• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गम्भीर रोग लागेका सञ्चयकर्तालाई कोषको आकर्षक प्याकेज

March 15th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गम्भीर रोग लागेका सञ्चयकर्तालाई कोषको आकर्षक प्याकेज

काठमाडौँ, १ चैत : कर्मचारी सञ्चय कोषले गम्भीर रोग लागेका सञ्चयकर्तालाई ‘सञ्चयकर्ता स्वास्थ्य सहयोग योजना’ लागू गर्ने भएको छ ।कोषबाट खर्च गर्ने गरी मतिष्काघात, अर्बुद रोग, मिर्गाैला डाइलासिस तथा प्रत्यारोपण, मुटुको शल्यक्रिया, हेपाटाइसिस, एचआइभी एड्स आदि रोग लागेका सञ्चयकर्तालाई सुविधा दिन लागिएको हो । कोषमा आज आयोजित पत्रकार सम्मेलनमा कावा प्रमुख प्रशासक दीपक रौनियारले भन्नुभयो, “सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउन हामीले नयाँ कार्यक्रम ल्याउन लागेका हौँ ।” त्यस्तो सुविधामा के–कति रकम उपलब्ध गराइने भन्ने विषयमा केही समयभित्रै आवश्यक निर्णय गरिने कोषले जनाएको छ ।

कोषले काजकिरिया खर्चवापत रु ३० हजार, दुर्घटना क्षतिपूर्ति रु एक लाख २५ हजार, औषधोपचार सुविधामा रु २५ हजारदेखि रु ५० हजारसम्म र सुत्केरी तथा शिशु स्याहार खर्च रु सात हजार ५०० दुई पटकसम्म दिँदै आएको छ । कोषको नाफा रकमबाट सञ्चयकर्तालाई सामाजिक सुरक्षा प्रदान गरिएको र त्यसलाई थप वृद्धि गर्दै लैजाने योजनामा आफूहरु रहेको रौनियारले जानकारी दिनुभयो ।सञ्चयकर्ता कल्याणकारी कोषमा आर्थिक वर्ष २०७३÷७४ मा रु २० करोड ८३ लाख अर्थात् खुद मुनाफाको ११ प्रतिशत रकम सञ्चयकर्ता कल्याणकारी कोषमा जम्मा गरिएको थियो । यस्तै आव २०७२÷७३ मा रु १५ करोड ९९ लाख जम्मा भएको थियो । सोही कोष सामाजिक सुरक्षाका कार्यक्रममा खर्च गरिएको छ । कोषले आव २०७३÷७४ मा रु एक अर्ब ८९ करोड तथा आव २०७२÷७३ मा रु एक अर्ब ५८ करोड मुनाफा गरेको थियो ।रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विपन्न बिरामीलाई सहयोग गर्न 'गेट वेल सुन' कार्ड
Next article प्रसूति सेवा लिनेलाई बेवी सेट सहित थप रु एक हजार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132715
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web