• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जति बढी बच्चा जन्मायो, उति बढी प्रोत्साहन रकम

March 15th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जति बढी बच्चा जन्मायो, उति बढी प्रोत्साहन रकम

इलाम, १ चैत : इलाम नगरपालिकामा जति बढी बच्चा जन्मायो उति बढी प्रोत्साहन रकम पाइने भएको छ ।आगामी २० वर्षभित्र यस नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गर्ने उद्देश्यसहित जनगणना वृद्धि गर्न यस्तो नियम बनाइएको हो ।यस निर्णयले नगरको जनसंख्या वृद्धि गर्ने योजना अघि बढेको छ । जसअन्तर्गत इलाम नगरकार्यपालिकाको बैठकले सुत्केरीलाई उपलब्ध गराउँदै आएको पोषण सुविधामा परिमार्जन गरेको छ ।नगरभित्रका दोस्रो पटक बच्चा जन्माउने सुत्केरीलाई रु दुई हजार, तेस्रो बच्चा जन्माउने सुत्केरीलाई रु तीन हजार, चौथो पटक बच्चा जन्माउने सुत्केरीलाई रु चार हजार र पाँचौँ पटक तथा सोभन्दा माथि बच्चा जन्माउने सुत्केरीलाई रु पाँच हजार पोषण सुविधा नगद नै दिने निर्णय गरेको छ ।

यसका साथै इलाम नगरपालिकाले पारित गरेको इलाम नगरपालिका कर्मचारी व्यवस्थापन ऐन र शिक्षा नियमावलीमा समेत कर्मचारी तथा शिक्षक–शिक्षिकाले जति पटक बच्चा जन्माए पनि उसले पाउने सुविधामा कुनै कटौती नगर्ने भएको छ ।दुई पटकसम्म मात्र बच्चा जन्माउने महिला कर्मचारी र शिक्षिकालाई सरकारी सेवा सुविधा दिने कानुनी व्यवस्था छ ।नगरपालिकाका प्रमुख महेश बस्नेतले इलाम नगरको जनसंख्या पलायन हुँदै गएको र त्यसबाट नगरको चहलपहल घट्ने भएकाले जनसंख्या वृद्धि गर्न नगरपालिका लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनसंख्या समस्या होइन, स्रोतको उचित व्यवस्थापन गर्न नसक्नु समस्या हो, यसलाई परिचालन गर्न सक्नुपर्छ ।”

धेरै जनसंख्या भएमा नगरको व्यापारिक, सामाजिक र सांस्कृतिक गतिविधि बढ्ने र यसलाई परिचालन गरी नगरमा विभिन्न सेवा सुविधा थप्न सकिने प्रमुख बस्नेतले बताउनुभयो ।साविक इलाम नगरपालिकामा सन् २०११ मा कुल १८ हजार ६३३ जनसंख्या रहेकोमा सन् २०१५ मा १९ हजार ७१२ रहेको बताइएको छ । हाल पुनःसंरचनापछि यहाँ बरबोटे, सुम्वेक, साखेजुङ, सोयाक, पुवामझुवा, सोयाक, गोदक, साङ्रुम्बालगायतका गाविससमेत मिसाइएको छ । तर पनि यहाँको जनसंख्या ४८ हजार ५३६ मात्र रहेकाले उपलब्धि हुन नसक्ने प्रमुख बस्नेतको भनाइ छ ।नगरपालिकाको यस निर्णयको मिश्रित टिप्पणी हुन थालेको छ । यस निर्णयले गरीबलाई झनै गरीब बनाउने नगरवासीको भनाइ छ । स्वास्थ्य, शिक्षा, खानेपानी, विकासका पूर्वाधारलगायतमा इलाम नगरपालिका अझै कमजोर मानिन्छ ।यो निर्णय कार्यान्वयन नगराउन नगरवासीले मागसमेत गर्न थालेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जानीराखौ, यस्ता हुन्छन गर्भवती हुदाका लक्षण
Next article भक्तपुर औद्योगिक क्षेत्रमा निःशुल्क स्वास्थ्य क्लिनिक

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133492
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

106
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

100
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web