• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

गर्दनको हाड खिइने समस्या छ भने यसो गर्नुहोस्

April 26th, 2018 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गर्दनको हाड खिइने समस्या छ भने यसो गर्नुहोस्

 डा. मेघराज घिमिरे,

हिजोआज गर्दनको हाड खिइने समस्या आम समस्या हुन थालेको छ । कार्यालयमा काम गर्ने कर्मचारीदेखि कारखानामा काम गर्ने मजदुरसम्म र खेतका काम गर्ने किसान सबैका लागि यो समस्या साझा समस्या भएको छ । गर्दनको भागको सातवटा मेरुदण्डका हाडहरूमध्ये एक वा बढी हाडको भाग खिइएमा त्यसलाई सर्भाइकल स्पोन्डिलोसिस भनिन्छ । यो समस्या हुँदा निम्न लक्षणहरू देखा पर्छन् ।

१. गर्दनमा दुखाइ उत्पन्न हुनु । गर्दनको हाडभित्र र घाँटीको साइडको नसा गर्दन वरिपरिको मांसपेशी नसा दुख्ने, तन्किएको जस्तो हुने अररो हुने हुन्छ ।

२. टाउको यताउती गर्न, टाउको मोड्न वा चलाउन गाह्रो हुन्छ । यस्तो बेला दुखेजस्तो हुने गर्दनै अड्केजस्तो हुने र गर्दनभित्र सियोले घोचेजस्तो चस्किने हुन्छ ।

३. दुखाइ पिठ्युसम्म पनि हुन्छन् । पाता÷पिठ्युमा पोल्ने, झम्झमाउने हुन्छ ।

४. गर्दन, काँधको वरिपरि, गर्दनको जोर्नीदेखि हत्केला एवं हातको औंलाको टुप्पोसम्म पोल्ने÷चस्किने÷घोच्ने÷झम्झमाउने र झड्का परेजस्तो हुन्छ ।

५. कुनै सामान टिप्न गाह्रो हुने, कलम समाउँदा समाउँदै फुत्किन खोज्ने, हातको बल हराउने हुन्छ । हात उठाउन, पछाडि लानसमेत गाह्रो हुन्छ ।

६. रिंगटा लाग्ने, टाउको भारी हुने, बसिराख्न टाउको उठाउन पनि कठिनाइ उत्पन्न हुन्छ । कतिपय व्यक्तिलाई त टाउको दुख्ने र सहनै नसक्ने गरी चक्कर लाग्छ । मस्तिष्कमा रक्तसञ्चार गर्ने रक्तनलीमा दबाब परेमा यस्तो बढी हुन्छ ।

७. गर्दनको हाड बढी खिइएमा त्यसको असर पूरा ढाड र खुट्टासम्म पनि पुग्न जान्छ ।

गर्दनको हाड खिइने कारणहरू

१.अग्लो सिरानी राख्नु ।

२.टी.भी. हेर्दा, सुत्दा, साइडमा ढल्केर कुहिना टेकेर हातको माथि गर्दन टाउको अड्याएर धेरैबेर गर्दनमा बोझ पारेर सुत्नु ।

३.बढी निहुरेर लगातार कार्य गरिरहनु । गर्दनमा अनावश्यक बोझ पार्नु ।

४.हाड बलियो पार्ने पोषक र रक्षक तत्वको शरीरमा कमी हुनु ।

५. चोटपटक, दुर्घटना, संक्रमण, हर्मोनको गडबडी आदिको असर गर्दनमा पर्नु ।

 निदानका उपायहरू

१. गर्दनको एक्स रे

२.  सिटी स्क्यान र एमआरआई पनि समस्याको गम्भीरता पत्ता लगाउन प्रयोग गर्न सकिन्छ ।

३. चिकित्सकीय जाँच पनि अत्यावश्यक छ ।

४. रोग र लक्षणहरूको अवस्था वा फरक रोगले गर्दा भएको हो कि भनी जान्न चिकित्सकद्वारा अन्य निर्धारित टेस्टहरू गर्नुपर्ने हुन्छ ।

 उपचार एवं सतर्कता

१.   बिरामीले उपयुक्त कारणहरूलाई पुनः आफूले दोहो¥याउनु हुँदैन । जस्तैः अग्लो सिरानी नराख्ने, बढी गर्दन झुकाएर काम नगर्ने, ढाड सोझो राख्ने, गर्दनमा अनावश्यक बल नपार्नेजस्ता नियमहरू पालना गर्नुपर्छ ।

२.   चिकित्सकलाई जँचाइहाल्नु पर्दछ ता कि कुन अवस्थाको समस्या हो र के के उपचार विधिहरू अपनाउन सकिन्छ भनी स्पष्ट किटान गर्न सकियोस् ।

३.   बढी दुखेको अवस्थामा गर्दनमा तातोले सामान्य रूपले सेक्ने, विद्युतीय तापको प्रयोग गरेर सेक्ने अनि पूर्ण रूपले आराम गर्नेगर्नु पर्छ ।

४.  रोगीको अवस्था अनुसार चिकित्सकद्वारा निर्धारित गर्दन र टाउकोका प्रत्यक्ष एवं अप्रत्यक्ष व्यायामहरू गराउनुपर्छ तर अति सावधानीपूर्वक गर्नु, गराउनु आवश्यक छ । सुरुमा चिकित्सककै अघि व्यायामको अभ्यास गर्नु ठीक हुन्छ ।

५.    व्यायाम गर्न नहुने अवस्थामा चिकित्सकद्वारा निर्धारण गरिएका ट्रयाक्सन, सेक्ने विधि आदिको प्रयोग गर्न सकिन्छ ।

६.   टी.भी. हेरेको भरमा जथाभावी योगासन गर्नु हानिकारक हुन सक्छ वा राम्ररी बुझेरमात्र गर्नु पर्छ ।

७.     चिकित्सकको प्रत्यक्ष निर्देशन अनुरूप विभिन्न प्राकृतिक उपचार विधिहरू जस्तैः नेकप्याक, मडप्याक, स्पाइनल स्प्रे, ताप, मसाज, दबाबलगायत अन्य आवश्यक चिकित्सा विधिहरूको प्रयोग गर्न सकिन्छ तर जथाभावी थिच्ने र अनावश्यक दबाब दिएर मालिस गर्नु खतरा हुन सक्छ ।

।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वस्थ जीवनका लागि सन्तुलित आहार
Next article औलो निदानमा लागि किटनाशक औषधी

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134332
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web