• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मिर्गौला विरामीलाई भत्ता भन्दा निःशुल्क औषधि दिनु उपयुक्त : डा. काफ्ले

March 6th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिर्गौला विरामीलाई भत्ता भन्दा निःशुल्क औषधि दिनु उपयुक्त : डा. काफ्ले

हेल्थ टुडे,

काठमाडौं, २२ फागुन  : मिर्गौला विशेषज्ञ एवं राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिकुमार काफ्ले सरकारले मिर्गौला विरामीलाई जीविकोपार्जन भत्ता भन्दा पनि प्रत्यारोपण गरेकालाई निशुल्क औषधि उपलब्ध गराउन उपयुक्त हुने सुझाव दिएका छन् ।

विश्व मिर्गौला दिवसको पुर्वसन्ध्यामा बनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा.काफ्लेले बिगत एक दशकको अवधिमा नेपालमा मिर्गौला उपचारका क्षेत्रमा धेरै प्रगति भएको तथ्यांक प्रस्तुत गर्दै जिविकोपार्जन भत्ताका बिषयमा सरकारले हतारमा निर्णय गरेकाले यसलाई सच्याउन सकिने ठाउ भएको बताए । नेपालमा ३० लाख जनसंख्यामा कुनै नै कुनै मिर्गौला सम्बन्धि समस्या रहेको, ३० हजारको मिर्गौला बिग्रिएको र तीन हजारको हरेक वर्ष मिर्गौला फेल हुने गरेको तथ्यांक प्रस्तुत गर्दै नेपाल जस्तो आर्थिक अवस्था कमजोर भएको राष्ट्रले यति धेरै व्ययभार बेहोर्न भविश्यमा समस्या सिर्जना हुने उनको अनुमान छ । सरकारले गत महिना मात्र मिर्गौला विरामीलाई आजन्म प्रतिमहिना ५ हजारका दरले जिविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । उनले भने, ‘मलेसियामा ४५ हजारले डाइलासिस गराएर बसेका छन् । भोलीका दिनमा हाम्रो देशमा पनि दशौं हजारले डाइलासिस गराएर बस्नपर्ने अवस्था आए सरकारले सबैलाई भत्ता दिएर सक्ला र ? त्यसैले सरकारले भत्ता भन्दा प्रत्यारोपण गरेका विरामीहरुलाई निशुल्क औषधि उपलब्ध गराउनु पर्छ । ’

मिर्गौला प्रत्यारोपण गराएका व्यक्तिहरुले आजन्म औषधि सेवन गर्नु यथार्तता दर्शाउदै महंगो औषधि किनेर खान धेरैलाई समस्या पर्ने गरेकोले भत्ता भन्दा औषधि निशुल्क उपलब्ध गराउन पहल गर्ने पर्नेमा जोड दिए । सरकारले मिर्गौला फेल भएका विरामीका लागि डाइलासिस र प्रत्यारोपण निशुल्क गर्नु ठूलो उपलब्धि भएको बताउदै डा. काफ्लेले मिर्गौलाका विरामीको संख्या दिनप्रतिदिन बढ्दै जानु चिन्ताको बिषय हो । उपचार गरेर मात्र अब मिर्गौला समस्याको समाधान नहुने भन्दै डा. काफ्लेले मिर्गौला बचाउ अभियान सुरु गरिएको जानकारी दिए । उनका अनुसार यो अभियानमा प्रत्येक व्यक्तिले मिर्गौला बचाउ अभियानका लागि ५ सय रुयैया सहयोग गरेर अभियानमा सहभागी हुन सक्नेछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकारी स्वास्थ्य सेवाबाट महानगरवासी नै वञ्चित
Next article काउन्सिललाई ढाँटे नर्भिकका  डाक्टरले

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131767
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web