• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

एचआइभी भन्ने सुन्नासाथ नकारात्मक सोच जन्मिन्छ

April 18th, 2018 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एचआइभी भन्ने सुन्नासाथ नकारात्मक सोच जन्मिन्छ

तेह्रथुम, ५ वैशाखः जिल्लाका सर्वसाधारण आफूलाई एचआइभी रहे÷नरहेको परीक्षण गर्नै नमान्ने गरेका चिकित्सकले बताएका छन् ।
जिल्ला अस्पताल सहित अन्य स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांशले एचआइभी परीक्षण गर्नु पूर्व जानकारी दिँदा परीक्षण गर्नै नमान्ने गरेका हुन् । जिल्ला भित्र ल्याब सेवा रहेको जिल्ला अस्पताल सहित वसन्तपुर र सक्रान्ति प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी परीक्षण गर्ने सुविधा छ ।
त्यस बाहेक हालैमात्र जिल्ला जनस्वास्थ्य कार्यालयको निर्देशन बमोजिम सबै स्वास्थ्य संस्थामा एचआइभी भए÷नभएको परीक्षण गर्न गर्न थालेपनि जिल्लाका स्वास्थ्य संस्थामा आउने बिरामीले परीक्षण गर्नै नमान्ने गरेका जिल्ला जनस्वास्थ्य प्रमुख डा मुक्तिनारायण शाहले बताउनुभयो । “एचआइभी भन्ने सुन्नासाथ नकारात्मक सोच जन्मिएर होला, कसैले पनि परीक्षण गर्न मान्दैनन् ।” लाज, डर र त्रासका कारण परीक्षण गराउन नमान्ने गरेका उहाँको बुझाइ छ ।”
जिल्लामा गर्भवती महिलाको भने अनिवार्य एचआइभी परीक्षण हुने गरेको छ । अन्य व्यक्तिमा भने शंका लागेमामात्र परीक्षण गर्ने गरिएको छ । कार्यालयले हालै शुरु गरेको सेवाबाट विशेषगरी गर्भवती महिलामा एचआइभी भाइरस पोजेटिभ रहे÷नरहेको प्रारम्भिक जानकारी हुनेछ । सो सुविधा जिल्ला अस्पताल सहित ३२ वटै स्वास्थ्य चौकीमा शुरु भएको डा शाहले बताउनुभयो । जिल्ला अस्पतालको ल्याबमा हरेक दिन सयौँ बिरामी आउँछन् । धेरैजना बिरामीको रगत परीक्षण भइरहेको हुन्छ तर ती बिरामीको रगत परीक्षण गर्दा एचआइभी परीक्षण गर्न सुझाव दिए परीक्षण नै गर्न नमान्ने गरेका कार्यालयका सूचना अधिकारी लभरेञ्ज शाहले बताउनुभयो । एचआइभीको भाइरसले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा क्रमशः ह्रास ल्याउँदै मृत्युसम्म पु¥याउन सक्छ । यसको संक्रमणबाट जीवनभर मुक्त हुन सकिँदैन तर प्रारम्भिक अवस्थामै रोग पत्ता लगाई रोकथामका उपाय अपनाउन सके केही समयसम्म सहजै बाँच्न सकिने स्वास्थ्यकर्मी बताउँछन् । यो भाइरसबारे सर्वसाधारणमा चेतना नभएका कारण यस्तो भएको जिल्ला जनस्वास्थ्य प्रमुख डा शाहले बताउनुभयो ।
यो रोगबारे चेतना वृद्धि गर्न सरकारले वर्षेनी करोडौँ रुपैयाँ लगानी गरिरहे पनि त्यो लगानी नागरिकको तहसम्म पुग्न सकेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३÷७४ मा ४६४ जनाले एचआइभी परीक्षण गराएका छन् ।
जिल्ला अस्पतालमा यौन रोगीलाई परामर्शका लागि छुट्टै कक्ष अर्थात् भिसिटी सेन्टरको व्यवस्था गरिएको छ । अस्पतालमा आउने यौन रोगीमा गरिएको परीक्षणबाट रोग पत्ता लागेकासंग परामर्श गरी औषधि सेवनका लागि पठाइने गरिएको छ तर यौन रोग लागेर परामर्शका लागि आउने बिरामीमध्ये धेरैले परीक्षण गर्नै नमान्ने गरेको उहाँले बताउनुभयो ।
परीक्षण गर्दा एचआइभी पोजेटिभ देखिए सार्वजनिक हुने त्रासका कारण कमैले मात्र परीक्षण गर्न सहमति दिने गरेको स्रोत व्यक्ति श्रेष्ठको दाबी थियो । एचआइभी रोगीलाई औषधि सेवनका लागि सहज होस् भन्ने ध्येयले सरकारले त्रैमासिक रुपमा रु दुई हजार सहयोग गर्दै आएको छ ।
नेपालमा सन् १९८८ देखि देखिएको एचआइभीबाट हाल ५० हजार २८८ जना संक्रमित छन् । विशेषगरी रगतको माध्यमबाट एकबाट अर्को व्यक्तिमा सर्ने भएकाले यो रोगको संक्रमण असुरक्षित यौन सम्पर्कबाट फैलिने गरेको चिकित्सक बताउँछन् ।
(रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कुन समय बढी डस्छ सर्पले ?
Next article बाजुरामा नौ वटै स्थानीय तहमा औषधिको अभाव

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133997
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

127
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web