• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बाजुरामा नौ वटै स्थानीय तहमा औषधिको अभाव

April 16th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बाजुरामा नौ वटै स्थानीय तहमा औषधिको अभाव

हेल्थ टुडे,
बाजुरा, ३ वैशाखः बाजुराका नौ स्थानीय तह मध्ये चार नगरपालिका र पाँच गाउँपालिकाका स्थानीयवासीहरु बिरामी हुँदा निजी मेडिकलहरुबाट औषधि किन्नु पर्ने बाध्यता टर्न सकेको छैन ।
जिल्लाका नौ स्थानीय तह रहेको बाजुरामा अधिकाँश स्थानीय निकायमा औषधि अभाव हुन थालेको छ । गर्मी बढेसँगै स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढ्न थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
जिल्लाका लागि क्षेत्रीय कार्यालय र केन्द्रबाट औषधि खरिद गरेर नपठाउँदा औषधिको अभाव चुलिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा ७० प्रकार औषधि निःशुल्क पाइने भएपनि कुनै कुनै औषधि स्वास्थ्य संस्थाहरुमा उपलब्ध नभएको बिरामीहरुले गुनासो गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुरा र नौ वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव भएको पाइएको छ । औषधि चर्को अभाव दुर्गम क्षेत्रमा रहेका गाउँपालिका र नगरपालिकामा रहेको छ ।
स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव भएपछि बिरामीहरुले निजी क्लिनिकहरुबाट औषधि चर्काे मूल्यमा किन्न बाध्य छन् । जिल्ला स्वास्थ्य कार्यालयमा बिरामी भएर भर्ना भएकी बडीमालिका नगरपालिका ३ की तुलादेवी खड्काले दुई हजार पाँच सय भन्दा बढी रुपियाँ तिरेर निजी मेडिकलबाट औषधि किनेको गुनासो दुखेसो गर्नुभएको छ । उहाँले भन्नुभयो – “आफू बिरामी हुँदा सबै औषधि मेडिकलबाट किनें तर, अस्पतालमा स्वास्थ्य जाँच मात्र भयो ।” स्वास्थ्य कार्यालयमा आएका अन्य बिरामीहरुको पनि औषधि मेडिकलबाट किन्नु परेको खड्काको भनाइ छ ।
“जिल्ला अस्पतालमा समेत औषधि छैन । जिल्ला अस्पतालबाट पहिले भन्दा अहिले सबै सेवा पाएको भएपनि केही औषधि अभावले समस्या पारेको बिरामीहरुले बताउने गरेका छन् । जिल्लामा केन्द्रबाट आवश्यक औषधि प्राप्त नहुँदा औषधि अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयमै औषधि अभाव हुँदा जिल्लाका अन्य स्वास्थ्य चौकीमा पनि औषधिको अभाव भएको छ । अस्पतालमा रहेका सबै औषधि सकिएको भएपनि औषधि उपलब्ध नगराइएको जिल्लाका स्वास्थ्य चौकीहरुको भनाइ रहेको छ । जिल्लामा एकवटा जिल्ला अस्पताल, २६ स्वास्थ्यचौकी, एकवटा प्राथमिक स्वास्थ्य केन्द्र, आठ वटा सामुदायिक स्वास्थ्य एकाई र दुई वटा शहरी स्वास्थ्य केन्द्र रहेका छन् । समय समयमा क्षेत्र र केन्द्रमा जानकारी गराए पनि औषधि आपूर्ति हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
सबै अधिकार स्थानीय तहमा गएको र आफूहरुसँग केही बजेट नभएकाले औषधि खरिद प्रक्रिया समेत अन्योल हुनपुगेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताए ।
स्थानीय तहमा सबै अधिकार गएपछि अहिले बजेट नभएकोले ‘औषधि खरिद गर्ने रकम स्थानिय तहमा गएको छ । अधिकार जति सबै स्थानिय तहमा गएकोले जिल्ला स्वास्थ्य कार्यालयले केही गर्ने नसकिने बताइएको छ । अहिले जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा दैनिक करीब एकसय भन्दा बढी बिरामी आउने गरेका छन् ।
(रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article त्रिविले पिजीका लागि विभिन्न विषयको नयाँ सिट संख्या टुंगो लगायो
Next article एचआइभी भन्ने सुन्नासाथ नकारात्मक सोच जन्मिन्छ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133320
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

34
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web