• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 23rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जाडो बढे सँगै सप्तरीमा औषधि अभाव

January 11th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जाडो बढे सँगै सप्तरीमा औषधि अभाव

सप्तरी,२७ पुस : सप्तरी जिल्लाका सरकारी स्वास्थ्य संस्थामा औषधि अभावका कारण गरिव तथा विपन्न परिवारका व्यक्ति तथा बिरामी उपचारबाट वञ्चित भएका छन् ।स्थानिय निकायको निर्वाचन पश्चात सरकारी संस्था स्थानीय निकायमा हस्तान्तरण भएको र सम्बन्धित स्थानीय निकायले औषधि खरिद नगर्दा स्वास्थ्य चौकी तथा अस्पतालमा औषधि अभाव भएको गुनासो आएको छ ।

करिब ८० प्रकारका औषधि अस्पताल तथा स्वास्थ्य चौकीबाट वितरण गर्नुपर्ने सरकारी प्रावधान रहे पनि हाल सिटामोल समेत नरहेको बुझिएको छ ।वरदाही स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी रामनारायण मिश्रका अनुसार औषधिको पुरानो मौज्दात सकिएको र हाल थप औषधिको व्यवस्था नभएका कारण सरकारी स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो । उता जिल्ला जनस्वास्थ्य कार्यालयमा पनि औषधि अभाव भएको त्यहाँका कर्मचारीले बताउँदै आएका छन् ।

नौ नगरपालिका र नौ गाउँपालिका रहेको सप्तरी जिल्लाअन्तर्गत राजविराज नगरपालिकाभित्र रहेको सगरमाथा अञ्चल अस्पतालमा समेत औषधि र स्वास्थ्यकर्मीको अभाव रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा दयाशंकरलाल कर्णले बताउनुभयो ।तीन सातादेखि चिसो हावा र शीतलहरका कारण सप्तरीमा निमोनिया, रुघाखोकी, कोल्ड डाइरिया, स्वासप्रश्वास, दमलगायतका बिरामीको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

तर उनीहरुको उपचारका लागि सप्तरीमा औषधि अभाव भएको छ । निःशुल्क औषधि नपाउँदा आर्थिक अभाव भएका व्यक्ति बाहिर गएर औषधि खरिद गर्न पनि कठिन भइरहेको र खरिद गर्न जाँदा खर्चिलो हुने गरेको स्थानीय अजयकुमार भगतले बताउनुभयो ।हाल सप्तरी जिल्लामा अत्यधिक चिसोका कारण आधा दर्जन व्यक्तिले ज्यान गुमाइसकेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भाइरलबाट थप एकको मृत्यु
Next article डा. रुइतले यसरी फेला पारे प्रेमिका ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132237
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web