• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

स्वस्थ जीवनका लागि सन्तुलित आहार

April 19th, 2018 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वस्थ जीवनका लागि सन्तुलित आहार

अधिकांशको भोक मेटाउन जतिबेला जुन खाना भेट्यो त्यही खाने धेरैको बानी हुन्छ । कुन परिकार कतिवेला खाँदा के फाइदा र के बेफाइदा हुन्छ भन्ने ज्ञान धेरैमा हुँदैन । खानेकुराको मामिलामा पोषण विज्ञहरूसँग राय, सुझाव लिने चलन पनि हामीकहाँ छैन । पोषण विज्ञहरूका अनुसार खाना खाने समय मिलाउँदा शरीरलाई फाइदा पुग्छ भने उल्टोपाल्टो पर्दा बेफाइदा हुन्छ ।
कुन खानेकुरा कुन समयमा खादा उपयुक्त
भात
राति भात खानु ठीक होइन भन्ने कतिपयको बुझाइ छ, तर राति भात खानु राम्रो हुने पोषणविज्ञहरू बताउँछन् । भात छिटो र राम्रोसँग पच्छ जसले गर्दा राति निद्रा पनि राम्रो लाग्छ । यद्यपि राति थोरै भात खानुपर्छ । बिहान र बेलुका दुवै छाक भात खानुचाहिँ ठीक होइन । यसले मधुमेह बढाउन सक्छ ।
दही
दही खाने उत्तमसमय दिउँसो हो । दिउँसो दही खाँदा पेट पनि दुरुस्त रहन्छ । राति दही खानु हुँदैन । राति दही खाँदा रुघाखोकी तथा कफको समस्या सिर्जना हुनसक्छ ।
चिनी
चिनी पनि दिउँसो नै खानु उपयुक्त हुन्छ । राति गुलियो खाँदा मधुमेहको खतरा वृद्धि हुन्छ । राति चिनी खाँदा राम्रोसँग निद्रा नलाग्न सक्छ ।
ओखर
राति सुत्नुअघि स्न्याक्सका रूपमा ओखर खानु उपयुक्त हुन्छ । यसले शरीरमा मेलाटोनिन हार्मोन बनाउने काम गर्छ । मेलाटोनिनले राम्रो निद्रा लगाउँछ ।
केरा
व्यायामपछि केरा खाँदा राम्रो ऊर्जा प्राप्त हुन्छ । केरा पनि दिउँसो खानु राम्रो मानिन्छ । दिउँसो खाएको केराले लामो समयसम्म भोक लाग्न दिँदैन । सुत्नुअघि केरा खानु उपयुक्त हुँदैन, राति केरा खाँदा चिसो लाग्ने सम्भावना हुन्छ ।
दाल
बिहान र दिउँसोको खानासँग दाल खानु राम्रो हो । दिउँसो दाल खाँदा राम्रोसँग पच्ने र पेटमा ग्याँस भरिने खतरा हुँदैन । राति भने सकेसम्म दाल खानु हुँदैन, किनभने दाल छिटो पच्दैन ।
चिज
चिज बिहान खानु राम्रो मानिन्छ । साँझ वा राति चिज खाँदा पचाउन गाह्रो हुन्छ भने शरीरको तौल बढ्ने जोखिम वृद्धि हुन्छ ।
दूध
दूध राति पिउनु उपयुक्त हुन्छ । सुत्नुअघि दूध पिउँदा राम्रो निद्रा लाग्छ । त्यसो त दूध जुनसुकै बेला पनि पिउन सकिन्छ ।
कफी
कफी बिहान पिउनुपर्छ । बिहान पिइएको कफीले शरीरलाई ऊर्जा प्रदान गर्छ भने निद्रासमेत लाग्न दिँदैन । साँझ ७ बजेपछि कफी पिउनुहुँदैन किनभने त्यसले निद्रालाई प्रभावित तुल्याउँछ ।
एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गर्मीमा रोग चाँडो फैलने हुँदा स्वास्थ्य प्रति सचेत रहन आग्रह
Next article डोल्पा अस्पतालमा उपकरण बिनै शल्यक्रिया !

Health Today Nepal

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

पाठेघर झर्ने समस्या

पाठेघर झर्ने समस्या

Leave a Reply Cancel reply

Timeline
Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131845
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web