• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रेडियोग्राफर नँहुदा एक्स–रे मेशिन प्रयोगविहीन

January 14th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रेडियोग्राफर नँहुदा एक्स–रे मेशिन प्रयोगविहीन

बैतडी, ३० पुस : जनशक्तिको अभावमा पाँच महिनादेखि बैतडीको पाटन प्राथमिक स्वास्थ्यकेन्द्रमा रहेको एक्स–रे प्रयोगविहीन अवस्थामा थन्किएको छ ।
प्राथमिक स्वास्थ्यकेन्द्र पाटनमा रहेको एक्स–रे मेसिन सञ्चालन गर्ने जनशक्तिको अभाव हुँदा त्यत्तिकै थन्किएको हो । एक्स–रे मेसिन सञ्चालनमा नआउँदा बिरामी समस्यामा परेका छन् ।

पाटन प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिष्टेन्ट लोकेन्द्र ऐरका अनुसार एक्स–रे मेसिन जडान गरेको दिनदेखि एक दिन पनि सञ्चालनमा आएको छैन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितलाई लक्षित गर्दै एक्स–रे मेसिन आएको भए पनि जनशक्ति नहुँदा त्यत्तिकै थन्किएको हो । उहाँले भन्नुभयो, “एक्स–रे सञ्चालन गर्ने रेडियोग्राफर नहँुदा एक्स–रे मेसिन सञ्चालनमा आउन सकेको छैन, दरबन्दी छैन, अरु तालीमप्राप्त जनशक्ति छैन ।”

उता केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका लागि एक्स–रे पनि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमै थन्किएको छ । एक्स–रे मेसिन आएको पत्र मात्रै प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेको र एक्स–रे अहिलेसम्म पाटनमै थन्किएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिष्टेन्ट मुकेश दयालले जानकारी दिनुभयो । एक्स–रे सञ्चालन गर्ने जनशक्ति मेलौलीमा पनि छैन । उहाँले भन्नुभयो, “भएका एक्स–रे मेसिनसमेत सञ्चालन नआउँदा सामान्य चोटपटक लागेको बिरामीले जिल्ला अस्पताल, उपक्षेत्रीय अस्पताल डडेल्धुरा र सीमावर्ती भारतीय अस्पताल धाउनु परेको छ ।”

स्वास्थ्य बीमा कार्यक्रमले बैतडीको हकमा जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई उपचार सेवा दिने अस्पतालमा सूचीकृत गरेको छ । स्वास्थ्य बीमाअन्तर्गत एक्स–रे सेवासमेत राखिएको छ । तर जनशक्ति अभावमा सेवा शुरु हुन सकेको छैन ।
बैतडीमा विसं २०७३ पुस ७ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article २०% महिला आङखस्ने समस्याबाट ग्रसित
Next article यौनसम्पर्क सुरु गर्ने उमेर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134446
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web