• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अनुसन्धानका आधारमा नीति र योजना बनाउनु पर्छ : यादव

August 21st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अनुसन्धानका आधारमा नीति र योजना बनाउनु पर्छ : यादव

हेल्थ टुडे,

काठमाडौं, ५ भदौ : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयले अनुसन्धानका आधारमा नीति र योजना बनाउनु आवश्यक रहेको बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जिआईजेटको सहयोगमा मंगलबार राजधानीमा आयोजना गरेको गोष्टीमा मन्त्री यादवले अनुसन्धानका आधारमा बनाइने नीति र योजना दीर्घकालिन हुने बताउदै त्यस्ता योजना प्रभावकारी पनि हुने दाबी गरे । केन्द्रिय सरकारले मात्र नभएर प्रदेश सरकार र स्थानिय सरकारले पनि स्वास्थ्य सम्बन्धी नीति योजना बनाउदा अनुसन्धानलाई आधार बनाउनु पर्नेमा यादवले जोड दिए । उनले भने, ‘राष्ट्रिय रुपमा उपलब्ध अनुसन्धानहरुलाई केन्द्रको दृष्टिकोण बनाउन प्रयोग गरेजस्तै हरेक प्रदेश र स्थानिय सरकारले समेत आआफ्ना परिवेश र आवश्यकताका आधारमा वैज्ञानिक अनुसन्धान गर्ने र ती तथ्यमा टेकेर नै योजना तथा कार्यक्रम बनाउनु पर्छ । ’         नेपाल स्वास्थ्य अनुसनधान परिषद्का कार्यकारी अध्यक्ष डा. अञ्जनीकुमार झाले अनुसन्धानमा आधारित रहेर नीति निर्माण गर्दा लक्ष्यहरु हासिल गर्न सहज हुने र सिमित श्रोत साधनबाट स्वास्थ्य सम्बन्धी लक्ष्यहरु हासिल गर्न सजिलो हुने भएकाले यो तथ्यलाई सरकारले बिर्सन  नहुनेमा जोड दिए । तथ्य र प्रमाणका आधारमा रहेर मात्र कुनै पनि कुराको विश्वास गर्न सकिने स्मरण गर्दै डा. झाले त्यसका लागि अनुसन्धानलाई प्राथमिकता दिने संस्कारको विकाश हुनु पर्ने आवश्यक रहेको बताए ।  परिषद्को अनुसन्धान गर्ने र गराउने वातावरण बनाएको दाबी गर्दै देशका लागि अत्यावश्यक सिकलसेल एनिमिया, क्यान्सर, वातावरण प्रदुशण लगायतका ५ क्षेत्रमा  परिषद्ले अनुसन्धान गरेको जानकारी उनले दिए । गोष्टीमा जिआईजेडका प्राविधिक सल्लाहकार डा. पाउलले अनुसन्धानबाट प्राप्त लक्ष्यहरुलाई नीति निर्माण तहमा पु्याउन र अनुसन्धानमा आधारित नतिजा बनाउने दरका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । गोष्टीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका नीति निर्माताका साथै अनुसन्धानकर्ताहरुको सहभागीता रहेको थियो । 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्यान्सर पीडितलाई काठमाडौँ धाउनुपर्ने अवस्थाको अन्त्य
Next article विशेषज्ञ सेवा नहुँदा भारतीय अस्पताल धाउन बाध्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

Jul 21st 12:26 AM
समाचार

बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्य मन्त्री पौडेल

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131762
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web