्रममा नियम विपरित विभिन्न सेवाका बहानामा चर्को शुल्क लिइरहेका ती अस्पताललाई मुद्दा दायर गर्न लागेको हो । चर्को शुल्क असुलेको पाएपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले मुद्दा दायर गर्ने तयारी गरेको छ । विभागले केही दिन पहिले  डा. अशोक बास्कोटा र डा. जगदिशलाल बैद्य प्रमुख रहेको वि एण्ड वि, डा. चक्रराज पाण्डे निर्देशक रहेको ग्राण्डी इन्टरनेशनल हस्पिटल, डा. उपेन्द्र देवकोटा प्रमुख रहेको न्यूरो हस्पिटल, रवि चौधरी प्रमुख रहेको बयोधा हस्पिटल र वसन्त चौधरीको लगानीमा सञ्चालित नर्भिक हस्पिटलमा चर्को शुल्क लिएको पाएको थियो ।

विभागले अनुगमनका क्रममा नियम बिपरित चर्को शुल्क असुलिरहेका यिनी अस्पतालहरु विरुद्घ मुद्दा दायर गर्न लागेको विभागका महानिर्देशक कुमार दाहालले बताए । यी अस्पतालहरुलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न मुद्दा दायर गर्न लागिएको उनले बताए । सरकारी वकिलसँग राय लिने काम भइरहेको बताउँदै जनताको ढाड सेक्ने अस्पतालहरुलाई त्यतिकै नछोडिने उनले दाबी गरे । यी अस्पताल विरुद्घ  कालो बजारी तथा समाजिक अपराध सजाय ऐन २०३२ र उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार मुद्दा दायर गर्ने तयारी बिभागको छ । अध्ययन अनुसार यी ५ वटा अस्पतालले बर्षमा २ अर्व ५० करोड भन्दा बढी ठगिगरेको पाइएको दाहालले बताए । अस्पताल सञ्चालकहरुले स्पष्ठ जवाफ दिन नचाहेकाले उनीहरु विरुद्घ मुद्दा दायर हुन लागेको छ । आफूलाई अन्तराष्टिय अस्पताल भन्ने ग्राण्डीले नर्सिङ सेवा भन्दै दोब्बर शुल्क लिने गरिएको पाइएको छ भने १० प्रतिसत निशुल्क शैया समेत कार्यन्वयनमा ल्याएको छैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article    महामारी सम्बन्धि राष्ट्रिय सम्मेलन
Next article यी हुन एक वर्षमा २ अर्ब ५० करोड ठग्ने अस्पताल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web