• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

सानै उमेरमा बच्चा जन्माउने क्रम बढ्दो

June 20th, 2018 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सानै उमेरमा बच्चा जन्माउने क्रम बढ्दो

नारायण अधिकारी
चितवन, ६ असारः देशका विकट जिल्लाहरुमा कम उमेरका किशोरीहरुले सन्तान जन्माउने गरेका समाचार प्रकाशित भइरहेका बेला मेडिकल शहरको रुपमा विकास हुँदै गएको चितवन जिल्लामै बालविवाह गर्ने र बच्चाले कम उमेरमा बच्चा पाउने सामान्य जस्तो देखिन्छ । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झा जिल्लाका पहाडी क्षेत्रका चेपाङ समुदायमा कम उमेरमा बच्चा जन्माउने क्रममा कमी नआएको बताउनुहुन्छ ।
२० वर्षको उमेरमा त आमा दुई÷तीन वटा बच्चा बोकेर परिवार नियोजनको स्थायी साधन भ्याक्सेटोमी र मिनील्याब गर्न आउँने गरेको बताउदै १२ वर्षदेखि विवाह गर्न थाल्ने र १३÷१४ वर्षमा पहिलो बच्चा जन्माउने प्रशस्त हुने बताउनुभयो ।

बहुसंख्यक चेपाङ समुदायको बस्ती रहेको कोराक हेल्थ पोष्टका प्रमुख कुमार सापकोटाले प्रायः सबै किशोरीहरूले १५ वर्ष हुँदा विवाह गरिसक्ने बताउनुभयो । १६÷१७ वर्ष उमेरका किशोरी परिवार नियोजनको अस्थायी साधन पाखुरामा राख्ने नरप्लान्ट र तीन महिने सुई डिपोप्रोभेरा लगाउन आउने उहाँले बताउनुभयो ।

राप्ती नगरपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र पराजुली केही दिनअघि पहाडी गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दा परिवार नियोजन गर्न आउने मध्ये ठूलै संख्यामा २० वर्षमुनिका किशोरी रहेको जानकारी दिनुभयो । सो क्षेत्रमा कम उमेरमा विवाह नगर्न जनचेतना जगाउने काम भइरहेको भए पनि सार्थकता पाउन नसकेको संयोजक पराजुलीले बताउनुभयो ।

इच्छाकामना गाउँपालिकाका प्रमुख गीता गुरुङ पहाडी क्षेत्रमा चेपाङसँगै अन्य जातिका किशोरीले पनि सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउने गरेको बताउनुहुन्छ । उहाँले कम उमेरमा विवाह नगर्न र बच्चा नजन्माउन चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । वडा तहबाट यस्ता कार्यक्रम शुरु गरिए पनि रोकिन समय लाग्ने उहाँको भनाइ छ ।

बीस वर्ष उमेर नपुगी विवाह गर्न नपाइने कानूनी प्रावधान रहेपनि गाउँघरमा कम उमेरमै विवाह गर्ने क्रम रोकिएको छैन । २० वर्षभन्दा कम उमेरमा सन्तान जन्माएमा आमा र बच्चाको ज्यान जोखिममा पर्ने विज्ञ बताउँछन् ।

भरतपुर अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा हेम सुवेदी कम उमेरमा बच्चा जन्मिदा आमा र बच्चाको मृत्यु दर बढ्ने, आमाको पाठेघरको मुखको क्यान्सर हुनसक्ने, उच्च रक्तचाप हुनसक्ने, कम उमेरमा बुढो देखिने, हड्डी खिइने, आमाको पाठेघरमा अंगुरको झुत्तो जस्तो मासु देखिने र पछि त्यसबाट क्यान्सर हुनसक्ने, बच्चा जन्माउन गाह्रो हुने, दूध नपुगेर बच्चालाई कुपोषण हुने, सानै उमेरमा बच्चा हुँदा आमालाई मानसिक दबाब बढ्नेजस्ता समस्या आउने बताउनुहुन्छ ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख झा सदरमुकाम भरतपुरमा सरकारी ठूलो अस्पताल, दुई मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल, २४ भन्दा बढी निजी अस्पताल र १४५ भन्दा बढी डाइगनोस्टिक सेन्टर रहेपनि तिनले ती किशोरीलाई कम उमेरमा विवाह गर्न नहुनेतर्फ चेतना अभिवृद्धि गर्न सकेका छैनन् । यसका लागि सरकारी संयन्त्र मात्रै होइन, निजी क्षेत्रको पनि ध्यान जानुपर्ने झाको भनाइ छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य चौकी र अस्पताललाई स्थानीय तहकै जिम्मा–स्वास्थ्यमन्त्री यादव
Next article ‘स्वस्थ नगरवासीःस्वस्थ नगर’–नीति तथा कार्यक्रम

Health Today Nepal

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

पाठेघर झर्ने समस्या

पाठेघर झर्ने समस्या

Leave a Reply Cancel reply

Timeline
Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131763
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web