• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अछामको विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर

June 10th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अछामको विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर

नमराज भट्ट
२७, जेठः अछाम जिल्लाको विकट क्षेत्र साँफेबगर नगरपालिका वडा नं. ९, बुढाकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । “नियमित स्वास्थ्य जाँच गराऔँ, निरोगी बनौँ“ भन्ने मूल नाराका साथ बुढाकोट स्वास्थ्य चौकीद्वारा आयोजित १ दिने निःशुल्क स्वास्थ्य शिविरमा ९ नं. वडा कार्यालयको समन्वयात्मक सहयोग एवं बयालपाटा अस्पतालको प्राविधिक सहयोग रहेको हो । अस्पताल आउन नसक्ने बिरामीहरूलाई ध्यानमा राख्दै आयोजित शिविरबाट करिब ४०० भन्दा बढी बिरामी लाभान्वित भएको वडाध्यक्ष ध्रुव थापाले जानकारी दिए ।
“अछामकै विकट मध्ये रहेको बुढाकोटमा आई आफ्नो अमुल्य समयका बाबजुत शनिबारको दिनमा गाउँका जनताको सेवामा खटिई अस्पतालका डाक्टरहरूले गर्नुभएको सहयोगका लागि हामी कृतकृत्य छौँ,“ वडाध्यक्ष थापाले भन्नुभयो । शिविरमा मुख्यतः ग्यास्ट्राइटिस (पेटको समस्या), दम, खोकी, मधुमेय, उच्च रक्तचाप, लुतो, हातखुट्टा तथा जोर्नी दुखाइ सम्बन्धी बिरामीहरू धेर सङ्ख्यामा आएको शिविरमा संलग्न डा विष्णु भण्डारीले जानकारी दिनुभयो ।
उक्त शिविरमा डाक्टरहरूद्वारा स्वास्थ्य जाँच गरिनुका साथसाथै ल्याव परीक्षण गरी निःशुल्क औषधी समेत वितरण गरिएको थियो । शिविरमा सेवा दिने डाक्टरहरूमा डा विकास गौचन, डा विष्णु भण्डारी र डा नवीन भट्ट थिए भने रगत र पिशाबको ल्याव परीक्षण गर्नेमा कमल विष्ट र माधव पण्डित संलग्न थिए । “सुगममा शिक्षा र सीप हासिल गरी दुर्गम र विकट ठाउँमा गएर सेवा दिनु नै एक सफल डाक्टरको परिचय भएको डा बिष्णुले बताउनुभयो ।
त्यसैगरी बयालपाटा अस्पतालमा आवद्ध भई दोस्रो दिनमै सेवा गर्न खटिन गएका डा नवीन भट्टले भने, आम मानिसको मुहारमा उपचार पाउँदा देखिने खुसीका रेखाहरूले आफ्नो कहरलाई बिर्साइदिन्छ । सुदूरपश्चिम अब विकटताको हैन, स्वस्थ समाजको चिनारी पनि बन्नुपर्छ र त्यसकै निम्ति गोरेटो कोर्ने जिम्मेवारी हाम्रो पनि हो ।
करिब १० वर्ष अगाडि खुलेको बयालपाटा अस्पतालले अछाम लगायत सुदूरपश्चिमका अरू पहाडी जिल्ला बाजुरा, बझाङ र डोटीका लागि उपचारको प्रमुख आश्रयस्थल रहेको छ । अस्पतालका पूर्व निर्देशक समेत रहेका डा विकास गौचनले भने, सुदूरपश्चिमको स्वास्थ्यको वैशाखी रहेको बयालपाटा अस्पताल बिरामीहरूकै सेवाका लागि चौबिसै घण्टा खुला र पूर्णरूपमा निःशुल्क छ र साथसाथै समुदाय केन्द्रित कार्यक्रमहरूमा पनि विशेष ध्यान पुर्याइरहेको छ । अब दुर्गम स्वास्थ्य सुलभताको लहर सुदूरपश्चिमबाटै ल्याउने गरिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यचौकीमा ‘प्रयोगशाला’ निर्माण गरिने
Next article स्वास्थ्य बीमा गरे पनि अस्पतालमा औषधीको अभाव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133997
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

127
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web