• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

बच्चा जन्माउने सबभन्दा राम्रो उमेर कुन ?

December 23rd, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बच्चा जन्माउने सबभन्दा राम्रो उमेर कुन ?

डा. नुतन शर्मा,

महिलाको उमेर ३५, ४० नाघेपछि अण्डाहरूको मात्रा कम हुँदै जान्छ । त्यसबाट आउने राम्रो अण्डाहरूको मात्रा पनि स्वतः कमी हुन्छ । यस्तो अवस्थामा बाँझोपनको समस्या बढ्दै जान्छ । ३० वर्षभन्दा कम उमेरको महिला र ३५ वर्षभन्दा बढी उमेरको महिलामा तुलना गर्ने हो भने ३५ वर्षभन्दा बढी उमेर भएका महिलामा बाँझोपनको समस्या १० गुणा बढी हुन्छ ।

पहिला महिलाहरू सक्रिय थिएनन् । उनीहरू घरकै काममा कन्द्रित रहन्थे । बिहे भयो, बच्चा पायो महिलाहरू यसैमा केन्द्रित थिए । त्यसैले बाँझोपनको समस्या पनि कम थियो । आजको समयमा किन बाँझोपनको समस्या छ भने अहिले महिलाहरू पढाइ र आफ्नो ‘करियरमा’ वा व्यवसायमा ध्यान दिन्छन् । जसले गर्दा बिहे ढिलो हुन्छ । मेरो काम छ जागिर छ म बच्चा पछि पाउँछु भन्दाभन्दै एउटा उमेर जान्छ ।

यदि कसैले बेलैमा बिहे गर्छु बच्चा जन्माउँछु भन्यो भने यो समस्या हुँदैन । एउटा महिलाको लागि बच्चा जन्माउन ३५ वर्षभन्दा तलको उमेर हुनैपर्छ बच्चा जन्माउन । ३० वर्ष पुग्दै गर्दा आमा बन्नु सबैभन्दा राम्रो हो । ३५ वर्ष कट्नु राम्रो होइन । अर्को महत्वपूर्ण कारण लामो समयको ‘ग्याप’ । सामान्यतया बिहे भएपछि महिलामा ‘इन्फेक्सनको’ समस्या बढी हुने सम्भावना हुन्छ । यदि कसैको ‘इन्फेक्सनको’ कारणले लामो समयसम्म बच्चा भएन भने यसले पनि बाँझोपन बढाउँदै जान्छ ।बिहे भएपछि पनि चार, पाँच वर्षपछि बच्चा जन्माउँछु भन्ने मान्यतासमेत बढ्दै गएको छ । यो अवधिमा हुने ग्यापको कारणले पनि ‘इन्फेक्सन’ हुन सक्छ ।

अधिकांश दम्पतीलाई सुरक्षित समय के हो असुरक्षित समय के हो थाहा छैन । यस्तो भएपछि गर्भवती बन्छन् अनि गर्भपतन गराउँछन् । गर्भपतन सधैं सुरक्षित हुन्छ भन्ने पनि छैन । कोही क्लिनिकमा जान्छन् कोही कता जान्छन्, कोही लुकाएर गर्छन् । यसरी असुरक्षित गर्भपतन पनि बाँझोपनको एउटा प्रमुख कारण हो । असुरक्षित र गैरकानुनी गर्भपतनले ‘इन्फेक्सन’ गराउँछ । कहिलेकहिले नराम्रो सामग्री प्रयोग गर्दा पाठेघर नै जान सक्छ । त्यसैले असुरक्षित गर्भपतन पनि एउटा महत्वूपर्ण कारण हो । बिहे गरेपछि पनि कसैले कपर्टी राख्छन् आफैं गएर । कसैले तीन महिनाको सुईं लिन्छन् । कति साधन बच्चा पाएपछि प्रयोग गर्ने हो कति साधन बच्चा नपाउँदै प्रयोग गर्ने हो त्यसमा ध्यान दिनुपर्छ । त्यसको जानकारी नभएको कारणले पनि बाँझोपन हुन्छ । गर्भनिरोधक साधनको सही उपयोग एकदमै जरुरी छ ।

बाँझोपनको समाधान के ?

समयमा बिहे गर्ने, समयमा बच्चा जन्माउने हो भने बाँझोपनको समस्या नै हुँदैन । इन्फेक्सनको समयमा नै उपचार गर्नुपर्छ । गर्भनिरोधकका साधन प्रयोग गर्नुभन्दा पहिला चिकित्सकसँग छलफल गर्नुपर्छ । आफूलाई सुहाउने साधनको मात्रै प्रयोग गर्नुपर्छ । बेलाबखत आफ्नो जाँच गर्नुपर्छ । असुरक्षित गर्भ रह्यो भने त्यसलाई सुरक्षित ठाउँमा गएर गर्भपतन गराउनुपर्छ ।

यति सावधानी अपनायो भने बाँझोपनको समस्या ८० प्रतिशतले समाधान हुन्छ । यति गर्दा पनि बाँझोपनको समस्या आयो भने यसको कारण पत्ता लगाउनुपर्छ । ट्युबको कारणले हो कि डिम्बाशयले काम नगरेको हो त्यो पत्ता लगाउनुपर्छ । कहिलेकाहीँ थाइराइड र हर्मोनको कारणले पनि बाँझोपन हुन्छ । यसको उपचार गर्नुपर्छ । यदि ‘डिम्बाशयमा’ अण्डा छैन भने अरू महिलाको डिम्बाशयबाट अण्डा ल्याएर आफ्नै श्रीमान्बाट ‘फर्टिलाइज’ गरेर ‘टेस्टट्युब बेबी’ बनाउन सकिन्छ । ( डा. शर्मा बयोधा हस्पिटलकी बाझोपन विज्ञ हुन । )

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकारले नै औषधिको मूल्य तोक्नुपर्छ 
Next article फेसबुक मार्फत यौन व्यवसाय

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131547
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

10
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web