• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

माइतीघरमा ओपिडी सेवा दिदै प्रर्दशन पनि

July 13th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
माइतीघरमा ओपिडी सेवा दिदै प्रर्दशन पनि

हेल्थ टुडे,
काठमाडौं, २९ असारः डा गोविन्द केसीको समर्थनमा आन्दोलनरत डाक्टरहरुले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । १४ दिनदेखि जुम्लामा आमरण अनशनरत डा केसीको माग सुनुवाइ गर्न सरकारले चासो नदिएको र जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै डाक्टरहरुले आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन् ।
त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक र इन्टर्न डाक्टरहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा डाक्टरहरुले डा केसीका मागहरु छिट्टै सम्बोधन गर्न सरकारसँग माग गरेका थिए । उनीहरुले शिक्षण अस्पतालमा भने आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।
प्रदर्शनका क्रममा उनीहरुले माइतीघरमा ओपिडी सेवा समेत दिइएको आवासीय चिकित्सकहरुको संस्था नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा सुमित पाण्डेले जानकारी दिनुभएको छ । डा गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रेका डाक्टरहरुले आज माइतीघरमा बिरामी जाँच्ने काम समेत गरिरहेका छन ।
डा सुमित पाण्डेका अनुसार माइतीघरमा १० बजेदेखि ओपिडी सेवा सुरु भएको हो । एसोसिएसनमा ३ सयभन्दा बढी आवासीय चिकित्सक आबद्ध रहेका छन् । सरकारले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरे पनि डाक्टरहरुले आज माइतीघरमा ओपिडी सेवा दिदै सरकारको विरोध र डा केसीको समर्थनमा उत्रेका हुन । प्रदर्शनका क्रममा डा केसीका मागहरु छिट्टै सम्बोधन गर्न सरकारसँग माग गरेका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. केसीलाई काठमाडौं ल्याउन बल प्रयोग हुनसक्छ–मन्त्री पोखरेल
Next article ‘सिकलसेल एनिमिया’ बाट प्रभावित बिरामी बढ्दै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132741
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web