• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मुलुकी अपराध (संहिता) ऐन २०७४ लागू–यस्तो छ गर्भपतन सम्बन्धी ब्यवस्था

August 17th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मुलुकी अपराध (संहिता) ऐन २०७४ लागू–यस्तो छ गर्भपतन सम्बन्धी ब्यवस्था

हेल्थ टुडे,
काठमाडौं, १ भदौः आजदेखि मुलुकी अपराध (संहिता) ऐन २०७४ लागू भएको छ । यो ऐन अनुसार लिंग पहिचान गरी गर्भपतना गर्ने डाक्टर र गराउने दम्पतीलाई पनि जेल तथा जरिवाना हुनेछ ।
ऐनको परिच्छेद १३ मा रहेको गर्भ संरक्षण विरुद्धको कसुरमा लिंग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई २ देखि ६ वर्षसम्म कैद र २० हजारदेखि एक लाखसम्म जरिवाना हुनेछ । ऐनमा गर्भमा रहेको भ्रुणको समयका आधारमा कैद र जरिवाना तोकिएको छ ।
१. लिंग पहिचान गरी १२ हप्तासम्मको गर्भपतन गर्ने र गराउनेलाई २ वर्षसम्म कैद र २० हजारसम्म जरिवाना
२. लिंग पहिचान गरी १२ हप्ताभन्दा बढी २५ हप्तासम्मको गर्भपतन गर्ने र गराउनेलाई ४ वर्षसम्म कैद र ६० हजारसम्म जरिवाना
३. लिंग पहिचान गरी २५ हप्ताभन्दा बढीको गर्भपतन गर्ने र गराउनेलाई ६ वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुने छ ।
यसैगरि, गर्भपतन गराउने उद्धेश्यले गर्भमा रहेको भ्रुणको लिंग पहिचान गर्ने वा गराउनेलाई तीन महिनादेखि ६ महिनासम्म कैद हुने व्यवस्था पनि ऐनमा छ । तर, लिंग पहिचान नगरी निम्न अवस्थामा भने गर्भपतन गराउन पाइनेछ
१८९. गर्भपतन गराउन सक्नेः दफा १८८ मा जुनसुकै कुरा लेखिएको भए तापनि स्वास्थ्यकर्मीले देहायको अवस्थामा गर्भपतन गराएकोमा यस ऐन अन्तर्गतको कसुर भए गरेको मानिनेछैन ।
क) गर्भवती महिलाको मञ्जुरीमा १२ सातासम्मको गर्भपतन गराएकोमा,
ख) गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भई त्यस्ता महिलाको मञ्जुरीले गर्भपतन गराएकोमा,
ग) जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको अठार सातासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीले गर्भपतन गराएकोमा,
घ) रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एचआईभी) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग शरीरमा भएकी महिलाको मञ्जुरीले गर्भपतन गराएकोमा
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि ’स्वास्थ्यकर्मी’ भन्नाले निर्धा्रित योग्यता पुगी गर्भपतन गराउन इजाजत प्राप्त गरेको चिकित्सक वा स्वास्थ्यकर्मी सम्झनुपर्छ ।
गर्भपतन गर्न नहुने सम्बन्धी व्यवस्थाः
(१) दफा १८९ को अवस्थामा बाहेक कसैले गर्भपतन गर्न वा गर्भपतन गराउने नियतले वा गर्भ पतन हुन सक्छ भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने कुनै काम गरी गर्भपतन गराउनु हुँदैन ।
(२) कसैले गर्भवती महिलालाई करकाप गरी वा धम्की दिई वा ललाई फकाई वा प्रलोभनमा पारी गर्भपतन गराउन हुँदैन ।
(३) उपदफा (१) वा (२) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिमको सजायँ हुनेछ – क) १२ हप्तासम्मको गर्भ भए एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना,
(ख) १२ साताभन्दा बढी २५ सातासम्मको गर्भ भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना
(ग) २५ साताभन्दा बढीको गर्भ भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना ।
(४) गर्भपतन गर्ने काम गर्दा तत्काल गर्भपतन नभई बच्चा ज्यूँदो जन्मेर त्यस्तो कामको परिणाम स्वरुप जन्मिएको बच्चा तत्काल मरेमा यस दफाको प्रयोजनका लागि गर्भपतन गराएको मानिने छ ।
(५) कसैले कुनै गर्भवती महिलाको ज्यान लिने उद्योग गर्दा त्यस्ती महिला नमरी निजको गर्भमा रहेको २५ साता वा सो भन्दा बढी अवधिको गर्भ पतन हुन गएमा सो काम गर्ने कसुरदारलाई यस ऐन वा अन्य कानून बमोजिमको सजायँमा थप पाँच वर्षसम्म कैद हुनेछ ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कसैले कुनै गर्भवती महिला विरुद्ध कुनै रिसइवीले कुनै काम गर्दा गर्भपतन हुन गएमा गर्भपतन गर्ने नियतले त्यस्तो काम गरेको रहेनछ भने पनि देहाय बमोजिमको सजायँ हुनेछ ।
(क) १२ सातासम्मको गर्भ भए एक वर्षसम्म कैद,
(ख) १२ साताभन्दा बढी २५ सातासम्मको गर्भ भए तीन वर्षसम्म कैद,
(ग) २५ साताभन्दा बढीको गर्भ भए पाँच वर्षसम्म कैद ।
(७) कसैले गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान हुने कुनै काम गर्न वा गराउन र त्यसरी लिङ्ग पहिचान भएपछि गर्भपतन गर्न वा गराउनु हुँदैन ।
(८) उपदफा (७) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजायँ हुनेछः (क) गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान गर्ने वा गराउनेलाई तीन महिनादेखि ६ महिनासम्म कैद, र
(ख) लिङ्ग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई उपदफा (३) मा लेखिएको सजायँमा थप एक वर्षसम्म कैद ।
१९०. हदम्यादः यस परिच्छेद अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले ६ महिना नाघेपछि उजुर लाग्ने छैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वर्षायाम लागेसंगै विरामी चाप बढ्यो
Next article बिरामीको चाप दिन प्रतिदिन बढ्दै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134363
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web