• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

डा. काफ्ले भन्छन, अरु दिन भ्याईदैन भने जन्मदिनमा त गरौ किड्नी जाँचौ

December 27th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. काफ्ले भन्छन, अरु दिन भ्याईदैन भने जन्मदिनमा त गरौ किड्नी जाँचौ

डा. ऋषिकुमार काफ्ले,

किड्नीले हामीलाई बचाएको हुन्छ । त्यसैले हामीले किड्नी बचाउन जान्नुपर्छ । किड्नी बिग्रिसकेपछि यसको उपचार सहज हुँदैन । कि त प्रत्यारोपण गर्नुपर्छ नभए डाइलासिस गर्नुपर्छ । यी दुवै सजिलो काम होइन । किड्नी बिग्रिसकेपछि उपचारमा जानुभन्दा किड्नी बिग्रिनै नदिने उपाय अपनाउनुपर्छ । प्रत्येक नागरिकले अरू दिन भ्याइँदैन भने पनि आफ्नो जन्मदिनका दिन मिर्गौला परीक्षण गरौं । त्यो महँगो छैन । एक सय ५० रुपैयाँमा जाँच गर्न सकिन्छ । अहिले ९० प्रतिशत नेपालीलाई आफ्नो किड्नीका विषयमा जानकारी छैन । पहिलेको तुलनामा यसको उपचार केही सहज भएको छ । अहिले स्वदेशमै किड्नी प्रत्यारोपण गर्ने सुविधा छ । किड्नीमा समस्या देखियो भने जिन्दगी सकियो भन्थे । धनीमानी बाहेकको पहुँचमा थिएन उपचार सेवा । उपचार महँगो थियो । प्रत्यारोपण त झन् महँगो । तर हामीले हरेस खाएनौं । लागिरह्यौं । अहिले सरकारले डाइलासिस निःशुल्क गर्यो । गरिब जनताको पनि उपचारसम्म पहुँच बढेको छ । तर बिरामीको संख्या भने तीव्र गतिमा बढेको छ । २६ लाख किड्नीका बिरामी छन् । हरेक वर्ष १० हजार नयाँ मिर्गौलाका बिरामी थपिने गरेका छन् ।
सरकारले डाइलासिस निःशुल्क गरिदियो । यतिले मात्र पुग्छ त ? के डाइलासिस गराउनु राम्रो हो ? प्रश्न उब्जेको छ, ‘के हामी अब डायलासिस गरेर मात्र बस्छौं त अब ?’
अब हामीले किड्नी प्रत्यारोपण र डाइलासिसतिर मात्र ध्यान केन्द्रित गर्ने होइन । किड्नी बचाउनतिर लाग्नु आवश्यक छ । सरकारले डायलासिस निःशुल्क दिएकै त छ नि भनेर किड्नी बचाउनतिर नलाग्ने हो भने भविष्यमा यसले भयावह स्थिति ल्याउने निश्चित छ । किड्नीका रोगीको संख्या लाखौं हुन थालेपछि सरकारले निःशुल्क डाइलासिस सेवा उपलब्ध गराउन सक्ला त ? यहाँ पनि शंका छ । सरकारले यसका विषयमा व्यापक जनचेतना विस्तार गर्नु आवश्यक छ । उपचार गराउनुभन्दा रोगै लाग्न नदिने अवस्था सिर्जना गर्नुपर्छ ।
प्रत्येक नागरिकले अरू दिन भ्याइँदैन भने पनि आफ्नो जन्मदिनका दिन किड्नी परीक्षण गरांै । त्यो महँगो छैन । एक सय ५० रुपैयाँमा जाँच गर्न सकिन्छ । अहिले ९० प्रतिशतलाई आफ्नो मिर्गौला कस्तो अवस्थामा छ भन्ने थाहा छैन । किड्नीले तपाईंलाई बचाएको छ । त्यसलाई तपाईंले नै बचाउनु पर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भट्टलाई कोरियामा आउटस्टेन्डिङ पर्फमेन्स अवार्ड
Next article सिटामोल उत्पादन हुने खबरले उपभोक्ता खुशी

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133886
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

142
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

137
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web