• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ज्येष्ठ नागरिकलाई भत्ता र निःशुल्क स्वास्थ्य परीक्षण शुरु

June 3rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ज्येष्ठ नागरिकलाई भत्ता र निःशुल्क स्वास्थ्य परीक्षण शुरु

काठमाडौँ, २१ जेठः काठमाडौँ महानगरपालिकाले आइतबार देखि पुनः ज्येष्ठ नागरिकलाई माहानगर भत्ता र निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको छ । कामपाले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा कार्यालयमा आउन सक्नेलाई आफ्नै कार्यालयमा र आउन नसक्नेलाई घरमै गएर स्वास्थ्य परीक्षण गर्ने गरी काम शुरु गरेको हो । झन्डै एक वर्षअघि जनप्रतिनिधिको आगमनसँगै कामपाले ८८ वर्ष माथिका ज्येष्ठ नागरिकलाई मात्र उक्त सेवा दिएकोमा यस वर्षदेखि सेवामा विस्तार गरेको हो ।
महानगरले ७५ वर्ष उमेर पूरा भएका महिला र ८० वर्ष उमेर पूरा भएका पुरुषका लागि निःशुल्क स्वास्थ्य परीक्षण सेवा र महानगर भत्तावापत् वार्षिक रु १२ हजार प्रदान गरिने पनि महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।
हाल महानगरमा उक्त उमेर समूहका करिब छ हजार ९२२ नागरिक रहेको प्राररम्भिक अनुमान गरिएको छ । कार्यक्रममा सहभागी ज्येष्ठ नगरिकको स्वास्थ्य परीक्षण गर्दै चिकित्सा विज्ञान तथा राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा गणेशबहादुर गुरुङले स्वास्थ्य परीक्षण सेवाको शुभारम्भ गर्नुभएको हो ।
काठमाडौँ महानगरमा बसोबास गर्ने कुनै पनि ज्येष्ठ नागरिकले रकम अभावमा रोग लुकाएर बस्नु नपरोस् भनेर ज्येष्ठ नागरिकको घरमै उपचार गर्ने व्यवस्था गरिएको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।
बिहान १० देखि अपराह्न ५ बजेसम्म निःशुल्क सेवा उपलब्ध गराइनेछ । ल्याव परीक्षण, निःशुल्क औषधि लगायतको सेवा उपलब्ध गराइने छ । ज्येष्ठ नागरिकको घरमा जाने डाक्टरलाई मेडिकल उपकरण सहितको झोला, बिरामी जाँचको पूर्जा दिएर पठाइने महानगरको योजना छ । स्वास्थ्यकर्मीको टोलीमा एक चिकित्सक सहित चार जना हुनेछन् । स्वास्थ्य परीक्षणका लागि दैनिक २० वटा समूह परिचालित हुनेछ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article १०७ जना बिरामिको दन्त परिक्षण
Next article गर्मीका कारण ज्वारो र झाडापखालाका बिरामी बढे

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132693
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web