• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आईफोन किन्न मिर्गौला बेचेको सुने : लालबाबु

March 8th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आईफोन किन्न मिर्गौला बेचेको सुने : लालबाबु

हेल्थ टुडे,

काठमाडौं, २४ फागुन : वातावरण तथा जनसंख्या मन्त्री लालबाबु पण्डितले मिर्गौला रोगीहरुको संख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यसलाई जोगाउन हरेक व्यक्ति सचेत हुनु पर्ने बताएका छन् । आईफोन किन्नका लागि आफ्नो मिर्गौला भारत गएर बेचेको घटना आफूले सुनेको स्मरण गर्दै मन्त्री पण्डितले आईफोन भन्दा जीवनको मूल्य ठूलो भएको बताए ।

विश्व मिर्गौला दिवसको अवसर पारेर मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य प्रतिष्ठानले बिहीबार आयोजना गरेको कार्यक्रममा मन्त्री पण्डितले स्वदेशी अस्पताल र चिकित्सकमाथि विश्वास नगर्ने प्रवृतिलाई निरुत्साहित गर्नु पर्नेमा जोड दिए । उपचारका लागि करोडौ राज्यकोष खर्चेर विदेश जाने नेताहरुप्रति इंगित गर्दै मन्त्री पण्डितले केही नेताहरुलाई उपचारका नाममा भूत लागेकाले उनीहरुले यस्तो गर्ने गरेको दावी गरे । उनले भने, ‘ राज्यकोषको करोडौ रकम लिएर केही नेतालाई विदेशमा मात्र उपचार हुन्छ भन्ने भूत लागेको छ । त्यो भूत हटाएर स्वदशमै उपचार गर्ने परिपाटी विकास गर्नु पर्छ । ’ केही नेता सुगर टेष्ट गराउन समेत राज्यकोषको दुरुपयोग गर्दै सिंगापुर जाने गरेको स्मरण गर्दै यसलाई कडाईका साथ बन्द गरिनु पर्नेमा जोड दिए । उनले भने, ‘ राष्ट्रपतिदेखि प्रधानमन्त्रीले स्वदेशकै सके सरकारी अस्पतालमा नभए निजीमा भएपनि स्वदेशमै उपचार गर्नु पर्छ ।’

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भेन्डालियरले मिर्गौला रोगको संक्रमण विश्वमै बढीरहेको तथ्य प्रस्तु गर्दै यसको जोखिम बढी महिलामा भएकाले त्यही अनुसार जनचेतनाका कार्यक्रम सञ्चालन गरिनु पर्नेमा जोड दिए । सर्वोच्च अदालतकी न्यायधिश सपना मल्ल प्रधानले मिर्गौला प्रत्यारोपणका क्षेत्रमा कानूनमा व्यापक परिवर्तन भएको स्मरण गर्दै कानूनसंग मानिसहरुकोे सोच परिवर्तन हुनु पर्ने अहिलेको आवश्यकता रहेको बताइन । महिलाको स्वास्थ्य अवस्था सुधार हुनका लागि हरेक महिला आर्थिक रुपमा सक्षम हुनु आवश्यक रहेको उनको भनाई थियो । कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदुत पिटर बर्डले मिर्गौला प्रत्यारोपणका क्षेत्रमा नेपालले गरेको प्रगति सन्तोषजनक भएको बताउदै अंगदानलाई व्यापक बनाउनु पर्नेमा जोड दिए । उनले आफुले अंगदान गरेको घोषणा गर्दै जनचेतना बिस्तारमा सबै मिलेर लाग्नु पर्ने आवश्यकता औल्याए ।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले पुरुषको तुलनामा  मिर्गौला रोगको जोखिममा महिला बढी रहेको बताउदै पुरुषले उपचार गराइहाल्ने तर महिलाको उपचारमा लापरवाही गर्ने प्रवृति हटाउनु आवश्यक रहेकोमा जोड दिए । त्यसैगरि नवौं प्रत्यारोपण खेलकुदका विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरु र चिकित्सक, राजनीतिककर्मी, पत्रकारबिच भएको मैत्रीपूर्ण फुटबलमा प्रत्यारोपण गराएका व्यक्तिहरुको टीम बिजयी भएको थियो । कार्यक्रममा गोरखापत्रका समाचारदाता सरोज ढुंगेललाई सम्मान गरिएको थियो । महिला दिवस र मिर्गौला दिवस यो वर्ष एकै दिन परेको हो । सोही दिवसको अवसरमा केन्द्रले आयोजना अंगदान सिविरमा एमाओवादी नेतृ एवं ललितपुर ३ की सभासद् पम्फा भूसाल र ललितपुर महानगरपालिकाकी उपमेगर गीता सत्याल सहित दुई दर्जनले अंगदान घोषणा गरेका थिए । कार्यक्रममा निशुल्क मिर्गौला परिक्षण सिविर समेत सञ्चालन गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल नेशनल हस्पिटलद्धारा सप्ताहव्यापी मिर्गौला शिविर
Next article जाजरकोट अस्पताल एक चिकित्सकको भरमा,सेवा प्रवाहमा समस्या

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133309
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web