• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रशासनले दियो १० मिनेटको अल्टिमेटम–डा केसीलाई काठमाडौं लैजान नदिने अडान

July 19th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रशासनले दियो १० मिनेटको अल्टिमेटम–डा केसीलाई काठमाडौं लैजान नदिने अडान

हेल्थ टुडे,
जुम्ला, ३ साउनः जुम्लास्थित जिल्ला प्रशासन कार्यालयले अनसनरत प्राध्यापक डा गोविन्द केसीलाई १० मिनेट भित्रमा अस्पतालबाट बाहिर निस्कने समयसिमा दिएको छ । प्रसासनले १० मिनेटभित्र बाहिर नआए बल प्रयोग गरेर भए पनि अस्पतालबाट बाहिर निकाल्ने चेतावनी दिएको हो ।
डा केसीलाई जबरजस्ती काठमाडौं लैजान खोजेपछि स्थानीयले अस्पताल क्षेत्रमा घेराउ गरिरहेका छन् । उनीहरुले डा केसीको माग पुरा गर्नुपर्ने भन्दै डा केसीको समर्थनमा नारा लगाइरहेका छन् भने डा केसीलाई काठमाडौं लैजान नदिने अडान लिएर केसीको समर्थनमा उत्रिएका छन ।
यदि प्रशासनले जबरजस्ती गर्न खोजे प्रतिकार गर्ने स्थानीयले चेतावनी दिएका छन् । बिहान स्थानीय र प्रहरीबिच झडप हुँदा केही स्थानीय घाइते भएका थिए भने एक जना प्रहरीलाई गोली लागेको थियो । गोली लागेका प्रहरीको जुम्लामा उपचार सम्भव नभएपछि काठमाडौं ल्याउन लागिएको छ ।
उता प्रशासनले एउटैं हेलिकोप्टरमा डा केसी र घाइते प्रहरीलाई काठमाडौं ल्याउने तयारी गरेको छ । यसअघि डा. गोविन्द केसीले सरकारले माग पूरा नगरेसम्म काठमाडौं नजाने अडान लिए पनि अस्पतालको क्षति देख्दा आफू बस्न नमिल्ने भन्दै काठमाडौं जान तयार रहेको बताउनुभएको छ । केसीले पत्रकार सम्मेलन गरेर जुम्लाले आफूलाई गरेको सहयोग अविश्मरणीय रहेको भन्दै आफ्नो सत्याग्रह जता गए पनि जारी रहने बताउनुभएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आँखाको सुविधा सम्पन्न तालीम केन्द्र निर्माण गरिने
Next article डा. केसीको समर्थनमा माइतीघरमा प्रर्दशन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131849
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web