• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

यसरी खोलिन डा. लोचनाले जेरियाट्रिक होस्टेल

December 22nd, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरी खोलिन डा. लोचनाले जेरियाट्रिक होस्टेल

सन्ध्या केसी

डा.लोचना श्रेष्ठ काठमाडौंको नगलमा जन्मिइन् । कन्या स्कुलबाट एसएलसी पास गरिन् । पढाइमा सधैं अब्बल रहिन् । पढाइमा उनको निकै रोस हुन्थ्यो त्यो अहिले पनि टुटेको छैन । कक्षामा सधैं प्रथम हुन्थिन् । अमृत साइन्स क्याम्पसबाट आईएस्सी पास गरिन् । आईएस्सीमा पनि उत्कृष्ट नतिजा ल्याएपछि उनलाई सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्न बंगलादेश जाने अवसर मिल्यो । लोचनालाई पनि डाक्टर बन्ने सानैदेखिको चाहना थियो । आफ्नो मेहनतले त्यो चाहना पूरा भएपछि उनी खुसी भइन् । एमबीबीएस पढ्न बंगलादेश पुगिन् । चटगाउँ मेडिकल कलेजबाट उनले डाक्टरी सकिन् । एमबीबीएस सकेपछि स्वदेश फर्किइन् । उनको विवाह भयो डा.सुनील श्रेष्ठसँग । लोचनालाई स्त्री रोग विशेषज्ञ हुने मन थियो । तर प्राविधिक कारणले सम्भव भएन । उनका पति डा. सुनील सर्जन थिए । त्यसपछि उनले कम्युनिटी मेडिसिनमा एमडी गर्ने योजना बनाइन् । तर त्यतिबेला उनको आठ महिनाको बच्चा थियो । परिवारले त्यति सानो बच्चालाई लिएर पढ्नका लागि बाहिर जान मानेन सुरुमा । तर लोचनाले पढाइलाई तिलाञ्जली दिन राजी भइनन् । उनले परिवारलाई मनाइन् ।

पढाइ र बच्चा स्याहार्ने दुवै जिम्मेवारी वहन गर्न सक्ने साहस बोकेर उनी एमडी गर्न गइन् मणिपाल । छात्रवृत्तिमा उनले कस्तुरवा मेडिकल कलेजबाट एमडी सकिन् ।  आठ महिनाको बच्चा हुर्काउँदै एमडी गर्दा उनले कम्ती सास्ती खेप्नु परेन । तर उनको सोचेको कुरा गरेरै छाड्ने बानीले दुवै  एकैसाथ अगाडि बढाउन सफल भइन् ।  सन् १९९९ डेसेम्बरमा मा उनले एमडी सकेर स्वदेश फर्किइन् । घर नपुग्दै उनलाई मणिपाल मेडिकल कलेज पोखरामा अफर आयो । केही वर्ष त्यहाँ काम गरिन् । उनलाई अर्को डिग्री लिने हुटहुटी लागिरह्यो । नभन्दै उनले तीन वर्षपछि छात्रवृत्तिमा अस्टेलियाको युनिभर्सिटी अफ सिड्नीमा मास्टर इन् इन्टरनेसनल पब्लिक हेल्थ (एमआईपीएच) गर्ने अवसर मिल्यो । यो डिग्री लिन पनि लोचनाका लागि सहज थिएन । मणिपालमा एमडी गर्ने बेला आठ महिनाको छोरा सँगै हुर्काउने जिम्मेवारी थियो भने अस्टेलिया पढ्ने बेला सात महिनाको छोरी । परिवारमा सल्लाह भयो । बच्चा छोडेर कसरी जाने ? केही दिन त अल्मलमा परिन् उनी । तर उनले जसरी भए पनि डिग्री लिनु थियो । लोचनालाई उनका पति डा. सुनीलले साथ दिए । उनी सात महिनाको छोरी छोडेर पढाइका लागि अस्टेलिया गइन् । सात महिनाको बच्चालाई छोडेर लामो समयका लागि विदेश जानु कुनै पनि आमाका लागि सहज हँुदैन । डा. लोचना आँखामा आँसुु लिएर त्यहा गइन् । उनले ती दिन स्मरण गर्दै भनिन्, ‘६ महिनासम्म त म पागल नै भएँ ।’  अस्टेलियामा उनले एमआईपीएच थेसिस ज्येष्ठ नागरिकको केयर कसरी गर्न सकिन्छ ? भन्ने विषयमा गरिन् ।

त्यही क्रममा उनले त्यहाँका थुप्रै ज्येष्ठ नागरिक स्याहार केन्द्रको अवलोकन र अध्ययन पनि गर्ने मौका पाइन् । त्यहाँका ज्येष्ठ नागरिक स्याहार केन्द्रबाट प्रभावित भएर उनलाई लाग्यो यस्तै स्वास्थ्य उपचार सेवासहितको ज्येष्ठ नागरिक स्याहार केन्द्र नेपालमा पनि खोल्न पाए कति राम्रो हुन्थ्यो । पढाइ सकेर उनी स्वदेश फर्किन् । उनकी सासू लामो समयसम्म बिरामी पर्नुभयो । छोराबुहारी दुवैजना डाक्टर भएकाले समय दिन दुवैलाई मुस्किल । तर समय मिलाएर दुवैले हेरचाह गरे । चौबीसै घन्टा सासूको सेवा स्याहार गर्नुपर्दा डा.लोचनालाई लाग्यो, ज्येष्ठ नागरिकको केयरमा आफूलाई जस्तै अरू धेरैलाई पनि समयको अभाव भइरहेको होला । यो घटनाले उनलाई ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवासहितको आवासीय गृह स्थापना गर्न मनोबल अगाडि बढ्यो ।  नभन्दै उनले सन् २०१२ को अप्रिलदेखि ललितपुरको सानेपा सत््मार्गमा सुरु गरिन् हेल्थ होम केयर नेपाल ।

 

जहाँ स्वास्थ्य उपचार सहित ज्येष्ठ नागरिकको आवासीय सुविधा उपलब्ध हुन्छ । पाँच वर्षपहिले स्थापना भएको यो हेल्थ होम केयरमा अहिले २० जना ज्येष्ठ नागरिक बसिरहेका छन् । तीमध्ये अधिकांश ७५ वर्ष माथिका छन् । अहिलेसम्म दुई सय जना ज्येष्ठ नागरिकले यहाँबाट हेरचाह पाइसकेका छन् । अहिले हजारौं नेपाली काम, पढाइ वा व्यापारका लागि बिदेसिएका छन् ।  उनीहरूका आमाबुबा नेपालमा छन् । विदेशबाट पैसा पठाइदिएर मात्र आमाबुबाको स्याहार सम्भव छैन । डा.लोचना भन्छिन, ‘उनीहरूलाई स्वास्थ्य उपचारसहितको स्याहार केन्द्रको आवश्यकता छ । त्यही आवश्यकता पूरा गर्न हामीले केल्थ होम केयर सञ्चालन गरेका हौं ।’

केयर होममा ज्येष्ठ नागरिकलाई उनीहरूको घरकै वातावरण बनाएर स्याहार गरिरहेको डा.लोचना बताउँछिन् । उनीहरूका आफन्त बेलाबेलामा भेट्न आइरहन्छन् । यहाँ उनीहरूले आवासीय सुविधासहित डाक्टरसहितको स्वास्थ्य सेवा पाउँछन् । बेलाबेलामा प्रि मेडिकल चेकअफ हुने भएकाले समयमै रोग पहिचान गरी उपचार गर्न सजिलो हुने गरेको डा.श्रेष्ठ बताउँछिन् । यस किसिमको हेल्थ होम केयरलाई विस्तार गर्ने डा.लोचनाको योजना छ । उनी भन्छिन्, ‘काठमाडौंमा मात्र नभएर यस किसिमको हेल्थ केयर होमको आवश्यकता देशका अन्य सहरी क्षेत्रमा पनि छ ।’ अब बनाउन लागेको हेल्थ केयर होम शुल्कसहित र निःशुल्क गरी दुई किसिमका ज्येष्ठ नागरिकले बस्न पाउनेछन् । आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिकको स्याहार पैसाका कारण रोकिने अवस्था नहोस् भन्ने अभिप्रायले सक्नेले तिर्ने र नसक्नेलाई निःशुल्क मोडालिटीमा आवास गृह सञ्चालनमा ल्याउने योजना रहेको डा.सुलोचना सुनाउँछिन् ।

ज्येष्ठ नागरिको स्वास्थ्य उपचारसहित केयर होमको नयाँ अवधारणा नेपालमा विस्तार गरेको भन्दै डा.लोचनालाई जेरियाट्रिक सोसाइटी अफ इन्डियाले हालै फेलोसिप प्रदान गरेको छ । नेपाली सेना मेडिकल कलेजको कम्युनिटी मेडिसिनको विभागीय प्रमुखको जिम्मेवारी सम्हालिरहेकी डा.लोचना भन्छिन्, ‘मैले नेपालमा गरेको सेवाको विश्व समुदायमा परिचित हुन मौका पाएको छु । ज्येष्ठ नागरिकको केयर गर्न पाउँदा म खुसी छु ।’ हरेक परिवारले जेष्ठ नागरिकलाई सम्मान, माया र हेरचाह गर्ने वातावरण बनाउनुपर्ने अभियानलाई अगाडि बढाइरहेकी छिन् । ज्येष्ठ नागरिकप्रति स्नेह र माया नै आफ्नो लागि मेरो एकमात्र प्राथमिकता रहेको अहिलेसम्मको कमाइ र अवार्ड भनेकै यही भएको डा.लोचना बताउँछिन् । उनी भन्छिन्, ‘मेरो बाँकी जीवन पनि ज्येष्ठ नागरिककै हेरचाह र उहाँहरूको अधिकार प्राप्तिका लागि लगाउनेछु ।’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रामेछापमा एन्टिवायोटिक पाउनै छोड्यो !
Next article हाम्रो स्वास्थ्य र मन्दिरमा मदिराको विज्ञापन

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131554
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

10
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web