• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 13th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भक्तपुर अस्पतालमा तीन महिनाभित्र आइसियु सेवा दिन आग्रह

March 21st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भक्तपुर अस्पतालमा तीन महिनाभित्र आइसियु सेवा दिन आग्रह

भक्तपुर, ७ चैत:वीर अस्पतालपछिको दोस्रो पुरानो अस्पताल भक्तपुर अस्पतालमा आगामी तीन महिनाभित्र सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालन गर्न प्रतिनिधिसभा र स्थानीय तहका जनप्रतिनिधिले आग्रह गर्नुभएको छ ।भक्तपुर अस्पतालले आइसियु सञ्चालनमा चासो नदिएपछि जिल्ला समन्वय समिति भक्तपुरले आज अस्पतालमा आयोजना गरेको छलफल कार्यक्रममा जनप्रतिनिधिले कुनै पनि हालतमा आइसियु सेवा सञ्चालन गर्न अस्पताल व्यवस्थापन समिति र प्रशासनलाई निर्देशन दिएको हो ।एकसय तेह्र वर्ष पुरानो भक्तपुर अस्पतालमा आइसियु सञ्चालनका लागि तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीको पालामा तत्कालीन अस्पताल व्यवथापन समितिका अध्यक्ष एवं वर्तमान जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको पहलमा रु एक करोड ५० लाखको प्राविधिक सामान ल्याए पनि ती सामान अहिले थन्किएर बसेका छन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले आगामी तीन महिनाभित्र आइसियु सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–“सरकारी अस्पतालमा आइसियु नहुँदा निजीमा बिरामी रिफर गर्ने र त्यहाँबाट कमिसन खाने प्रवित्ति बढ्दो छ, निजीमा बिरामी रिफर हुँदा दोहोरो मारमा बिरामी पर्ने गरेका छन्, त्यसैले आगामी तीन महिनाभित्र आइसियु चलाउनुहोस् ।”चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र र सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतल सो अस्पतालमा आइसियु सञ्चालनका लागि योजनासहित नगरपालिकामा आए सहयोग गर्न तयार रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले आइसियु सेवा सञ्चालनका लागि आएको सामाग्रीको सदुपयोग गरेर सेवा दिनुपर्नेमा जोड दिनुभयो ।शून्यबाट सेवा शुरु गरेको मानव अंग प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालले धेरै प्रगति गरेपनि भक्तपुर अस्पताल खस्किदै गएको उहाँको भनाइ थियो ।अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुधा देवकोटाले आइसियु सञ्चालनका लागि बनाइएको पूर्वाधार कामै नलाग्ने भएकाले काम नभएको जनाउनुभयो ।उहाँले भन्नुभयो–“एक त आइसियु कक्ष पनि काम छैन, अर्कोतर्फ आइसियु सञ्चालनका लागि आवश्यक जनशक्ति छैन, रिक्समा आइसियु सञ्चालन गर्न सकिदैन, बरु उच्च उपचार कक्ष चलाउन सकिन्छ ।” (रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यसकारण हुन्छ महिनावारीमा गडबढ
Next article चितवनका हात्तीमा क्षयरोगको संक्रमण घट्दै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131837
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web