• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 8th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

मस्तिष्कको ९० प्रतिशत भाग चार वर्षमै विकास हुन्छ

May 16th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मस्तिष्कको ९० प्रतिशत भाग चार वर्षमै विकास हुन्छ

हेल्थ टुडे,
२ जेठ, काठमाडौंः हरेक आमाबाबुको चाहना हुन्छ, उनीहरूको बालबालिका बुद्धिमान होऊन् । हरेक क्षेत्रमा सफल होऊन् । यसका लागि प्रत्येक आमाबाबुले बालबालिकालाई राम्रो स्कुलमा पढाउनुका साथै उनीहरूको खानपानमा विशेष ध्यान दिने गर्छन् । उनीलाई सोच्ने गर्छन, बालबालिकाहरूको आई क्यू लेभल जति राम्रो हुन्छ, उनीहरू जीवनमा पनि त्यति नै धेरै सफल हुने गर्छन् ।
सबैमा एकनासे क्षमता हुँदैन । नचाहँदा नचाहँदै पनि कतिपय बालबालिका सोचे अनुरूप बुद्धिमान् हुँदैनन् । हरेक बालबालिकामा फरक क्षमता हुन्छ ।
कतिपय कुरा उनीहरूको जीनमा भरपर्छ भने कतिपय उनीहरू कस्तो परिवेशमा बस्छन, त्यसमा पनि निर्भर गर्छ । कतिपय अध्ययनले कतिसम्म भनेका छन् भने केही कुरामा ध्यान दिएर बालबालिकाहरूको आई क्यू बढाउन सकिन्छ ।
आई क्यु लेभल बढाउन कुरा गर्ने
बालबालिकाको दिमाग कति छिटो चल्छ भन्ने कुरा उसको आई क्यू लेभलले निर्धारण गर्छ । बालबालिकासित कुरा गर्दा उक्त कुराले बालबालिकाको दिमागमा गहिरो प्रभाव पार्दछ । अझ नयाँ नयाँ कुरा हेर्ने तथा त्यसलाई जान्ने प्रयासले मस्तिष्कको अलग अलग कोष क्रियाशील हुने गर्दछ । बालबालिकालाई सानै बेलादेखि नयाँ नयाँ कुरा सिकाए दिमागको कोष क्रियाशील भई उनीहरूको आईक्यू लेभल बढ्ने गर्छ ।
सानै बेलादेखि प्रयास गर्ने
मानिसको मस्तिष्कको झण्डै ९० प्रतिशत भाग जन्मे देखि चार वर्षको उमेर नपुग्दासम्म विकास हुने गर्छ । बाँकी दश प्रतिशत भाग मात्र चार वर्षको उमेरपछि विकास हुने गर्छ । त्यसैले बालबालिकालाई बुद्धिमान बनाउने चाहना छ भने सुरुदेखि नै प्रयास गर्नुपर्छ । यसका लागि बालबालिकाले बोल्न नजाने पनि उनीहरूसित धेरैभन्दा धेरै कुरा गर्नुपर्छ । कुरा गर्दा जहिले पनि उनीहरूको आँखामा हेर्ने र उनीहरूलाई पनि आफ्नो आँखामा हेरेर कुरा गर्न सिकाउनुपर्छ ।
बालबालिका एक वर्षको भएपछि वरिपरिका चीजबारे जानकारी दिनुका साथै उनीहरूले सोधेका हरेक प्रश्नको सही जवाफ दिनुपर्छ । बालबालिकालाई भूत, जनावर वा अन्य कुनै रहस्यमयी व्यक्तिको नाम लिएर तर्साउनुभन्दा त्यस पछाडिको सत्यताबारे अवगत गराउनुपर्छ । बालबालिकालाई मायाका साथै सम्मान दिनु आवश्यक छ । यसका लागि बालबालिकाको अगाडि कुरा गर्दा अपशब्दको प्रयोग गर्नु हुँदैन । बालबालिकालाई प्रकृति सित परिचित गराउनुका साथै प्रकृतिको नियम तथा त्यसको महत्वबारे पनि बुझाउनु पर्छ ।
खानपानले गर्छ असर
मानव मस्तिष्कमा खानपानले गहिरो प्रभाव पार्दछ । त्यसैले चिकित्सकहरू पनि खानपानमा पौष्टिक आहार लिने सल्लाह दिन्छन् । पौष्टिक आहारको सेवनले दिमागलाई पोषकतत्व प्रदान हुन्छ, जसले मस्तिष्कको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न मद्दत गर्छ । यसको लागि बालबालिका छ महिनाको भएपछि उनीहरूलाई दालको झोल ख्वाउने सुझाव दिने गरिन्छ । दालको पानीमा प्रशस्त मात्रामा प्रोटिन हुन्छ । त्यसका साथै बालबालिकालाई हरियो सागसब्जी, गोलभेँडा, लौका, माछा आदि ख्वाउनु पर्छ । माछामा पाइने ओमेगा ३ ले दिमागी विकास गराउँछ । यसले बालबालिकाको आई क्यु लेभल बढाउन मद्दत गर्छ ।
एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नर्स सुन्दरीको जवरजस्त स्वास्थ्य सल्लाह  
Next article काचो नरिवलको तेल मोटोपना कम गर्न उपयोगी

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132099
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web