• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य बीमा गरे पनि अस्पतालमा औषधीको अभाव

June 10th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य बीमा गरे पनि अस्पतालमा औषधीको अभाव

सोलुखुम्बु, जेठ २७ः सोलुखुम्बुमा स्वास्थ्य बीमा गरे पनि सेवा नपाएको बिमितले गुनासो गरेका छन् । जिल्लामा स्वास्थ्य बीमा गराए बापत नियम अनुसार पाउनुपर्ने औषधि नपाएको उनीहरुको गुनासो छ । सेवा नपाउनेमा सर्वसाधारण देखि जनप्रतिनिधि समेत रहेका छन् ।
सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले आफैँले स्वास्थ्य बीमाको शुभारम्भ गरेको भए पनि सेवा नपाएको बताउनुभयो । सोलुदूधकुण्ड नगरपालिका–७ निवासी गोम्बु शेर्पाले पनि स्वास्थ्य बीमा गराए पनि अस्पतालमा औषधि नपाएको बताउनुभयो । शेर्पाले बिरामी हुँदा रु ५० हजार बराबरको उपचार सेवा पाइन्छ भन्थे तर एक रुपैयाँको पनि नपाएको बताउनुभयो । अस्पतालमा निःशुल्क पाइने औषधि नपाएको भन्दै उहाँले सम्बन्धित निकायलाई सुधारका लागि अनुरोध गर्नुभयो ।
यता स्वास्थ्य बीमा बोर्ड काठमाडौँ मार्फत सोलुखुम्बुका दर्ता अधिकारी प्रदीप बस्नेतले आफूहरुले औषधि खरीदका लागि अस्पताललाई भुक्तानी दिएको भए पनि खरीदमा ढिलाइ हुँदा समस्या भएको बताउनुभयो । चार महिना अगाडि नै औषधि खरीदका लागि पेश्की बापत भुक्तानी दिएको भए पनि जिल्ला स्वास्थ्य कार्यालयले औषधि खरिद नगरेको उहाँको भनाइ छ ।
यस विषयमा जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डाक्टर मिङमार छिरिङ शेर्पाले स्वास्थ्य बीमाको औषधि केही दिन भित्रैमा जिल्ला आइसक्ने बताउनुभयो । डाक्टर शेर्पाले चार÷पाँच दिन भित्रैमा जिल्लामा स्वास्थ्य बीमा बापतको करीब ९०० प्रकारका औषधि उपलब्ध हुने जानकारी दिनुभयो ।
बीमा बापतको औषधि खरीदका लागि रु पाँच लाख ऋण लिएर औषधि खरीद प्रक्रिया अगाडि बढाएको भए पनि केन्द्रीय कार्यालयको प्रमुख परिवर्तन भएकाले औषधि खरीदमा ढिलाइ भएको उहाँले स्वीकार गर्नुभयो । अहिलेसम्म जिल्लामा करीब तीन हजार २०० जनाले स्वास्थ्य बीमा गराएका छन् । २०७४ साल असोज २५ गतेबाट सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रमको औपचारिक शुरुवात गरिएको थियोे ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाजुरामा स्वास्थ्य चौकी निर्माण
Next article अछामको विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132521
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

36
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web