• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भक्तपुर अस्पतालमा तीन महिनाभित्र आइसियु सेवा दिन आग्रह

March 21st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भक्तपुर अस्पतालमा तीन महिनाभित्र आइसियु सेवा दिन आग्रह

भक्तपुर, ७ चैत:वीर अस्पतालपछिको दोस्रो पुरानो अस्पताल भक्तपुर अस्पतालमा आगामी तीन महिनाभित्र सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालन गर्न प्रतिनिधिसभा र स्थानीय तहका जनप्रतिनिधिले आग्रह गर्नुभएको छ ।भक्तपुर अस्पतालले आइसियु सञ्चालनमा चासो नदिएपछि जिल्ला समन्वय समिति भक्तपुरले आज अस्पतालमा आयोजना गरेको छलफल कार्यक्रममा जनप्रतिनिधिले कुनै पनि हालतमा आइसियु सेवा सञ्चालन गर्न अस्पताल व्यवस्थापन समिति र प्रशासनलाई निर्देशन दिएको हो ।एकसय तेह्र वर्ष पुरानो भक्तपुर अस्पतालमा आइसियु सञ्चालनका लागि तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीको पालामा तत्कालीन अस्पताल व्यवथापन समितिका अध्यक्ष एवं वर्तमान जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको पहलमा रु एक करोड ५० लाखको प्राविधिक सामान ल्याए पनि ती सामान अहिले थन्किएर बसेका छन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले आगामी तीन महिनाभित्र आइसियु सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–“सरकारी अस्पतालमा आइसियु नहुँदा निजीमा बिरामी रिफर गर्ने र त्यहाँबाट कमिसन खाने प्रवित्ति बढ्दो छ, निजीमा बिरामी रिफर हुँदा दोहोरो मारमा बिरामी पर्ने गरेका छन्, त्यसैले आगामी तीन महिनाभित्र आइसियु चलाउनुहोस् ।”चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र र सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतल सो अस्पतालमा आइसियु सञ्चालनका लागि योजनासहित नगरपालिकामा आए सहयोग गर्न तयार रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले आइसियु सेवा सञ्चालनका लागि आएको सामाग्रीको सदुपयोग गरेर सेवा दिनुपर्नेमा जोड दिनुभयो ।शून्यबाट सेवा शुरु गरेको मानव अंग प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालले धेरै प्रगति गरेपनि भक्तपुर अस्पताल खस्किदै गएको उहाँको भनाइ थियो ।अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुधा देवकोटाले आइसियु सञ्चालनका लागि बनाइएको पूर्वाधार कामै नलाग्ने भएकाले काम नभएको जनाउनुभयो ।उहाँले भन्नुभयो–“एक त आइसियु कक्ष पनि काम छैन, अर्कोतर्फ आइसियु सञ्चालनका लागि आवश्यक जनशक्ति छैन, रिक्समा आइसियु सञ्चालन गर्न सकिदैन, बरु उच्च उपचार कक्ष चलाउन सकिन्छ ।” (रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चितवनका हात्तीमा क्षयरोगको संक्रमण घट्दै
Next article यसकारण हुन्छ महिनावारीमा गडबढ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

38
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web