• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

कसरी संभव छ सुरक्षित यौन जिवन

February 13th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कसरी संभव छ सुरक्षित यौन जिवन

डा. अञ्जना कार्की,

प्रजनन स्वास्थ्यले व्यक्तिको जीवनभरिको प्रजननसम्बन्धी प्रक्रियाहरूलाई सम्बोधन गर्छ । हरेक व्यक्तिले जिम्मेवारीपूर्ण रूपमा आफूलाई सन्तुष्टि मिल्ने किसिमको सुरक्ष्।ित यौनजीवन यापन गर्न पाउनुपर्छ । उनीहरूले बच्चा पाउने वा नपाउने, कतिवटा र कहिले बच्चा जन्माउने आफैं निर्णय गर्न पाउनुपर्छ । यसको मतलव ती व्यक्तिले परिवार नियोजनका साधनका बारेमा सही सूचना र सेवा, सरल तथा सुलभ किसिमले पाउनुपर्छ । उनीहरूले बच्चा जन्माउन चाहेमा उचित सूचना, सेवा तथा स्याहार पाउनुपर्छ । यी सब प्रजनन अधिकार भित्रका कुराहरू हुन् । स्त्री तथा प्रसूति विशेषज्ञको नाताले मलाई दैनिक रूपमा थुप्रै बालिकाहरू, किशोरीहरू, वयस्क महिलाहरू तथा अधबैंसे र पाका उमेरका महिलाहरूसँग अन्तरसंवाद गर्ने मौका मिल्छ । एउटी बालिका जब किशोरावस्थामा प्रवेश गर्छिन् उनमा शारीरिक, मानसिक तथा संवेगात्माक परिवर्तन आइरहेका हुन्छन् । जसका बारेमा ऊ आफंै अनभिज्ञ हुन्छिन् ।  शरीर र मनमा के भइरहेछ उनी नबुझेर अलमल्ल परिरहेकी हुन्छिन् । शारीरिक परिवर्तनहरू जस्तै उचाइ  बढ्ने, अलिकति मोटाउने, वक्षस्थलको विकास, विभिन्न भागमा रौंहरू उम्रने र महिनावारी सुरु हुन थाल्छ ।

यस अवस्थामा बढी लाज लाग्ने, विपरीत लिंगीप्रति आकर्षण बढ्ने स्वाभाविक कुराहरू हुन् । यस्तो अवस्थामा ती किशोरीले शरीरको स्याहार गर्न सिक्नुपर्छ । उनलाई आमा, सानिमा, फुपू, दिदीहरूका साथै विद्यालयका शिक्षिकाहरूले यी कुराहरू सिकाउनुपर्छ । महिनावारीको समयमा सरसफाइमा ध्यान नपुग्दा विभिन्न संक्रमण हुने सम्भावनासमेत रहने हुनाले सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।अझै पनि महिनावारी हुँदा कति ठाउँमा छाउपडी गोठमा बस्नुपर्छ । अलग्गै खाना खानुपर्छ । पछिल्ला वर्षमा यसको प्रचलन कम हुँदै गइरहेको भए पनि पूरै निर्मूल हुन सकेको छैन । यसले पनि महिलाको प्रजनन स्वास्थ्यमा समस्या खडा गरेको छ ।  पढेलेखेका परिवारमा पनि महिनावारीमा लगाउने प्याड किन्न सहजता छैन । धेरै महिलाहरू अझै पनि घरेलु पुरानो कपडाको प्याड प्रयोग गरिरहेका हुन्छन् । यो एकदम गलत हो । महिनावारीका बेला सफा प्याडको प्रयोग जरुरी छ ।

वयस्क भएपछि महिलाका शारीरिक परिवर्तन तथा चाहनाहरू फरक किसिमका हुँदै जान्छन् । पुरुष साथी बनाउने, यौनक्रियाको थालनी हुनुका साथै विवाह पनि हुन्छ । यसपछि उनीहरूलाई सुरक्षित यौनका लागि चाहिने सूचना तथा सामग्रीहरूको सरल तथा सुलभ पहुँच हुनुपर्छ । कुनै पनि दम्पतीले सल्लाहअनुसार कहिले बच्चा जन्माउने, कतिवटा सन्तान पाउने र कतिको फरकमा सन्तान जन्माउने निर्णय आफैंले लिन पाउनुपर्छ । हाम्रो समाजमा यौनक्रिया तथा सन्तान जन्माउने काम विवाहपछि भन्ने मान्यता छ । परिवार नियोजनका कार्यक्रमहरू प्रायः विवाहितलाई लक्ष्य गरिएका छन् । तर विवाह अघि पनि गर्भ रहेको उदाहरण हामीमाझ छन् । त्यसैले सबैलाई प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना जगाउनु प्रमुख आवश्यकता हो ।

गर्भवती अवस्थाको महिलाले उचित स्याहार पाउनुपर्छ । कुनै दम्पतीले सन्तान जन्माउन चाहेमा उनले गर्भावस्थामा नियमित जाँच गराउने, विशेष सल्लाह, सूचनाका बारेमा ज्ञान हुनुपर्छ र महिलाले उचित सेवा पाउनुपर्छ । यो उनको नैर्सगिक अधिकार पनि हो । यदि महिलाले नचाहेको अवस्थामा गर्भ रहन गएको खण्डमा उनले सुरक्षित, सरल तथा सुलभ किसिमले गर्भपतनको सेवा पाउनुपर्छ । महिनावारी सुकेपछि महिलाले स्वास्थ्यको हेरविचार पनि उत्तिक्कै आवश्यक हुन्छ । महिनावारी सुक्ने समयको आसपासको समयमा महिलाहरूलाई हार्मोनको घटबढ हुन्छ । जसले विभिन्न लक्षणहरू देखा पर्छन् । जीउ तात्ने, पसिना खलखल आउने, निद्रा नपर्ने, यौन चाहनामा कमी आउने, मानसिक तनाव बढने, महिनावारी अघिपछि भई धेरै रगत बग्नेजस्ता समस्या हुन सक्छ । यो समयमा महिलाहरूमा पाठेघरको क्यान्सरको उच्च जोखिम रहन्छ । साथै स्तनको क्यान्सरको पनि उत्तिकै जोखिम हुन्छ ।

बुढेसकालमा प्रजनन स्वास्थ्यमा विचार नपु्याउँदा उच्च रक्तचाप, मधुमेहजस्ता रोगले आक्रमण गर्ने खतरा पनि उत्तिकै रहन्छ । त्यसैले बढ्दो उमेरसँगै प्रजनन स्वास्थ्य र शारीरक, मानसिक अवस्थामा महिला स्वयं नै सचेत भएर नियमित उपचार र परामर्श लिनुपर्छ । प्रजनन स्वास्थ्यमा ध्यान नदिँदा महिलाहरूमा बुढेसकालमा समेत आङ खस्ने समस्या देखिएको पाइएको छ । महिलाहरूले बेलैमा महिला स्वास्थ्य र प्रजनन स्वास्थ्यका बारेमा बुझेर नियमित परामर्श गरेको खण्डमा धेरै समस्याबाट जोगिन सकिन्छ । कतिपय ठाउँमा स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूले नै महिलाहरूलाई प्रजनन स्वास्थ्यका बारेमा त्यति चासो नदिएको पनि पाइन्छ । अस्पतालमा जचाउन लाइन बस्दा, डाक्टरको कोठामा बस्दा अन्य कर्मचारीहरू हुनुदेखि अस्पतालका चेकिङ कक्षमा पुग्दासम्म महिलाले गोपनीयताको महसुस गर्ने अवस्था छैन । उनले लाजका कारण पनि आफूलाई चाहिने सूचना स्वास्थ्यकर्मीसँग माग्न सक्दिनन् भने आफ्ना सबै समस्या खुलेर भन्न सक्ने वातावरण पनि छैन । अझ एउटी अविवाहित केटी आफ्नो यौन जिज्ञासा लिएर अस्पतालसम्म पुग्दा देख्नेहरूको नजरमा उनी गलत साबित हुन्छिन् । के अविवाहितका यौन जिज्ञासा र प्रजनन स्वास्थ्यका सम्बन्धमा जान्न पाउने अधिकार छैन र ? दुईभन्दा बढी बच्चा भएका महिलाहरू उपचारका लागि आएका महिलाहरूलाई स्वास्थ्यकर्मीबाटै कति धेरै बच्चा पाएको, अनि रोग लाग्छ नि भन्ने कुरा पनि सुन्नुपर्छ । यसले महिलाहरूमा डर र असहजता पैदा गर्छ । उनीहरू अस्पताल जान र समस्या भन्न समेत डर मान्ने गरेका छन् । अझ गर्भपतन सेवा लिन आउने महिलाहरूलाई अनैतिक त होइन वा परिवारको इच्छा विपरीत वा दबाबमा हो कि ? भन्ने जस्ता प्रश्नको सामनासमेत गर्नुपर्छ । कतिपय महिलाहरूले आफ्ना बच्चाको संख्या घटाएर भन्ने पनि गरेको पाइन्छ ।

नियमित परामर्श सेवाका जटिलतामा कतिपय अवस्थामा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाको मात्र दोष नभएर महिलाहरू आफैं पनि यस्ता कुरामा सजग छैनन् । उनीहरूले आफ्नो लागि आफंै निर्णय गर्ने बानी बसालिसकेका छैनन् । परिवार नियोजनका साधन कुन चाहिँ प्रयोग गर्ने भनी परामर्श गर्न आएका कति महिलाहरू अन्त्यमा पतिलाई सोध्नुपर्छ भनी पछि आउँछु भनी उठेर जान्छन् । परिवारका सदस्यहरू विशेषगरी सासूले कम्तीमा एउटा सन्तान छोरा पाउनुपर्ने दबाब दिएका घटनाहरू हामी समाजमा सुन्दै आएका छांै । एउटा व्यक्तिको गोपनीयता उसको लागि तथा उसको परिवारका लागि नितान्त महत्वपूर्ण कुराहरू हुन् । यी कुराहरू आफैंलाई परेपछि मात्रै अनुभव गर्न सकिन्छ । हामो समाज सधैं परिवर्तनशील छ । आजको युग इन्टरनेट, मोबाइल, कम्प्युटर आदिको युग हो । धैरै कुराको ज्ञान यसका माध्यमबाट हासिल गर्न सकिन्छ । तथापि यस माध्यमबाट लिइएका सूचनाहरू सधैं सबै सही नहुन सक्छन् । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले बिरामी जाँच्न तथा कुनै किसिमको शल्यक्रिया वा उपचारका विधिहरूसँग सम्बन्धित काम गर्दा सधैं बिरामी वा बिरामीका अभिभावकको मञ्जुरी लिनुपर्ने हुन्छ । तर सबैले यो प्रकिया अपनाएको पाइँदैन । बिरामीका आफन्तजनहरूले अस्पताल तोडफोड गरेको तथा स्वास्थ्यकर्मीहरूलाई कुटपिट गरेका खबरहरू पत्रिकाहरूहरूमा आउने गरेका छन् । ती बिरामी तथा आफन्तजनलाई बिरामी उपचारका क्रममा आउन सक्ने जटिलताहरूका बारेमा विस्तृत रूपमा बुझ्ने गरी चेतना नभएर यस्ता घटना घट्ने गरेको छ ।

नेपालको वर्तमान कानुनअनुसार गर्भपतन गराउन पतिको मञ्जुरी आवश्यक पर्दैन तर कतिपय अवस्थामा महिलाहरूलाई यो कुराको ज्ञान नभएको भेटिन्छ । एउटी अविबाहित किशोरी गर्भवती भएमा उनले गर्भपतन गराउन आधिकारिक स्वास्थ्यसंस्थामा नगएर अनैतिक रूपमा खुलेका गर्भपतन केन्द्रमा जाने गर्छिन् । अविवाहित किशोरीले परिवार नियोजनका साधन किन्न वा स्वास्थ्य संस्थामा माग्न गएमा कतिले गाली गरेर पठाइदिने प्रवृत्तिले यस्तो समस्या निम्ताइरहेको छ । यौन चाहना हरेकमा हुन्छ, चाहे ऊ विवाहित होस् वा अविवाहित त्यसैले प्रजनन स्वास्थ्यका सम्बन्धमा व्यक्तिगत गोपनीयता प्रत्येक स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीले कायम गरिदिएको खण्डमा महिलाहरूमा धेरै हदसम्म सहजता आउने थियो ।

अहिले हाम्रो देशका सरकारी स्वास्थ्य संस्थाहरूमा प्रसूति सेवा निःशुल्क छ । यो सरकारी तवरबाट महिलाहरूको प्रजनन स्वास्थ्यको लागि दिइएको सहुलियत हो । प्रजनन स्वास्थ्य सेवा अहिले महिलाहरूको अधिकारको रूपमा लिइन्छ । जुन सकारात्मक परिवर्तन हो । सेवा उपलब्धमात्र भएर पुग्दैन, त्यो सेवा महिलाको पहँुचमा हुनुप¥यो साथै सुलभ तथा स्तरीय पनि हुनुपरयो । सरकारी स्वास्थ्य संस्थामा चार पटकसम्मको गर्भवती जाँच निःशुल्क छ साथै चार पटक जँचाएका महिलालाई केही रकम पनि दिइन्छ । त्यस्तै गर्भपतन सेवा सरकारी संस्थामा न्यून शुल्कमा देशका थुपै्र ठाउँमा उपलब्ध छ । हाल निःशुल्क सेवाका रूपमा अस्पताल तथा शिविरहरूमा आङ खसेका महिलाको उपचार भइरहेछ । सरर्सती हेर्दा महिलाहरूको प्रजनन स्वस्थ्यको सेवा तथा अधिकारका क्षेत्रमा धेरै काम भएको देखिन्छ । सेवा दिन स्वास्थ्यकर्मीहरू पनि उत्साहित भेटिन्छन् । ज्ञान तथा सीप अभिवृद्धिका लागि उनीहरू उच्च शिक्षा  तथा तालिम लिइरहेका भेटिन्छन् । यसलाई महिलाका अधिकारका रूपमा स्थापित गराई परिवार, समाज, स्वास्थ्यकर्मीका साथै महिला स्वयम्ले पनि अधिकारका रूपमा हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गर्भमा नौ महिना बच्चालाई कसरी हुर्काउने
Next article मुख स्वास्थ्यमा ध्यान नदिदा पेटको समस्या

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web