• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 27th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

निद्रा लाग्दैन भने यसो गर्नुहोस्  

February 10th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
निद्रा लाग्दैन भने यसो गर्नुहोस्  

महिमा चौधरी,

तपाईंलाई निद्रा नलाग्ने समस्या छ ? त्यसो हो भने त्यसको गतिलो औषधि हो, स्नान । स्नानले शरीरमा फुर्ति ल्याउनुका साथै निद्रा पार्न सहयोग गर्दछ । यसका लागि मौसमअनुसार नुहाउने पानी भने फरकफरक हुनुपर्छ । गर्मी मौसममा चिसो पानीले नुहाउनु जाती हुन्छ भने जाडो समयमा तातो पानीले नुहाउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । व्यवस्थित जीवनका लागि स्नान नभई नहुने क्रिया हो । तर विविध कारणले धेरै मानिसलाई निद्रा नलाग्ने समस्याले पिरोलेको हुन्छ ।

समयमा निद्रा लाग्न रातिको खाना जति सक्यो छिटो खानुपर्छ । नेपालको अवस्थालाई हेर्ने हो भने साँझ सात बजेसम्म खाना खाइसक्नुपर्छ । रातिको खाना हल्का र सादा खानुपर्छ । स्वास्थ्य जानकारहरूका अनुसार पेट जति हल्का हुन्छ, निद्रा पनि त्यति नै चाँडो लाग्छ । विज्ञहरूका अनुसार रातिको खाना खाने समय र सुत्ने समयबीच तीन घन्टाको दूरी आवश्यक छ । खाना खाएको तीन घन्टापछि सुत्नाले खाना पचिसकेको हुन्छ । यसले गर्दा पाचनक्रियाका अंगहरूले पनि आराम गर्ने मौका पाउँछन् । यो स्वास्थ्यका लागि राम्रो मानिन्छ । भरी पेट खाना खाएमा निद्रा नलाग्न सक्छ । खाना खाने बित्तिकै सुत्यो भने निद्रा लाग्दैन ।

चिकित्सकहरूका अनुसार एक वयस्क र स्वस्थ्य व्यक्तिले कम्तीमा पनि ६ घन्टा सुत्नै पर्छ । निद्रा उमेरअनुसार फरकफरक हुन्छ । बालबालिकाले दिनमा १० घन्टासम्म सुत्नु राम्रो मानिन्छ । बुजु्रकहरूलाई कम निद्रा लाग्छ । उमेर बढ्दै गएपछि निद्रा पनि कम हुँदै जान्छ । यसलाई स्वाभाविक मान्नुपर्छ । निद्राले थाकेको शरीरलाई आराम दिन्छ । निद्रा लागेन भन्दैमा औषधि सेवन गर्नुहुँदैन । निद्रा लाग्ने औषधिले साइड इफेक्ट गर्छ । प्राकृतिक चिकित्सा वा योगाले निद्रा लाग्नमा सहयोग गर्छ । आत्मविश्वास, दृढ इच्छाशक्ति र सकारात्मक सोचले निद्रा लाग्नमा मद्दत गर्दछ ।  सुत्ने समय सकभर एउटै बनाउनु उत्तम हुन्छ । हरेक दिन फरकफरक समयमा सुत्ने बानीले निद्रा लाग्दैन । मनतातो पानी वा दूधमा एक चम्चा मह घोलेर खानाले पनि मीठो निद्रा लगाउँछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दूध यसरी बन्दैछ अमृतवाट विष
Next article डा. प्रविण मिश्र, रिटायर्ड बट नट टायर्ड 

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132252
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web