• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 20th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

तलब नपाएपछि स्वास्थ्यकर्मी धर्नामा

June 7th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
तलब नपाएपछि स्वास्थ्यकर्मी धर्नामा

लहान, २४ जेठः विगत पाँच महिनादेखि तलब भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मीले सिरहाको मिर्चैया नगरपालिकामा धर्ना दिएका छन् । तलब उपलब्ध गराउन पटक–पटक माग गरे पनि नगरपालिकाले गत माघ महिनादेखि मासिक तलब उपलब्ध नगराएकाले बाध्य भएर धर्ना बस्नु परेको स्वास्थ्यकर्मीले बताएका छन् ।
संघीय संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयले स्थानीय तहका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको व्यवस्थापनको नेतृत्व स्थानीय सरकारलाई हस्तान्तरण गरिसकेको अवस्थामा नगरपालिकाले तलब उपलब्ध नगराउँदा समस्यामा परेको स्वास्थ्यकर्मीको गुनासो छ ।
तलब बुझ्न नपाउँदा घरखर्च, बच्चाको शैक्षिक खर्च र घरभाडा समेत तिर्न नसकेको भन्दै स्वास्थ्यकर्मीले मानसिक र शारीरिक समस्याको समेत सामना गर्नु परेको दुखेसो पोखेका छन् । यस्तै स्वास्थ्यकर्मीले गठन गरेको संघर्ष समितिले बुधबार मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।
मिर्चैया नगरपालिकाका प्रमुख यादवले स्वास्थ्य मन्त्रालयबाट तलबका लागि रकम नपठाएकाले तलब वितरण गर्न नसकेको बताउनुभएको छ ।
विकासको बजेटबाट रु ३० लाख रकम स्वास्थ्य क्षेत्रमा लगाएको भन्दै नगरप्रमुख यादवले तत्काल दुई महिनाको भए पनि अर्को क्षेत्रको रकमबाट स्वास्थ्यकर्मीलाई तलब वितरण गर्ने प्रयासमा रहेको जानकारी दिनुभयो ।

मिर्चैया नगरपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र र सातवटा स्वास्थ्य चौकीमा गरी करीब ६५ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कुष्ठरोगीको खोजी गर्न स्वास्थ्यकर्मीलाई गाउँमा खटाइने
Next article विवाह गर्दा धेरै खर्च लाग्ने भन्दै छोराको चाहना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

Jun 11th 7:55 AM
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Jun 10th 7:34 AM
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131607
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web