• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 16th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

कुन समय बढी डस्छ सर्पले ?

April 19th, 2018 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कुन समय बढी डस्छ सर्पले ?

डा. हिमेशचन्द्र साह,

गर्मी र बर्खाको मौषम सुरु भएको छ । यो बेला तराईमा बढी गरेर सर्पदंशको बिगबिगी हुन्छ । सर्पले कसैलाई हानि पु¥याउनमा मानिसको लापरबाही पनि उत्तिकै जिम्मेवार हुन्छ । सावधानी अपनाउन सके सर्पदंशबाट धेरै हदसम्म जोगिन सकिन्छ ।

बिहान सबेरै ३ बजेदेखि ६ बजेसम्म सर्पले सबैभन्दा बढी डस्ने गरेको पाइएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनी भन्छन्, चर्पी टाढा हुने, बाटो सफा नहुने र टर्च उपयोग नगर्ने बानीले झिसमिसेको यो तीन घन्टामा सर्पदंश बढी हुने गरेको छ । बिहानै चर्पी जाँदा आउँदा होसियारी अपनाउन सके तराईमा सर्पदंशको घटना दुई तिहाइले घट्न सक्छ ।

इपिडिमियोलजीको तथ्यांकअनुसार मुलुकमा बर्सेनि करिब १० हजार सर्पदंशको घटना हुने गरेको छ । सम्पूर्ण सर्पदंशमध्ये २५ देखि ३० प्रतिशत जति विषालु सर्पको टोकाइ हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानद्वारा प्रकाशित नेपालका विषालु सर्पहरू पुस्तकको अनुसार मुलुकमा सर्पदंश क्षेत्रमा बर्सेनि प्रतिलाख एक सय ६२ जनाले ज्यान गुमाउँछन् । सर्पदंश गर्मी क्षेत्रको ग्रामीण र गरिब जनसमुदायमा बेवास्ता गरिएको एउटा स्वास्थ्य संकट हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आंकलन अनुसार विश्वमा बर्सेनि ५० लाख व्यक्तिलाई सर्पले टोक्ने गरेको छ । यसमध्ये अधिकांश दक्षिणपूर्व एसिया र अफ्रिकाका छन् ।

सम्पूर्ण टोकाइमध्ये करिब २४ लाख विषालु सर्पको डसाइ हुन्छ । बर्सेनि विषालु सर्पको टोकाइले एक लाख २५ हजारसम्म मृत्यु हुन्छ भने करिब चार लाख व्यक्तिको अंग काट्नुपर्नेलगायत अन्य शारीरिक समस्या देखिने गरिएको डब्लूएचओले उल्लेख गरेको छ ।

डब्लूएचओका अनुसार करिब ६ सय प्रजातिका सर्प विषालु हुन्छन् भने यिनीहरूको ५० देखि ७० प्रतिशतसम्मको टोकाइ विषालु हुने गरेको छ । नेपालमा करिब ८९ प्रजातिका सर्प पाइएको तथ्यांक छ । यसमध्ये करिब १७ प्रतिशत सर्प खतरनाक मानिन्छ । डब्लूएचओका अनुसार विषालु सर्पले डसेपछि उपयुक्त एन्टिभेनमसँग तुरुन्त चिकित्सा सेवा आवश्यक हुन्छ ।

जुलाईदेखि सेप्टेम्बरसम्म सर्पको टोकाइ सबैभन्दा बढी हुन्छ । सर्पले टोकेपछि बिरामीलाई तुरुन्त एन्टिस्नेक भेनम उपलव्ध अस्पतालमा पु¥याएर उपचार गराउनुको कुनै विकल्प छैन ।   मुलुकमा सबैभन्दा बढी गोमन र करेतको टोकाइ हुने गरेको छ । करेतले धेरैजसो राति सुतेको बेला थाहै नहुने गरी डस्ने गर्छ भने गोमनले सामान्यतः दिउँसो कामको समय वा साँझ बिहान डस्ने गरेको छ । पूर्वी नेपालमा गोमन र पश्चिमी नेपालमा करेतको टोकाइ बढी देखिन्छ ।

गोमन र करेतजस्ता विषालु सर्पले टोक्दा हरेक पटक मान्छेलाई मार्न सक्ने मात्रामा विष छोड्न सक्दैन । ड्राई बाइट भनिने यस्तो टोकाइबाट प्रभावितमा विषको लक्षण देखिँदैन । मुलुकमा विषालु सर्पले टोकेकामध्ये करिब १० प्रतिशत जति मात्र ड्राई बाइट हुन्छ । सर्पको विष नलागे पनि वा विषहीन सर्पले टोके पनि पीडितको आत्तिएर समेत ज्यान जाने गरेको छ ।

विषालु सर्पको टोकाइले शरीरमा रासायनिक प्रभाव उत्पन्न हुने मात्रामा विष छोड्न सक्दैन । गोमन सर्पको ३० प्रतिशत टोकाइ, मलयन पिट भाइपर र रसेल्स भाइपरको ५० प्रतिशत टोकाइ र साउ स्केल्ड भाइपरको ५ देखि १० प्रतिशत टोकाइले शरीरमा कुनै पनि प्रकारको विषको लक्षण उत्पन्न हुँदैन । टोके पनि सर्पले आफूसँग संरक्षित राखेको विष शरीरमा हाल्न सक्दैन ।

सर्पको टोकाइमा विषले नभएर आत्तिएर समेत ज्यान जाने घटना प्रशस्त देखिने गरिएकोले बिरामीलाई सान्त्वना दिनु आवश्यक हुन्छ ।

विज्ञहरूको अनुसार सर्प विषलाई सामान्यतः चार वर्गमा बाँडिन्छ । पहिलो वर्ग अन्तर्गतको साइटोटाक्सिनले स्थानीय तन्तु (टिस्यु) लाई क्षतिग्रस्त पार्छ । यस्तै हिमोटाक्सिनले गर्दा आन्तरिक रक्तस्राव हुन्छ ।  विषमा रहेको न्युरोटाक्सिन स्नायु यन्त्रलाई क्षतिग्रस्त गर्छ र कार्डियोटक्सिनले सीधा मुटुमा असर गर्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एचआइभी भन्ने सुन्नासाथ नकारात्मक सोच जन्मिन्छ
Next article वीर अस्पताललाई थाइराइडको क्यान्सर पत्ता लगाउने सफ्टवेयर हस्तान्तरण

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

Apr 28th 10:40 AM
समाचार

एमबीबीएस र बिडिएसको सिट बढाउन सिफारिस

Apr 24th 3:35 PM
समाचार

एचओटिसीको १३ औं वार्षिकोत्सव सम्पन्न, वैदेशिक रोजगारीबाट फर्केकाका लागि निःशुल्क ओपीडी सुरु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131505
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web