• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

पैसाकालागि कण्डम बिनै यौन सम्पर्क

December 21st, 2017 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पैसाकालागि कण्डम बिनै यौन सम्पर्क

सन्ध्या केसी

कुनैबेला दैनिक हजारदेखि १० हजारसम्म कमाउने कमला यतिखेर रक्सीको सहारामा बाँचेकी छिन् । उमेरले ४० पुगेकी कमलाका अगाडि जीवनको कुनै आशा बाँकी छैन । तनावमा डुबेकी कमलालाई डाक्टरले डिप्रेसनको सल्लाह दिएका छन् ।  राजधानी र अन्य सहरका अधिकांश यौनकर्मीहरू ३०, ३५ उमेर कटेपछि यस्तै समस्यामा परिरहेका छन् । जवानी छउन्जेल भने जति पैसा पाउने यौनकर्मीको मोल उमेर ढल्कँदै गएपछि ओरालो लाग्न थाल्छ र उनीहरूमा सुरु हुन्छ डिप्रेसन ।

राजधानीमा मात्र अहिले कम्तीमा पनि ५० हजार यौनकर्मी रहेको अध्ययनले देखाएको छ । उनीहरूमध्ये ३५ काटेका यौनकर्मीमध्ये आधाभन्दा बढीमा डिप्रेसनको समस्या रहेको यौनकर्मीहरूको क्षमता अभिवृद्धिलगायतका काममा कार्यरत संस्थाहरूको दाबी छ । अधिकांश यौनकर्मी २५ वर्षसम्मको उमेरसम्म मोटो रकम कमाउँछन् तर जुन बाटोबाट आउँछ ठीक त्यसैगरी खर्च गर्छन् । ‘माहोल नै यस्तो हुन्छ कि जवानी ढलेपछि कमाइ घट्ने भन्ने हेक्का नै हुँदैन, कमलाले भनिन् ।

खासगरी उमेरको चढावसँगै उनीहरूको ठाउँमा कम उमेरका महिलाहरू भित्रिने, पहिलाजस्तो आम्दानी नहुने र सजिलो पैसामा बाँच्ने बानी विकास भएको हुँदा जीवनप्रति निराशा बढन गएर रक्सी र केहीले लागूऔषधको समेत सहारा लिने गरेको उनीहरू बताउँछन् । यौनकर्मी महिलाको क्षमता अभिवृद्धिलगायतमा कार्यरत यौनकर्मी महिलाहरूको संस्था जागृति महिला महासंघकी कार्यक्रम निर्देशक  विजया ढकालका अनुसार, अहिले ठूलो संख्यामा यौनकर्मी डिप्रेसनको सिकार भएका छन् । चिकित्सकहरूका अनुसार यौन पेसामा लाग्ने महिलाहरूमा उमेर ढल्किँदै गएपछि निद्रा नलाग्ने, एकान्तमा बस्न मन पराउने, नसालु पदार्थ सेवन गरेर लठ्ठ पर्नेजस्ता लक्षण देखिने गर्छन् । यो तनावले गर्दा उमेर ढल्कँदै गएका यौनकर्मी महिलाले ग्राहक नपाउने र पैसाका लागि बिना कन्डम पनि यौनसम्पर्क राख्न बाध्य हुनुपर्ने हुँदा एचआईभीको बढी जोखिममा पर्ने सम्भावनासमेत हुन्छ ।

ग्राहकले बिनाकण्डम यौनसम्पर्क राख्न दिएमात्र पैसा तिर्ने सर्त राख्ने भएकोले उनीहरू पेटका लागि बाध्य हुने गरेको जागृति महिला महासंघकी कार्यक्रम अधिकृत शान्ति तिवारी बताउँछिन् । विडम्बनाको कुरा, सुरक्षित यौनका क्षेत्रमा बग्रेल्ती संस्थाहरूले कुरा गरे पनि नियतिले ठगिएका यौनकर्मीहरूका यी समस्याका बारेमा उनीहरू केही संस्थाहरूबाहेक अरू कसैले चासो लिएका छैनन् ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अस्पतालमा कस्को जिम्मेवारी के ?
Next article स्तनपात गराउने सही तरिका

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133830
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

133
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

117
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web