• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

ग्यास्ट्रिक हटाउन अलैंची

May 8th, 2018 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ग्यास्ट्रिक हटाउन अलैंची

डा. आरएल श्रेष्ठ,

अलैंची एक बहुवर्षीय वनस्पति हो । यसलाई ठूलो सुकुमेल पनि भन्ने गरिन्छ । जिन्जिबरेसी फेमेलीमा पर्ने अलैंचीका विश्वमा करिब एक सय ५० प्रजाति अस्तित्वमा रहेका छन् । अलैंचीको बिरुवाको जमिनभित्र राइजोम र जमिनबाहिर हावामा पातसहितको डाँठ हुन्छ । २ देखि ६ मिटर अग्लो हुने अलैंचीको ३० देखि ६० सेन्टिमिटर लामो तरबार आकार र हरियो रङ भएका पातहरू हुन्छन् । अलैंचीको फूल हल्का पहेँलो रङको हुन्छ । अलैंचीको फल अर्थात् क्याप्सुल व्यावसायिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । एउटा क्याप्सुलभित्र करिब ३ मिलिमिटर मोटाइ भएका ३० देखि ५५ ओटा सम्म बिउहरू पाइन्छन् । बिरुवाको मुख्य उपयोगी भाग बिउ हो जुन स्वादिष्ट मसलाको रूपमा विभिन्न प्रकारका परिकार र औषधीय गुण भएका कारण प्राचीन समयदेखि नै औषधिका रूपमा समेत उपयोग हुँदै आएको छ ।

अलैंचीको तेलमा काब्र्रोहाइडेट, फ्लाभोनोइडस, एमिनो एसिड्स, स्टेरोइड्स, टरपिन्स, ग्लाइकोसाइडस  र टेनिन  पाइन्छ । अलैंचीको तेलमा हुने यौगिकहरूको मात्रा प्रजाति, क्षेत्र र उमेरअनुसार फरक पर्दछ । कार्बोहाइडे«टलाई शक्तिको स्रोतको रूपमा लिइन्छ जुन अलैंचीमा प्रशस्त रूपमा पाइन्छ जुन स्टार्चको रूपमा सञ्चित भएको हुन्छ । अलैंचीमा करिब ४० प्रतिशत स्टार्च रहेको हुन्छ । त्यसैगरी फ्लाभोनोइडसले परागसेचनमा सहयोग गर्दछ । एमिनो एसिडस तथा स्टेरोइड्सहरू अलैंचीमा प्रशस्त मात्रामा पाइन्छन् । एमिनो एसिडबाट बन्ने प्रोटिनले कोषको बृद्धि तथा मर्मत गर्न मद्दत गर्दछ । टरपिनसमा हुने कडा गन्धका कारण, यसले बिरुवा तथा कीराहरूलाई अन्य उपभोक्ता र पारासाइटसबाट बचाउँछ । अलैंचीको तेलमा युक्यालिपटिकोल, टरपिनोल, क्यारियोफाइलिन, पाइनिन तथा लिमोनिनजस्ता टरपिनहरू पाइन्छन् ।

मुख्यतया अलैंची दक्षिण–पूर्वी देशहरू नेपाल, भारत, चीन र भुटानको भिरालो तथा ओसिलो जमिनमा करिब सात सयदेखि २१ सय मिटर उचाइमा खेती गर्ने गरेको पाइन्छ । अलैंची खेती गर्न प्रशस्त मात्रामा पानीको आवश्यकता पर्दछ तर बढी पानीले भने अलैंची खेतीलाई बिगार्दछ । वार्षिक करिब दुईहजारदेखि २५ सय मिलिमिटर वर्षा अलैंची खेतीको लागि उपयुक्त हुन्छ । अलैंची खेती गर्न कालो माटो र चारदेखि २० डिग्री सेल्सियस तापक्रम उपयुक्त हुन्छ । उत्तिसको छाया भएको ठाउँमा अलैंची खेती गर्न उपयुक्त हुन्छ । उत्तिस उच्च पहाडी भेगमा पाइने, चाँडो बढ्ने एक प्रकारको पतझड वनस्पति हो । अलैंचीको नयाँ बिरुवा बिउ तथा सकर्सबाट उत्पादन गर्न सकिन्छ । नेपालमा अलैंची मुख्य नगदे बालीको रूपमा रहेको छ । नेपाल विश्वमा सबैभन्दा बढी अलैंची उत्पादन गर्ने देश हो । इसिमोडको सन् २०१६ को तथ्यांकअनुसार विश्व बजारको ६८ प्रतिसत हिस्सा नेपाली उत्पादनले ओगट्दछ । अलैंची खेतीबाट नेपालका लगभग ३७ जिल्ला लाभान्वित भएका छन् । ताप्लेजुङ, पाँचथर र संखुवासभा मुख्य अलैंची उत्पादक जिल्ला हुन् । ताप्लेजुङ जिल्लाले मात्र करिब २४ सय टनभन्दा बढी अलैंची उत्पादन गर्दछ । तर हालका दिनहरूमा अलैंचीमा छिर्के, फुर्केजस्ता समस्याहरू देखिन थालेका छन् जसले उत्पादनमा ह्रास ल्याउन थालेको छ ।

आयुर्वेदिक उपचार पद्धतिअन्तर्गत अलैंचीको प्रयोग ग्यास्ट्रिकलगायत अन्य पेट तथा कलेजोसम्बन्धी समस्याविरुद्ध गर्ने गरेको पाइन्छ । अलैंची चिया तथा विभिन्न परिकारमा मसलाको रूपमा समेत प्रयोग गर्न सकिन्छ । अलैंचीमा एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लामेटोरी, एन्टिमाक्रोबाइल, एन्टिअल्सर तथा एनालजेसिकजस्ता औषधीय गुणहरूसमेत पाइएको छ । यी विविध औषधीय गुण तथा मूल्यवान् नगदे बाली भएका कारण अलैंची खेतीलाई प्रवद्र्धन गरेर देशमा कृषि पेसा र अनुसन्धान क्षेत्रलाई एकसाथ अगाडि लग्न सके, संलग्न सम्पूर्ण पक्ष लाभान्वित हुन सक्छ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीर अस्पतालका डाक्टरले गर्नेछन् मोदीको स्वास्थ्य परिक्षण
Next article दोलखाको लामाबगरमा स्टारको स्वास्थ्य शिविर

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132721
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web