• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 3rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ४०४ को मिर्गौला प्रत्यारोपण

February 17th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ४०४ को मिर्गौला प्रत्यारोपण

रमेश गिरी,

भक्तपुर, ५ फागुन :  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) भक्तपुरले चार सयभन्दा बढी मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ । शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रमा अहिलेसम्म ४०४ जनालाई सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिए । केन्द्रले विसं २०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण शुरु गरेको हो । यसअघि डा. श्रेष्ठ र प्राडा राकेश वर्माको टोलीले वीर अस्पतालमा ९९ मिर्गौला प्रत्यारोपण गरेको थियो । कार्यकारी निर्देशक डा. श्रेष्ठले भने, “भक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्र सञ्चालन हुनुअघि वीर अस्पतालमा हाम्रै टोलीले ९९ वटा मिर्गौला प्रत्यारोपण गरेको थियो, भक्तपुरमा केन्द्र शुरु भएपछि यही टोलीले ४०४ वटा मिर्गौला प्रत्यारोपण गरेका छौँ, यो टोलीले अहिलेसम्म दुई अस्पतालमा गरेर ५०३ वटा मिर्गौला प्रत्यारोपण गरिसकेका छ ।”  वीर अस्पतालमा चार वर्षमा ९९ मिर्गौला प्रत्यारोपण भएकोमा भक्तपुरको केन्द्रमा चार वर्षमा ४०४ प्रत्यारोपण गर्न सफल भएको जानकारी दिँदै उनले भने, “केन्द्रमा भएको प्रत्यारोपणमा मिर्गौला दातातर्फ शतप्रतिशत र मिर्गौला प्रत्यारोपणतर्फ ९८ प्रतिशत सफलता हासिल गरेका छौँ, यो विश्वकै उत्कृष्ट सफलता हो ।” केन्द्रले २०७४ वैशाखदेखि हालसम्म २५ हजार १०२ बिरामीलाई बहिरङ्ग सेवा, एक हजार ४४९ जना भर्ना, ५६४ जटिल तथा ८६२ सामान्य शल्यक्रिया, २५ हजार ३८६ को डायलोसिस गरेको छ भने १२८ जनाको मिर्गौला तथा एक जनाको कलेजो प्रत्यारोपण गरेको छ । केन्द्र स्थापनादेखि हालसम्म ६७ हजार ३२८ बिरामीलाई बहिरङ्ग सेवा, पाँच हजार ४८९ जना भर्ना, एक हजार ५८८ जनाको जटिल तथा दुई हजार ९४९ जनाको सामान्य शल्यक्रिया गरिएको अस्पतालका नेफ्रोलोजी विभागका प्रमुख परामर्शदाता डा कल्पना श्रेष्ठले जानकारी दिइन । उनले केन्द्रमा हालसम्म एक लाख १२ हजार २६१ को डायलासिस, दुई हजार ४२९ जनाको सिएपिडी, दुई जनाको कलेजो प्रत्यारोपण गर्नाका साथै दुई लाख ८७ हजार ५४० को प्रयोगशाला जाँच, नौ हजार १८० को युएसजी, एक हजार ६०७ को इको, तीन हजार ३१८ को इसिजी, एक हजार ४६४ को इन्डोस्कोपी र ११ हजार ४८१ लाई एक्स–रे सेवा प्रदान गरेको जानकारी दिइन ।

बिरामीको चाप

मिर्गौला प्रत्यारोपणबाहेक युरोलोजी, ग्यास्ट्रो सर्जरी, कार्डियोथेरापी सर्जरीलगायत विभिन्न पत्थरीको शल्यक्रियासमेत सेवा शुरु गरिएपछि बिरामीको चाप निकै बढेको प्रा डा राकेश वर्माले जानकारी दिए । श्यया र भवनको अभावका कारण बिरामीले सेवा लिनका लागि कुर्नुपर्ने समस्या आएको छ ।

डा श्रेष्ठले मिर्गौैला प्रत्यारोपणका लागि अहिले ४०० बिरामीले पालो कुरेर पर्खिरहेको र त्यसभन्दा बढी डायलोसिसका बिरामीले पालो पर्खेर बसेको । सरकारले निःशुल्क डायलोसिस सेवा दिएपछि कतिपय बिरामीले मिर्गौला प्रत्यारोपण नगरी डायलोसिस गरेर मात्रै बसेकाले पनि डायलोसिसमा थप समस्या आएको बताइएको छ ।

कार्यकारी निर्देशक डा श्रेष्ठले भने, “दैनिक १० जनाबाट शुरु भएको डायलोसिस अहिले दैनिक १५० जनासम्म पुग्ने गरेको छ, ३५ वटा मेशिनले काम गरेका छौँ, १२ मेशिन बिग्रिएको छ, ठाउँ अभावले श्यया र मेशिन थप्न नपाउँदा कैयौँ बिरामी पालो पर्खेर बस्नुपरेको छ ।”

छ वर्षदेखि मिर्गौला प्रत्यारोपण नगरी पुराना बिरामीले डायलोसिस मात्रै गर्दा नयाँ बिरामीलाई डायलोसिसलाई ठाउँ पाउन गाह्रो भएको उनको भनाई छ । प्रा डा वर्माले केन्द्रमा अहिले सातामा कम्तीमा तीनदेखि आठ वटासम्म मिर्गौला प्रत्यारोपण हुने गरेको बताउँदै ठाउँ र श्यया भए दैनिक प्रत्यारोपण गर्न सकिने स्पष्ट पारे । ( रासस )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सिरहाको विष्णुपुर पूर्ण खोपयुक्त
Next article डा. मृगेन्द्रराज पाण्डेलाई ‘लाइफटाइम डाइबेटिज अवार्ड’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131641
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web