• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अस्पतालमा कार्यरत जनशक्तिलाई दक्ष बनाउन मन्त्रालयसँग समन्वयन गरिने

August 15th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अस्पतालमा कार्यरत जनशक्तिलाई दक्ष बनाउन मन्त्रालयसँग समन्वयन गरिने

काठमाडौँ, ३० साउनः गृहसचिव प्रेमकुमार राईले प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउनका लागि आफूले विशेष पहल गरिने बताउनुभएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जको मंगलबार निरीक्षण तथा अवलोकन गर्ने क्रममा उहाँले प्रहरी अस्पतालले अन्य अस्पतालसरह उत्कृष्ट स्वास्थ्य सेवासुविधा प्रदान गर्दै आएकाले यसलाई मेडिकल कलेज बनाउन आवश्यक पहल गर्ने आश्वासन दिनुभयो ।

सचिव राईले सबै सेवाग्राहीलाई समान रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिदैं अस्पतालले प्रदान गर्ने स्वास्थ्य सुविधा वृद्धि गर्दै लैजानुपर्ने बताउनुभयो । अस्पतालमा कार्यरत जनशक्तिलाई अझै दक्ष बनाउन स्वास्थ्य मन्त्रालयसँग समन्वयन गर्ने पनि उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अस्पताललाई नमूना अस्पतालका रुपमा विकास गर्न अझै उत्कृष्ट र बिरामीमैत्री सेवा सुविधा प्रदान गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउँदै उत्कृष्ट सेवा प्रदान गरेमात्र प्रहरी अस्पताल सबैको नजरमा राम्रो अस्पताल साबित हुने धारणा व्यक्त गर्नुभयो ।

अस्पतालका मेडिकल डाइरेक्टर एवं प्रहरी अतिरिक्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेलले विविध समस्याका बाबजुद अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन भौतिक पूर्वाधार, अस्पताल व्यवस्थापन, बिरामीलाई गर्ने व्यवहार र औषधि वितरणमा सकारात्मक परिवर्तन गरिरहेको जानकारी दिनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्टार हस्पिटल र मेगा बैँक नेपाल बिच सहकार्य
Next article सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ प्रस्ताव स्वीकृत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

35
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web