• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चितवनमा फेरी भेटियो डेंगु

April 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चितवनमा फेरी भेटियो डेंगु

हेल्थ टुडे,
रत्ननगर, चितवन, १३ वैशाखः चितवनको भरतपुर महानगरपालिका र विभिन्न नगरपालिकाको बजार क्षेत्रमा गएको फागुन २८ देखि चैत ३ गतेसम्म डेंगु सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानका चलाईएको हो । सो क्रममा भरतपुर महानगरपालिका, कालिका र राप्ती नगरपालिकामा सयौँ घरमा डेंगु पोजेटिभ रहेको पाइएको छ ।
सो अभियान (सर्वेक्षण)को प्रतिवेदनबारे जानकारी दिँदै जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम कुमार केसीले खोजी अभियान चलाइएको क्षेत्रका घर हेर्दा ५ दशमलव २८ प्रतिशत घर डेंगु पोजेटिभ रहेको पाइएको बताउनुभयो । कुनै पनि घरमा डेंगु सार्ने लामखुट्टेका लार्भा र प्यूपा भेटिए उक्त घर डेंगु पोजेटिभ सूचीमा राख्ने गरिएको छ ।
नगरपालिका र भरतपुर महानगरको बजार क्षेत्रका सात हजार ३०६ वटा घरमा स्वयंसेविका खटाएर डेंगु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्ने अभियान चलाइएको थियो । उक्त अभियानका क्रममा ३८६ घर डेंगु पोजेटिभ देखिएको केसीले बताउनुभयो ।
भरतपुर महानगरपालिकाको ४ हजार ६०५ घरमा खोजी अभियान चलाउँदा १४४ घर पोजेटिभ देखिएको छ । स्थानीयले घर वरपर सरसफाइमा ध्यान दिने कुनै पनि भाँडाकँुडामा पानी जम्न नदिने र जमेको पानी नष्ट गर्दा रोगबाट बच्न सकिन्छ । पछिल्लो तथ्यांक अनुसार चितवनमा चालू आर्थिक वर्षको अहिलेसम्म १ हजार १६३ जनामा गरिएको परीक्षणमा ५८ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ ।
मुुख्यगरी एडिस एजेप्टाइ नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्ने चिकित्सक डा भोजराज अधिकारीले बताउनुभयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यकर्मीको अभावले बिरामी मर्कामा
Next article औलो निदानमा लागि किटनाशक औषधी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131905
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web