• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. पुष्पाको मिलेमतोमा डा. पन्तको पुनर्वहाली पत्र गायव

February 11th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. पुष्पाको मिलेमतोमा डा. पन्तको पुनर्वहाली पत्र गायव

हेल्थ टुडे

काठमाडौ, २८ माघ :  स्वास्थ्य मन्त्रालयमा चिठ्ठी लुकाउन माहिर कहलाइएकी स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले आईतबार डा.राजेन्द्र पन्तलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा पुनर्वहाली गर्ने गरि तयार पारिएको चिठ्ठी गायव गराएकी छन् । उनले प्रशासन साखाका अधिकृतलाई चिठ्ठी लिएर फरार हुन सल्लाह दिए पछि आईतबार डा.पन्तले पुनर्वहालीको चिठ्ठी बुझ्न पाएनन् । स्वास्थ्य मन्त्री दीपक बोहोराले डा. चौधरीकै सल्लाहमा स्वास्थ्य सेवा विभागको महानिर्देशक डा. राजेन्द्र पन्तलाई मन्त्रालय सरुवा गरेर पुष २९ गते डा. तारा पौडेललाई विभागको निमित्त महानिर्देशक नियुक्त गरेका थिए । मन्त्रीको निर्णय कानून बिपरित भएको भन्दै डा. पन्त पुनर्वहालीको माग गर्दै अदादालत गएका थिए । अदालतले मन्त्री बोहोराको निर्णय कार्यन्वयन नगर्न अन्तरिक आदेश दियो । अदालतले १९ गते डा. पन्तका पक्षमा फैसला गरेपछि  उनी अदालतको आदेश बोकेर पुनर्वहादी पत्र माग्दै माघ २१ गते मन्त्रालय गएका थिए ।

डा. पन्तलाई पुनर्वहाली नगरे अदालतको मानहानी हुने डरले मन्त्री बोहोराले फेरि फाइल उठाउन लगाई डा. पन्तलाई पुनर्वहाली गर्ने पत्र तयार पार्न लगाएका थिए । पत्र शुक्रबार नै तयार भइसकेको मन्त्रालय स्रोतले बताएको छ । तर कुनै पनि हालतमा डा.पन्तलाई महानिर्देशकमा पुनर्वहाली हुन नदिने योजनामा रहेकी स्वास्थ्य सचिव डा. चौधरीले उक्त पत्र नदिने प्रपन्च रचेको मन्त्रालय स्रोतको दावी छ । जस अनुसार तयार पारिएको उक्त पत्रको चलानी समेत भइसकेको छ । तर पत्र आईतबारसम्म डा. पन्तलाई दिइएको छैन । डा. पुष्पाकै सल्लाह अनुसार उक्त पत्र प्रशासनका एक जना अधिकृतलाई राख्न लगाएर उनलाई मन्त्रालयबाट फरार बनाइएको छ । आईतबार पुनर्वहाली पत्र लिन मन्त्रालय पुगेका डा. पन्तलाई पत्र नदिएर प्रशासन साखाका अधिकृतसंग भएको भन्दै फर्काइयो । ती कर्मचारीसंग सम्पर्क गर्दा फोन सम्पर्क पनि नभएको डा. पन्तले बताए । दिनमा तिन पटक मन्त्रालय पुग्दा समेत ती अधिकृत नभेटिए पछि डा. पन्तले आईतबार पनि पुनर्वहाली पत्र पाउन सकेका छैनन् । डा. पन्तभन्दा पहिले विभागको निमित्त महानिर्देशक डा. चौधरी थिइन । डा. चौधरीको कार्यसम्पादन फितलो र विवादास्पद् छवीका कारण पुर्व स्वास्थ्य मन्त्री गगन थापाले उनलाई मन्त्रालय सरुवा गरेर डा. पन्तलाई निमित्त महानिर्देशक बनाएका थिए । डा. पुष्पालाई त्यही बदला लिनु पर्ने भएकाले अहिलेको सरुवा र चिठ्ठी लुकाउने काम गरेको मन्त्रालयका एक अधिकारीको दावी छ ।

डा. पुष्पाले यस अगाडि पनि मन्त्रालयमा थुप्रै चिठ्ठी लुकाउन लगाएकी छन् । गत असारमा डा. चौधरीलाई कारवाही गर्न भनी अख्तियारले पठाएको पत्र उनले प्रशासनकै अधिकृतहरुको मिलेमतोमा लुकाउन सफल भएकी थिइन । त्यसैगरि गत पुषको दोश्रो हप्ता अख्तियारले डा. चौधरी सहित कारवाहीका लागि सिफारिस गरेका कर्मचारीलाई कारवाही किन नगरेको भन्ने पत्र पनि उनी लुकाउन सफल भएकी थिइन । पत्र लुकाएकै कारण उनी सधै आर्थिक चलखेलमा मुछिदै आएका स्वास्थ्य मन्त्री दीपक बोहोरालाई आर्थिक प्रभावमा पारेर सचिव बन्न सफल भएकी थिइन । बेलायतका कार्यालय रहेको आईएनजीओ फिगोको संयोजक भएर महिनाको डेढ लाख तलव सहित दोहोरो सुविधा लिएपछि डा.चौधरी बिवादमा तानिएकी थिइन् । अंगिकृत नागरक डा. चौधरीकै असक्षम नेतृत्वका कारण स्वास्थ्य मन्त्रालयमा अराजकता र दण्डहिनता मौलाउन खोजेको स्वास्थ्यका अधिकारी बताउछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article १२ वर्षमै महिनावारी, जमाना बदलियो
Next article डा.पौडेल पनि पुगे अदालतको शरणमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134055
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

127
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

124
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web