• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 28th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

सानै उमेरमा बच्चा जन्माउने क्रम बढ्दो

June 20th, 2018 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सानै उमेरमा बच्चा जन्माउने क्रम बढ्दो

नारायण अधिकारी
चितवन, ६ असारः देशका विकट जिल्लाहरुमा कम उमेरका किशोरीहरुले सन्तान जन्माउने गरेका समाचार प्रकाशित भइरहेका बेला मेडिकल शहरको रुपमा विकास हुँदै गएको चितवन जिल्लामै बालविवाह गर्ने र बच्चाले कम उमेरमा बच्चा पाउने सामान्य जस्तो देखिन्छ । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झा जिल्लाका पहाडी क्षेत्रका चेपाङ समुदायमा कम उमेरमा बच्चा जन्माउने क्रममा कमी नआएको बताउनुहुन्छ ।
२० वर्षको उमेरमा त आमा दुई÷तीन वटा बच्चा बोकेर परिवार नियोजनको स्थायी साधन भ्याक्सेटोमी र मिनील्याब गर्न आउँने गरेको बताउदै १२ वर्षदेखि विवाह गर्न थाल्ने र १३÷१४ वर्षमा पहिलो बच्चा जन्माउने प्रशस्त हुने बताउनुभयो ।

बहुसंख्यक चेपाङ समुदायको बस्ती रहेको कोराक हेल्थ पोष्टका प्रमुख कुमार सापकोटाले प्रायः सबै किशोरीहरूले १५ वर्ष हुँदा विवाह गरिसक्ने बताउनुभयो । १६÷१७ वर्ष उमेरका किशोरी परिवार नियोजनको अस्थायी साधन पाखुरामा राख्ने नरप्लान्ट र तीन महिने सुई डिपोप्रोभेरा लगाउन आउने उहाँले बताउनुभयो ।

राप्ती नगरपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र पराजुली केही दिनअघि पहाडी गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दा परिवार नियोजन गर्न आउने मध्ये ठूलै संख्यामा २० वर्षमुनिका किशोरी रहेको जानकारी दिनुभयो । सो क्षेत्रमा कम उमेरमा विवाह नगर्न जनचेतना जगाउने काम भइरहेको भए पनि सार्थकता पाउन नसकेको संयोजक पराजुलीले बताउनुभयो ।

इच्छाकामना गाउँपालिकाका प्रमुख गीता गुरुङ पहाडी क्षेत्रमा चेपाङसँगै अन्य जातिका किशोरीले पनि सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउने गरेको बताउनुहुन्छ । उहाँले कम उमेरमा विवाह नगर्न र बच्चा नजन्माउन चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । वडा तहबाट यस्ता कार्यक्रम शुरु गरिए पनि रोकिन समय लाग्ने उहाँको भनाइ छ ।

बीस वर्ष उमेर नपुगी विवाह गर्न नपाइने कानूनी प्रावधान रहेपनि गाउँघरमा कम उमेरमै विवाह गर्ने क्रम रोकिएको छैन । २० वर्षभन्दा कम उमेरमा सन्तान जन्माएमा आमा र बच्चाको ज्यान जोखिममा पर्ने विज्ञ बताउँछन् ।

भरतपुर अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा हेम सुवेदी कम उमेरमा बच्चा जन्मिदा आमा र बच्चाको मृत्यु दर बढ्ने, आमाको पाठेघरको मुखको क्यान्सर हुनसक्ने, उच्च रक्तचाप हुनसक्ने, कम उमेरमा बुढो देखिने, हड्डी खिइने, आमाको पाठेघरमा अंगुरको झुत्तो जस्तो मासु देखिने र पछि त्यसबाट क्यान्सर हुनसक्ने, बच्चा जन्माउन गाह्रो हुने, दूध नपुगेर बच्चालाई कुपोषण हुने, सानै उमेरमा बच्चा हुँदा आमालाई मानसिक दबाब बढ्नेजस्ता समस्या आउने बताउनुहुन्छ ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख झा सदरमुकाम भरतपुरमा सरकारी ठूलो अस्पताल, दुई मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल, २४ भन्दा बढी निजी अस्पताल र १४५ भन्दा बढी डाइगनोस्टिक सेन्टर रहेपनि तिनले ती किशोरीलाई कम उमेरमा विवाह गर्न नहुनेतर्फ चेतना अभिवृद्धि गर्न सकेका छैनन् । यसका लागि सरकारी संयन्त्र मात्रै होइन, निजी क्षेत्रको पनि ध्यान जानुपर्ने झाको भनाइ छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य चौकी र अस्पताललाई स्थानीय तहकै जिम्मा–स्वास्थ्यमन्त्री यादव
Next article ‘स्वस्थ नगरवासीःस्वस्थ नगर’–नीति तथा कार्यक्रम

Health Today Nepal

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

पाठेघर झर्ने समस्या

पाठेघर झर्ने समस्या

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132533
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web