• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

स्वास्थ्य क्षेत्र र औषधिको अन्तरसम्बन्ध

December 20th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य क्षेत्र र औषधिको अन्तरसम्बन्ध

राजन राउत

नेपालमा विगत दुईदेखि तीन दशकको अवधिमा निकै ठूला उथलपुथलहरू हुँदै युगान्तकारी परिवर्तनहरू भएका छन् । यी उथलपुथलहरू अद्यावधिक अवस्थामा पनि सौम्य तवरले साम्य हुन सकेको छैन । यी विषम परिस्थितिको कालखण्डमा पनि हाम्रो मुलुक घस्रँदै गए पनि अघि बढि नै रहेको देख्दा सन्तोष नै मान्नुपर्दछ । यो अन्तरालमा स्वास्थ्य क्षेत्रले निकै ठूलो फड्को मारेको छ । स्वास्थ्यको सूचकांकमा उल्लेख्य सुधार भएको छ तथापि यी सुधारको प्रतिफल समानुपातिक र सन्तुलित तवरले सबै भौगोलिक क्षेत्रमा अनुभूति गर्न सकिएको छैन । अहिले मुलुकमा साधारण स्वास्थ्यसेवादेखि विशिष्ट विशेषज्ञ सेवा प्रदान गर्ने स्वास्थ्य निकाय र विशिष्ट विशेषज्ञ जनशक्ति र तिनलाई सहयोग गर्ने चिकित्साकर्मी उपलव्ध छन् र सेवा पु¥याइरहेका छन् । साधारणदेखि विशिष्ट विशेषज्ञसेवा पु¥याउने जनशक्ति उत्पादन गर्ने प्राज्ञिक क्रियाकलाप पनि मुलुकमा उपलव्ध हुनु हामी सबैको लागि गर्वको विषय हो । त्यसो त यी जनशक्तिमध्ये कतिपय वृत्ति विकास र उचित अवसरको खोजीमा पलायन पनि भएका छन् ।

उपलब्ध स्वास्थ्य सेवाको लेखाजोखा गर्दा साधारण चिकित्सा सेवादेखि अत्यन्त जटिल क्यान्सरलगायतका दुःसाध्य रोग, अंग प्रत्यारोपण र त्यस्तै जटिल शल्यक्रियाका सेवा र त्यसलाई सहयोग गर्ने प्रयोगशाला, अत्याधुनिक इमेजिङ र पेट स्क्यान सेवा उपलव्ध छन् । मुलुकमा व्याप्त रोगको विवेचना गर्दा संक्रमक, कुपोषणलगायत जीवनशैली सम्बन्धित रोग अर्बुदरोग, दुर्घटनाजन्य र वंशाणुजन्य रोगहरू देखिन्छ । यी रोगको लागि उपचार गर्न साधारण रुघाखोकी, श्वासप्रश्वासदेखि जटिल ओखती, जैविक प्रविधि जन्य र रेडियोधर्मी समेत आवश्यक पर्दछ । यसर्थ कतिपय औषधि छिमेकी मुलुक वा यसमध्ये कतिपय औषधि स्वदेशमा उत्पादन गर्न सकिन्छ । राष्ट्रिय स्वास्थ्य नीतिमा औषधिमा क्रमशः आत्मनिर्भर हँुदै जाने नीति सरकारले अख्तियार गरेको छ । विगत २५, ३० वर्षमा औषधि उत्पादनमा हाम्रो मुलुकले पनि उल्लेख्य प्रगति गरेको छ । सरकारले स्वदेशमा रहेका औषधि उद्योगलाई प्रोत्साहन गर्नुपर्दछ । हामी आत्मनिर्भरतर्फ उन्मुख हुनुपर्दछ । यसमा कसैको पनि दुई मत हुँदैन । औषधि खाद्यपदार्थ अन्य उपभोग्य सामग्रीभन्दा संवेदनशील वस्तु हुन् । यी औषधिको संवेदनशीलतालाई सबैले आत्मसात् गर्नुपर्ने नै हुन्छ । औषधिको संवेदनशीलता औषधि ऐन २०३५ को प्रस्तावनामा छर्लंग प्रतिविम्बित भएको छ । औषधि जनसुरक्षित असरयुक्त र गुणकारी हुनुका साथै सरल र सुलभ रूपमा उपलव्ध हुनुपर्दछ ।

स्वास्थ्य सेवा र औषधि एकअर्काका अन्योन्याश्रित परिपूरक हुन् । अहिले औषधिको विषयले निकै चर्चा पाएको छ साथै तातो बहसको विषय पनि बनेको छ ।औषधि आयातकर्ता एकथरी केवल आयात गर्ने र अर्काथरी आयात गर्नुका साथै बजार प्रवद्र्धन गर्ने मार्केट अथोराइजेसन होल्डरछन् । पहिलो थरीका आयातकर्ताले औषधि आयात र वितरण कार्य गर्दछन् र बजार प्रवद्र्धन कार्य सम्बन्धित कम्पनीकै जिम्मेवारी रहन्छ । अर्कोथरी आयातकर्ताले आयात, बजार, प्रवद्र्धनका साथै वितरणका जिम्मेवारी लिएका हुन्छन् । यी दुई थरीका आयातकर्ताको जिम्मेवारी फरकफरक भएकोले कमिसन पनि फरकफरक भएको पाइन्छ । यस्तो अवस्थामा के कति कमिसन कुन प्रकारका आयातकर्ताले पाउनुपर्ने हो । बजार प्रवद्र्धन खर्चको सीमा कति हुनुपर्ने हो यसको सीमा निर्धारण गरेको कतै पनि पाइँदैन । बजार प्रवद्र्धन खर्चको सीमा आयातकर्ता र स्वदेशी उत्पादकको हकमा निर्धारण गरेको अवस्थामा औषधिको मूल्य नियमन अनुगमन सहज र केही पारदर्शी हुन्छ । आयातकर्ताले प्रचलित नियमानुसार अधिकतम मूल्य उल्लेख गरी सम्बन्धित निकाय औषधि व्यवस्था विभागबाट पैठारी सिफारिस पत्र बमोजिम आयात गर्ने र आवधिक रूपमा नियमानुसार नवीकरण गर्नु पर्दछ ।

स्वदेशी औषधि उत्पादनको हकमा कम्पनीले नियामक निकायबाट औषधि उत्पादन अनुज्ञापत्र बजार अनुमतिपत्र प्राप्त गरे पश्चात् बजार प्रवद्र्धन गर्न पाउँछन् । यी उत्पादकले नियामक निकाय औषधि व्यवस्था विभागबाट कच्चा पदार्थको लागि सिफारिस प्राप्त गर्नुपर्दछ । यस्ता सक्रिय तत्वको पैठारी सिफारिसका लागि सक्रिय तत्वका उत्पादक, आपूर्तिकर्ताको विवरण खुलाउनु पर्ने प्रावधान छैन । अन्य प्राइमरी र सेकेन्डरी प्याकेजिङ पनि आयात गर्नुपर्ने अवस्था छ । मुलुकभित्र सक्रिय तत्व, साधक पदार्थ, प्याकेजिङ सामग्री उत्पादन गर्ने उधारो सहायक उद्योगको अभावमा स्वदेशी उत्पादकले विदेशबाट नै आयात गर्नुपर्ने वाध्यता छ । तसर्थ सहायक उद्योगको स्थापना र विकास गर्ने सम्बद्ध सवैले यसतर्फ ध्यान दिनु आवश्यक छ । औषधिको गुणस्तर असर र प्रभावकारिता जाँच गर्न अनुसन्धाता वा अन्वेषण  कम्पनीबाट उत्पादित कम्पारेटरसँग तुलनात्मक विश्लेषण गर्ने र त्यसको प्रतिवेदन सार्वजनिक गर्दा प्रेस्क्राइवर, उपभोक्ताको विश्वास लिन सहज हुन्छ । हामीकहाँ यो प्रावधान छैन । यस्तो तुलनात्मक अध्ययन आयातित र स्वदेशमा उत्पादित सवै जेनेरिक वा बायोसिभिल औषधिको हकमा लागू गर्दा बजारमा उपलब्ध औषधिप्रतिको विश्वसनियता अक्षुष्ण रहन्छ । यदाकदा औषधिको गम्भीर प्रतिकूल असर  वा कुप्रभाव  हुन सक्छ वा बजारमा उपलव्ध औषधिमा कैफियत देखिन सक्छ । यस्ता अवाञ्छित असर वा कैफियतको विश्लेषण अनुसन्धान गर्न सक्रिय तत्व वा साधक पदार्थको स्रोतसम्मको अध्ययन गर्नुपर्ने हुन्छ । यसर्थ कम्पनीले ड्रग मास्टर फाइलसहित तत्वबाट मात्र औषधि उत्पादन गर्नु पूर्ण विश्वसनीय हुन्छ । हामीकहाँ यी अत्यावश्यक प्रावधानको व्यवस्था छैन ।

हामीकहाँ औषधि बजार प्रवद्र्धनको लागि मापदण्ड वा आचारसंहिताको तर्जुमा र त्यसलाई अवलम्बन गरिएको अवस्था छैन । यसले गर्दा एन्टिबायोटिक औषधिको आवश्यकता नभएको खण्डमा समेत विक्री गर्न आकर्षण गर्ने देखिएको छ । फलस्वरूप एन्टिबायोटिक रेजिस्टेन्स अप्रत्याशित रूपले बढी भएको देखिन्छ । यस्ता अवाञ्छित कार्यलाई दुरुत्साहित गर्न संहिता तर्जुमा गरी लागू गर्नु अत्यावश्यक छ । आयातित वा आन्तरिक उत्पादनका औषधिको मूल्यमा पारदर्शिता र वैज्ञानिक आधार तय गर्नु आवश्यक छ । औषधिको अनुसन्धान र विकासमा निश्चित अंश लगानी गर्ने प्रावधानसहित त्यस्ता अनुसन्धान र विकासको प्रगति र विवरण नियामक निकायलाई जानकारी गराउने व्यवस्था स्वागतयोग्य हुन्छ । यस्ता अनुसन्धान विकास कार्यमा प्राज्ञिक संस्थासँगको सहकार्य बढी फलदायी हुन्छ ।

औषधिको मूल्य निर्धारण गर्दा सवै तह जस्तै वितरक, थोक बिक्रेता, खुद्रा बिक्रेताको कमिसन वा मुनाफा निर्धारण गर्नु, बजार प्रवद्र्धनको खर्चको सीमा निर्धारण गर्नु सान्दर्भिक हुन्छ । बजार अध्ययनको सिलसिलामा स्वदेशी औषधि उद्योगको खास फ्याक्टरी मूल्य र अधिकतम उपभोग खुद्रा मूल्यबीच ९०० प्रतिसतसम्मको अन्तर पाइएको छ । औषधि उत्पादकले आफ्नो उत्पादन टेन्डर, कोटेसनमा प्रतिस्पर्धा ऐनको बर्खिलाफ लागतभन्दा पनि न्यून मूल्यमा उपलब्ध गराउने र सोही उत्पादनहरू खुला बजारमा कैयौं गुणा बढी मूल्यमा बिक्री वितरण गरेको पाइन्छ । यसतर्फ नियामक निकायहरू मूकदर्शक बनेको देखिन्छ ।

बिरामीलाई औषधि विभिन्न बनोटमा रोगको अवस्थाअनुसार सेवन गराउनुपर्ने हुन्छ । एउटै औषधि विभिन्न खुराक बनोट ट्याब्लेट वा झोल सामान्य ज्वरो वा दुखाइमा सेवन गराइन्छ भने अत्यधिक ज्वरोमा इन्जेक्सन प्रयोग गरिन्छ भने लामो अवधिको शल्यक्रियामा पारासिटामोलको इन्फ्युजनको प्रयोग गरिन्छ । थप उदाहरण साल्बुलामोल सामान्य श्वासप्रश्वास समस्याको ट्याब्लेटको सेवन गरिन्छ भने समस्याले च्याप्दै गएको इनह्यालर प्रयोग गर्नुपर्ने हुन्छ । यसर्थ रोगको अवस्था र गाम्भीर्यता अनुरूप सबै बनोटका औषधि उपलव्ध हुँदा उपचार सहज हुन्छ । यसतर्फ सवैको हेक्का हुनु आवश्यक छ ।

औषधि उत्पादनको बहस हुँदा बंगलादेशको प्रसंग हामीमाझ निकै चर्चा गरिने भएकोले यसतर्फ पनि चियोचर्चा गर्नु सान्दर्भिक नै हुनेछ । बंगलादेशको इतिहास दृष्टिगत गर्दा यो बेलायती साम्राज्यको भारतमा पूर्वबंगाल थियो । सन् १९७२ मा बंगलादेशको उदय भयो । यसै सेरोफेरोमा हेर्ने हो भने बंगलादेशमा औषधि उद्योगको पूर्वाधार बहुराष्ट्रिय कम्पनीले स्थापना गरेको पाइन्छ र आवश्यक प्राविधिक क्षमता र दक्ष जनशक्ति पनि उपलव्ध थियो । कालान्तरमा अझ खासगरी सन् १९८० पछि ख्यातिप्राप्त बहुराष्ट्रिय कम्पनीहरू आफ्ना अशक्त पूर्वाधारलाई स्थानीय माझ विलय गर्दै पलायन भएको पाइन्छ । बंगलादेशले डब्लूटिओ को प्रावधानअन्तर्गत प्रविधि हस्तान्तरण प्रक्रियालाई तीव्रता दिँदै आफ्नो पूर्वाधार र प्राविधिक क्षमताको दु्रत विकास गर्न सफल भएको छ । मलिकुलर र वायोटेक्नोलोजी  लगायत जटिल प्रविधिका औषधि उत्पादन गर्न सक्षम भएको छ । बंगलादेशका औषधि उद्योगहरू विकसित मुलुकका नियामक निकायबाट निरीक्षण भई पश्चिम युरोपलगायतका मुलुकमा आफ्ना उत्पादन निर्यात गर्न सक्षम भएका छन् ।

बंगलादेशमा सहायक उद्योग समेत फष्टाएका छन् । यस्तै उदाहरणबाट भएका कम्बोडिया, थाइल्यान्ड, भियतनामबाट पनि पाठ सिक्दै सबल पूर्वाधार र प्राविधिक क्षमताको विकासका साथै सहायक उद्योगलाई प्रश्रय दिँदै अघि बढ्नु पर्दछ । हामी सधैं परनिर्भर रहनु हुँदैन । हाम्रा पाइलाहरू आत्मनिर्भरतातर्फ उन्मुख हुनुपर्दछ । त्यसका लागि हाम्रा पाइला ठोस र सशक्त हुनै पर्दछ । हाम्रा नीति र कार्यक्रमहरू आमउपभोक्ताको हकहितको संरक्षण र संवद्र्धनका लागि पहल र पैरवी गर्नु सबै अगुवा वुद्धिजीवीको दायित्व हो । आ–आफ्ना निहित स्वार्थलाई तिलाञ्जली दिएर सम्बद्ध निकाय स्वास्थ्य मन्त्रालय, उद्योग मन्त्रालय, अर्थ मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा मन्त्रालय, प्राज्ञिक संस्थाहरूको सक्रिय सहभागिता र सहकार्यको माध्यमबाट सापेक्षित प्रतिफल सम्भव छ । ( राउत औषधि विज्ञ हुन । )

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यी हुन बाहिर देखिने र नदेखिने यौनकर्मी  
Next article यौनकर्मीका सम्पर्क स्थान 

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131548
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

10
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web